ट्रेंडिंग:

>> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन हस्तान्तरण

अनुसन्धान केन्द्रको रुपमा विकास गर्न मुख्यमन्त्रीको सुझाव

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन ।

एड्स, क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोग तथा लुम्बिनी प्रदेश सरकार र अन्य सरोकारवालाहरुको समन्वयमा अत्याधुनिक प्रविधि जडित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा शुभारम्भ भएको छ । कोभिड १९ संक्रमणको बेला गुणस्तरीय ल्याबको अभाव झेलेको लुम्बिनीबासीलाई लक्षित गरी पहिलोपटक प्रदेशस्तरको सुविधासम्पन्न ल्याब स्थापना भएको हो । एक समारोहका बीच सेभ द चिल्ड्रेनका कन्ट्री डाईरेक्टर हेयथर कम्पबेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई औपचारिक रुपमा भवन हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आम नागरिकको स्वस्थ्य सेवामा पहुँच बनाउने गरि सेवा पुर्याउने लक्ष्य रहेको बताए । प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन सुझाव दिदै यसमा आवश्यक पर्न सबै किसिमको गुणस्तरीयताप्रति सहज रहन सुझाव दिए । ‘रिसर्च सेन्टरको रुपमा विकास गर्नुस’—उनले भने । दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने, नयाँ दक्ष जनशक्ति तयार गराउने गरी लाग्न सुझाव दिए । ‘यसमा प्रदेश सरकारको साथ र सहयोग रहने छ’—उनले प्रतिवद्घता जनाए ।

भर्खर भारत भ्रमण गरी फर्किएका मुख्यमन्त्री चौधरीले भारत भ्रमणको क्रममा मुक्तिनाथ सडक, लुम्बिनी र उत्पादनलाई जोड दिनुपर्ने सुझाव आएको बताए । रुपन्देहीलाई आर्थिक क्षेत्र बनाउने लक्ष्यलाई शिक्षा, स्वस्थ्य, पर्यटन जस्ता विषयमा जोड्न जरुरी रहेको भन्दै उनले एक क्षेत्र एक उत्पादनलाई जोड दिनुपर्ने, आलोचना गर्नेभन्दा पनि सबै तहका सरकारबाट सुझाव र आवश्यक योजना ल्याउन सुझाव दिए ।

लुम्बिनीमा संसारका नोबेल पिस पुरस्कार प्राप्त गरेका ब्यक्तित्व ल्याएर बालबालिका र शान्तिको विषयमा बृहत् कार्यक्रम गर्ने तयारी रहेको उनले बताए । यसका लागि केन्द्र सरकारबाट सहकार्य गरी शान्ति र करुणा प्रचार गर्ने गरी अघि बढ्ने उनले बताए । भारतीय पर्यटकहरु नेपाल आउन चाहन्छन तर यहाँको भौतिक पूर्वाधारको समस्या रहेको उनले दुःखेसो गरे । सानासाना विकासभन्दा पनि अब गेम चेन्जर योजना ल्याउनुपर्ने सुझाव पाएको उनले बताए । बृहत्तर, समन्वयात्मक, एकीकृत र दिगो लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा, प्रदेश भित्रका प्रयोगशाला सेवाहरुको समन्वय, सुपरीवेक्षण, अनुगमन, नियमन, अन्तर क्षेत्रगत निरीक्षण, अवस्था विश्लेषणलाई सबलीकृत गरी प्रयोगशाला सेवाको प्रभावकारीता बढाउने, प्रदेश सरकारलाई प्रदेश जनस्वस्थ्य प्रयोगशाला सेवा सम्वद्ध मानव संशाधन योजना, नीति, नियमावली र कार्यक्रमहरुको मस्यौदा तयारीमा परामशएदायी निकायको रुपमा भुमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रममा प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले प्रदेशको स्वस्थ्य सेवालाई मजबुत बनाउने गरी सेवा शुभारम्भ भएको बताए । दाताहरुको सहयोग र प्रदेश सरकारको समेत सहकार्यमा ८ करोड ७० लाख २० हजार ४सय ७० रुपैयाँको लागतमा तयार भएको प्रयोगशालालाई थप स्तरवृद्धि गर्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए । लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै उनले अहिले बनेका पूर्वाधारबाट पक्कै पनि आम नागरिकले सेवा पाउने उनले बताए । स्वास्थ्य जनताको पहँुच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको उनले दुखेसो गरे । तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय भएर प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने आवश्यक बजेट रोक्ने काम गलत भएको भन्दै उनले वर्तमान सरकारले आफनो क्षेत्राधिकार भन्दा बाहिरका केन्द्रस्तरको अस्पताललाई बजेट बिनियोजन रोक्न सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले तीन तहकै सरकारको सहकार्यमा शुरु भएको योजनालाई स्थानीय सरकारबाट आवश्यक जग्गा उपलब्ध गराएको बताए । रोगको शीघ्र र सही पहिचान नै विश्वसनीय र गुणस्तरीय स्वस्थ्य सेवा दिनुपर्ने उनले सुझाव दिए । प्रदेशस्तरमा नै स्वस्थ्य समस्याको पहिचान गरि समयमा नै उच्च गुणस्तर युक्त उपचार उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारले प्रदेश जनस्वस्थ्य प्रयोगशालाको निर्माण गर्ने योजना अनुसार काम गर्न सुझाव दिए ।

योजना गरिएका सेवाहरु

रगत गणना, कलेजो परीक्षण, मृगौला परीक्षण, लिपिड प्रोफाईल परीक्षण जस्ता नियमित परीक्षण, प्रादेशिक रक्तसंचार सेवा केन्द्र स्थापना तथा संचालन, ब्लड कल्चर र औषधी संवेदनशीलता परीक्षण लगायतका माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणहरु, एचआईभी भाईरल लोड टेस्टिङ जस्ता मोलिक्युलर परीक्षण, पानीको गुणस्तर परीक्षण, रोग विज्ञान, बायोकेमिकल र हेमाटोलोनिकल परीक्षण, नमुना रिफेरल तथा नमुना ढुवानी प्रणालीलाई सुदृढिकरण गर्दै प्रयोगशाला तथा रोग निदान नेटवर्कको विकास गर्ने छन् ।

हाल प्रदान गरिएको सेवाहरु

प्रयोगशाला कर्मचारीहरुलाई क्षयरोग र औलो सम्बन्धित माईक्रोस्कोपिक तालिम, क्षयरोगको मालिक्युलर परीक्षण, एएचआईभी र यौनरोग संक्रमणको परीक्षण, कुष्ठरोग माईक्रो स्कोपी, प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम, कोभिड १९ र क्षयरोग जस्ता संक्रामक रोगहरुका लागि मोलिक्युलर परीक्षण, समय अनुकुल सेवाको सागठनिक संरचना, गुणस्तर मापन तथा ब्यवस्थापन र श्रोत साधनहरुको प्रबन्ध गर्न समन्वय बढाउन, अन्तरतहगत तथा अन्तरक्षेत्रगत निकायहरुको समन्वय एवं संचार मार्फत जनस्वस्थ्य प्रयोगशाला सेवालाई नागरिकहरुको पहुचमा पुर्याउन, प्रयोगशाला सुचना ब्यवस्थापन प्रणाली, अध्ययन अनुसन्धान तथा नीति निमार्णलाई सबलीकरण गर्ने, विकास साझेदार तथा अन्य निकायहरुसंग आर्थिक तथा प्राविधिक साझेदारीलाई मजबुत बनाउने छ ।

ग्लोवल फण्डका सिनियर पोर्टफोलियो म्यानेजर(नेपाल) का मिष्टर ईस्फनले ग्लोवल फाण्डले नेपालका विकासका लागि अहिले काम गरिरहेको बताउदै निर्माण भएको प्रयोगशलाले समुदायका मानिसहरुले सेवा पाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?