ट्रेंडिंग:

>> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने

देउखुरीका बजार ‘शुन्य चहलपहल’

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

लमही, १८ भदौ । आर्थिक मन्दीका कारण केही समयदेखि सुस्ताएका देउखुरीका ठूला तथा साना वजारहरू चाड पर्व नजिकदै गर्दा पनि चहलपहलमा आउन सकेका छैनन् । लमही, भालुवाङ, सिसहनिया र गढवाका वजारहरूमा चहलपहलमा देखिएको छैन ।

देशमा देखिएको आर्थिक मन्दी विस्तारै उपभोक्ताहरूमा पनि पर्न थालेको छ । मन्दीसंगै काम चलाउदै फजुल खर्च नगर्ने मनस्थितिमा उपभोक्ताहरू देखिन थालेका छन । चाड पर्वमा नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यताका साथ प्रायजसो चाड पर्वमा लत्ता कपडा किन्ने प्रचलन चल्दै आएको छ । तर यस वर्ष उपभोक्ताहरू प्रचलनको निरन्त्तता भन्दा पनि काम चलाउ भन्ने सोचमा देखिएका छन् ।

लमही नगरपालिका वडा नम्वर ८ सतवरियाकी माया चौधरी पुरानै लत्ता कपडाले अप्वटारी पर्व मनाउने सोचमा छिन । उनी जस्तै लमहीकी विमला डाँगी पनि पुरानै साडीमा तीज मनाउने सोचमा रहेको बताउँछिन । उनिहरू मात्र होइन अधिकांश महिलाहरू इस वर्षका चाड पर्वसंगै हुने खर्च कटौतिमा देखिएका छन । विगतका वर्षहरूमा जस्तै नत लघुवित्तले लगानी गर्छ नत सहकारीहरू त्यस कारण पनि खर्चमा कटौती गरेका छौ भन्छीन लमहीकी कमला चौधरी ।

यता चाड पर्वसंगै कारोवार मौलाउने आशामा रहेका व्यापारीहरू आर्थिक मन्दीसंगै चाड पर्व नजिकदै गर्दा देखिएको संकेतवाट थप निरासा वनेका छन । थारुजातीको महान चाड अप्वटारी आउन केही दिन वाँकी रहदा देउखुरीका ठूला तथा साना वजारमा चहल पहल निक्कै कम देखिएको छ । नेपाली हिन्दुधर्मालम्बी महिलाको महान चाँड हरितालिका तिज पनि नजिकिदै छ ।
विगतका वर्षहरूमा चाड पर्व आउन साथ आवश्यक सामााग्री लत्ता कपडा खरिदका लागि नेपाल भारत सिमाका भारतिय वजारमा जाने उपभोक्तावाट निरासा व्यापारीहरू यस वर्ष भन्सारमा भएको कडाईसंगै व्यापार हुने आशामा ढुक्क भएको लमहीका व्यापारी जमिर मिया बताउछन ।

उनले भने सिमाका बजारमा जाने उपभोक्ताहरू जान पाएका त छैनन । नेपाल सरकारले भन्सारमा कडाइ गरेको छ । तर पनि स्थानिय बजार पनि सुनसान छन । मानिससंग पैशा छैन उनले भने । उनले भने अवश्था केही समय सम्म रहयो भने व्यापारीहरू पलायन हुने अवश्थामा पुग्छौ । यही एकातिर गाँउ गाँउ टोल टोलमा पसल खुलेका छन । अर्कोतिर आर्थिक मन्दी जसका कारण वजारहरू सुस्ताएको उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?