ट्रेंडिंग:

>> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ

तिनाउमा पर्यटकीय सम्भावना खोज्दै लुम्बिनीका फोटो ग्राफर

३ भाद्र २०८०, आईतवार
३ भाद्र २०८०, आईतवार

बुटवल, ३ भदौ ।

पाल्पाको तिनाउ गाउँपालिका भित्र भएका पर्यटकीय सम्भवनाहरुको खोजी र पहिचानसहित लुम्बिनीका फोटोग्राफरहरुले विश्व फोटो ग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटो ग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ–३ स्थित सिद्धबाबा मन्दीरमा औपचारिक कार्यक्रम गरी भुत खोलादेखि बसन्तपुर डाँडासम्म ‘पर्यटन प्रवर्द्धनका लागि फोटो ग्राफी यात्रा’ सम्पन्न भएको हो ।

यात्राका क्रममा तिनाउलाई पहिचान दिलाउन सक्ने तथा पर्यटकीय सम्भावना बोकेका विषय, बस्तुलाई उतार्न सक्नेगरी फोटो ग्राफीको प्रतिस्पर्धा समेत भएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत विभिन्न ठाउँबाट सहभागी ६५ जना फोटो ग्राफरहरुले तिनाउ चिनाउने फोटो प्रतियोगितामा सहभागी हुँदै पैदल यात्रा गरेका थिए । पाल्पाको सिद्धबाबा मन्दिर बिकास समितिको स्वागतसँगै पैदल यात्राको औपचारिक घोषणा गरिएको थियो ।

पैदल यात्रा गर्दै बसन्तपुर डाँडामा पुगेका फोटोग्राफरहरुलाई स्वागत गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ चिनाउने कुनै पनि सकारात्मक कार्यमा गाउँपालिका सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटकीय सम्भावनाले भरिएको तिनाउमा प्रयाप्त प्रचारप्रसार तथा प्रयाप्त बजेको अभावमा पनि ओझेल परेको उनले गुनासो गरे । गाउँपालिकाको सीतिम साधन र स्रोतले ती स्थानहरुको बिकासमा लगानी प्रयाप्त नभएको उल्लेख गर्दै श्रेष्ठले संघ र प्रदेश सरकारको चासो कम भएको समेत गुनासो गरे । व्यक्ति र राजनीतिक पार्टीको प्रभावमा परेर बजेटको बाँटफाड तथा योजना छनोट गर्ने गरिएको आरोप लगाउँदै उनले विधि र प्रक्रिया अनुसार बिकास योजना अघि बढाउनु पर्नेमा जोड दिए ।

तिनाउमा प्रशस्तै पर्यटकीय र ऐतिहासिक थलो भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले ती क्षेत्रहरुको बिकासका लागि गाउँपालिका निजी क्षेत्रहरुसँग सहकार्य गर्न समेत तयार रहेको उल्लेख गरे । यसैगरी गाउँपालिकामा निजी क्षेत्रबाट हुने कुनै पनि ठूला लगानीका लागि आवश्यक सहजीकरण तथा संरक्षकत्वको भूमिकामा तयार रहेको उल्लेख गरे । बसन्तपुरलाई चिनाउने गरी सञ्चालनमा आएको लुम्बिनी केवलकार तथा छिट्टै नुवाकोटमा सञ्चालन हुन लागेको केवलकारले यहाँको पहिचानसहित पर्यटन विकामा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै तिनाउ–३ का वडा अध्यक्ष चित्रबहादुर थापा, वडा सदस्य टंक बस्याल, लुम्बिनी केवल कारका प्रोजेक्ट ईन्जिनीयर शनि चौरसीयाले पैदल यात्रामा बसन्तपुरलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी फोटो ग्राफर महासंघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद चापागाईले शब्द र बाक्यहरुले व्याख्या गर्न नसकेका लाखौं भाव र सन्देशलाई एउटा फोटोमा उतार्न सकिने बताउँदै तिनाउ पर्यटकीय सम्भवानाले बोकेको क्षेत्र भएकाले पनि छनोट गरिएको उल्लेख गरे । यहाँ लुकेर रहेका विषयवस्तुलाई फोटोको माध्यममा उतारेर विश्वसामु परिचत गराउन सक्यौं भने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बन्न सक्ने उनले बताए ।

कार्यक्रममा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराई, केन्द्रीय सदस्यहरु कमला तिवारी, माधव प्रसाद पन्थ, दिनेश अर्याल लगायतले बोल्दै यात्राले तिनाउको नयाँ ठाउँ बारे जान्ने अवसर समेत प्राप्त भएको उल्लेख गरे । लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिस पन्थले तराईको सबैभन्दा नजिक र वातावरणीय हिसाबले विविधता रहेको तिनाउमा धेरै विषयवस्तु भेट्न सकिने भएकाले पैदलयात्रा र फोटो प्रतियोगितामा भुतखोला–बसन्तपुर यात्रालाई छनोट गरिएको उल्लेख गरे । महासचिव माधव प्रसाद पन्तले यसबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सन्देश पुग्ने बताए । कार्यक्रममा फोटो प्रतियोगिताका संयोजक मोहन महतोले प्रतियोगितामा सहभागीहरु मध्येबाट उत्कृष्ट १० जनोट गरी विजेता घोषणा गरिने बताएका छन् । एक सतामा प्रतियोगिहरुबाट फोटो संकलन गरी उत्कृष्टहरुको छनोट गर्ने र त्यसमध्येबाट प्रथम, द्वितीय, तृतीय छनोट गरी पुस्कार वितरण गरिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?