ट्रेंडिंग:

>> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ

कन्टेनर उद्योगमै भविष्य खोज्दै आचार्य

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

चन्द्रौटा (कपिलवस्तु), १८ भदौ । स्वदेशमा उद्योग कलकारखाना छन् । रोजगारीको वातावरण छैन । भएका पनि बन्द हुने अवस्थामा रहेको छ । हजारौँ युवा बेरोजगारीले छट्पटिएका छन् । रोजगारीको खोजीमा करिब दिनहँु २ हजार नेपाली युवा विदेशिने गरेको खबर सुनिने गरेका छन् । तर पनि स्वादेशमै रोजगारीको सिलसिलामा भविष्य खोज्नु स्वाभविक भएपनि पक्कै पनि सहज छैन । त्यहि असहज परिस्थितिको सामना गर्दै ३० बर्षिय युवा अल्मुनियम फुड कन्टिनर उद्योग सञ्चालन गरेर कन्टिनरमै भविष्य खोज्दै आएका छन् ।
ती युवा हुन जीवन आचार्य । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–११, जालिमबगियामा उनले उद्योग सञ्चालन गरी रमाउँदै आएका छन् । यतिबेला सिंगोे देश नै जटिल अवस्थाको सामना गर्दै आएको सर्वधितै छ । २०७२ सालमा स्नातक तहको अध्ययन सकाए । रोजगारीको सिलसिलामा उनी भौतारी रहेका थिए । आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको सिलसिलमा खाडी मुलूक पुगे ।

खाडी मुलुक (कतार) पुगेका उनी एरवेजमा क्यासियरको रूपमा कार्यरत थिए । त्यहाँ कन्टिनर प्याकिङ भएका फुड बढी मात्रमा प्रयोग हुन्थ्यो । त्यहि कन्टिनरमा फुड प्याकिङ भएको वस्तु किन बढी प्रयोग हन्छ भन्ने कुराको रिसर्चमा उनले केहि समय व्यतित गरे । त्यसबाट आफूले स्वादेश फर्किएपछि केहि गर्न सकिन्छ कि भन्ने आत्मविश्वास बढाए । उनको रिसर्च अनुसार प्लाष्टिकमा खाद्यन्न वस्तु राखेमा तातिएर खाद्यन्नमा फुड पोइजन हुने हुनाले विदेशी नागरीकले कन्टिनरको प्रयोग गरेको सुनाए । कन्टिनरमा २०० डिग्री तातो सामाग्री राखेपनि फुड पोइजन नहुने हुनाले आफू प्रभावित भएको अनुभव व्यक्त गरे । र उता आफूले कमाएको थोरै–थोरै रकम पनि सञ्चित गर्दै गएका थिए ।
करिब तीन बर्षको वैदेशिक बसाईपछि जीवन स्वादेश फर्किए ।

केहि समयपछि नेपालमा सो उद्योग र बजारीकरणको अवस्थाबारे करिब ६ महिना रिसर्च गरेका थिए । अझ यस उद्योगबाट उत्पादन भएका वस्तुलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा भारतको गुजरातसहितको विभिन्न स्थानमा उनले अनुसन्धान गरेकोे उनी बताउँछन् । रिसर्चपछि करिब ३५ लाखको लागतमा सानो मेशिन भारतबाट ल्याएर उद्योग सञ्चालन गरेको थिए । मेशिन जडान गरेको महिना दिन नबित्दै पटक–पटक पार्टपुर्जा बिग्रिएर दुःख पाएको र अपरेटर नहुँदाको अनुभव उद्योगी आचार्यले सुनाए ।

यस्तै गर्दै उनको लागि सिकाईको थलो बन्यो पहिलो पटकको मेशिनरी जडान र बजारीकरणको अवस्था । त्यतिबेला नेपालभर कन्टिनर उद्योग ७ वटा थिए । तर पनि वैदेशिक यात्रामा बुनेका सपना आचार्यको लागि दृढ बन्दै थियो असफल भएपनि प्रयास गर्न भने उनलै छाडेनन् बरु दोस्रो पटक सिकाईको अनुभवले बलियो बन्दै लगानी थप गर्दै भारतबाट पुनः मिडियम खालको मेशिनरी झिकाए । कन्टिनर उत्पादनदेखि बजार अवस्थाको त्यस वस्तुबारे त्यतिबेला सम्म उनी निकै ज्ञान हाँसिल गरेका थिए । कन्टिनर उद्योगीमा नेपालमै औँलमै गन्न सकिने उद्योगीको रूपमा उनी चिनिएका छन् ।
बजारमा फुड कन्टिनरको माग व्यापक रहेको भएपनि पु्याउन सकिने अवस्था भने छैन । केहि महिना त्यहि मेशिन प्रयोग पश्चात् बजारमा माग बढ्दै गएपछि उक्त मेशिनले साथ दिन छाडेको थियो । बजारको अवस्था केहि मात्रमा सुधार भएपछि पछिल्लो महिना पहिले नयाँ ठूलो मेशिन चिनबाट मगाई निरन्तर सञ्चालन भएको छ । तर सरकारले नचिनेको उद्योगलाई कसले चिन्नेछ भन्ने उद्योगीलाई चिन्ताको बिषय बनेको छ । विगतको तुुलानात्मकरूपम सबै उद्योग व्यवसाय धारासायी अवस्थामा छन् । यता सरकारले करको दायरा बढाएर आफूहरू चपेटामा पारेको उद्योगीहरूको बताउँछन् ।

स्थानीय बजारमा यसको लोकप्रियता बढेपनि खुद्रा व्यापारीले समस्या हुने गरेको छ । बिक्री भएपनि उद्यारो हुने समस्या हुने गरेको छ । बुटवल, भैरहवा लगायतको स्थानमा ५० प्रतिशत र काठमान्डौ, बिरगञ्ज, नेपालगञ्ज, धनगढी, ५० प्रतिशत उत्पादन बिक्र हुने गरेको छ । १ जना मेशिन अपरेटरसहित विपन्न परिवारका ५ जनालाई रोजगारी समेत उपलब्ध गराएको उनले बताए । प्रतिमहिना ८ मेट्रिक ट्रन कच्चा पदार्थ खपत हुने गरेको बताउँदै कच्चा पदार्थ केहि मात्रमा भारतबाट अधिकांश मात्रमा चीनबाट आयत गर्ने गरेको उद्योगी आचार्यको भनाई छ ।
उनका अनुसार देशभरीमा आफ्नो उत्पादन गरेका वस्तुको आधारमा तेस्रो नम्बरमा रहेको दावी छ । करको दायरा घटाएर सरकारले स्वादेशमा रोजगारी वातावरण सिर्जना गर्न आवश्यक देखिन्छ ।

लगानी उठ्न नसकेको अवस्थामा आयस्रोतभन्दा सरकारलाई कर तिर्नु पर्दा व्यवसायी मारमा झनै परेका छन् । प्रतिदिन फुड कन्टिनर १ लाख गोटा उत्पादन हुने गरेको बताउँदै देशव्यापीरूपमा थोक बिक्री हुने गरेको आचार्यले जनाए । अहिले उनको कम्पनीमा करिब डेढ करोड लगानी पुगेको छ । देशैभरी सम्बन्धित संगठनमा आबद्ध रहेको उद्योग २८ वटा रहेका छन् । जसमा यतिबेला आर्थिक मन्दिका कारण अधिकांश बन्द भइसकेका छन् । भएका पनि कतिपय बन्द हुने अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?