ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

रक्त संचार दिवसमा सम्मान

१३ श्रावण २०७५, आईतवार
१३ श्रावण २०७५, आईतवार

रक्तदानमार्फत सहयोग गर्ने रुपन्देहीका संघसंस्थाहरुलाई नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त संचार केन्द्रले बुटवलमा सम्मान गरेको छ । शनिबार ५२ औ रक्त संचार दिवसको अवसरमा केन्द्रले रुपन्देहीका ३ सय ९० संघसंस्थाहरुलाई कदरपत्रबाट सम्मान गरेको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्धारा यस वर्ष सबैभन्दा धेरै रगत संकलन कार्यक्रम गर्न सफल हुुदै सम्मानपत्रबाट सम्मानित भएको छ । यस क्षेत्रमा रगतको अभाव अन्त्यका लागि निरन्तर युवाहरुबाट अभियानमार्फत रक्तदान गर्दै आएको समाजले यो वर्ष १ हजार ९ सय २६ युनिट रगत संकलन गरेको थियो । महिला रक्तदाताहरुलाई प्रोत्साहन दिदा समाजले संचालन गरेको कार्यक्रममा यसवर्ष सर्वाधिक १ सय ६० जनाबाट रक्तदान गराउन सफल भएको छ । यसैगरि रोट्याक्ट क्लब अफ बुटवल साउथले ४ सय ५९ युनिट रगत संकलन गर्न सफल भएको छ भने योगीकुटीको जागृति युवा क्लबले २ सय ३१ युनिट रगत संकलन गरेको छ । केन्द्रमा संकलन भएको रगत रुपन्देहीसहित चितवन, काठमाण्डौका अस्पतालहरुमा माग हुने र त्यसै अनुसार वितरण भैरहेको केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले बताए । बुटवल रक्तसंकलन हबका रुपमा विकास भएको भन्दै उनले यस क्षेत्रमा रहेका स्वयंसेवी रक्तदाताहरुको क्रियाशिलताको प्रशंसा गरे ।
यस आर्थिक वर्ष २०७४÷२०७५ मा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र, बुटवल र भैरहवाबाट गरि २३ हजार १ सय ५४ युनिट रक्तजन्य तत्व र होल ब्लड वितरण भएको बुटवल केन्द्रकी प्राविधिक प्रमुख राधा शर्माले बताईन । जसमा रक्तजन्य तत्व ४ हजार १ सय १ युनिट रहेको छ भने होल ब्लडको संख्या १९ हजार ५३ युनिट रहेको छ । यो वर्ष केन्द्रमा रगतको माग सामान्य रहेको उनले बताईन ।
एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम गरि सहयोग गर्ने दाता संघसंस्थाहरुका पदाधिकारीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, लुम्बिनी अंचल अस्पतालका मेसु डा कृष्ण खनाल, नेपाल रेडक्रस केन्द्रिय उपाध्यक्ष सुदर्शन नेपाल, बुटवल उधोग वाणिज्य संघका अध्यक्ष खिम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले बुटवलमा सम्मानपत्र सम्मानित गरेका छन ।
कार्यक्रममा उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले काठमाण्डौमा भुकम्पको विपद पर्दा बुटवलमा वृहत रगत संकलन अभियान थालेर नमुना सहयोग भएको बताए । अब पनि फेरी विपदको तयारीका लागि नेपाल रेडक्रसको सहकार्यमा विपद व्यावस्थापन कार्ययोजना बनाउने काम नगरपालिकाले गरेको उनी बताउछन । बुटवलका सरकारी, सामुदायिक र नीजी स्वस्थ्य क्षेत्रको सुची तयार गर्ने काम समेत भैरहेको भन्दै उनले सामाजिक उत्तरदायित्व कोषमार्फत सबै बुटवलबासीले निशुल्क स्वस्थ्य सेवा पाउने गरि तयारी गरेको बताए । सामुदायिक र सरकारी अस्पतालले अनिवार्य भएको र अब नीजिले पनि सामाजिक उत्तरदायित्वअन्तरगत १० प्रतिशत सेवा अनिवार्य गर्नुपर्ने उनले सुझाव दिए । बुटवलको स्वस्थ्य क्षेत्रलाई अझ गुणस्तरीय बनाउन नया प्रविधि भित्राउने काममा सबैको सहकार्य जरुरी रहेको उनले बताए ।
नेपाल रेडक्रस केन्द्रिय उपाध्यक्ष सुदर्शन नेपालले रेडक्रस आफैमा मानविय सेवामा काम गर्ने संस्था भएकाले सामाजिक काममा अन्य संघसंस्थाहरुसंग सहकार्य गर्दै आएको बताए । नेपालको कुल संकलनमध्ये ६ प्रतिशत बुटवलले धानेको भन्दै उनले देशमा नै बुटवल क्षेत्रबाट भएको योगदानका कारण दुईपटक उत्कृष्ट हुन सफल भएको बताए । बुटवल शाखामा डव्लु एच ओ को सहयोगबाट ब्लड सेपरेसन मेशिन राखी यसक्षेत्रको मागलाई थोरैभएपनि सम्बोधन भएको उनले बताए ।
लुम्बिनी अंचल अस्पतालका मेसु डा कृष्ण खनालले अस्पतालमा उपचारमा रहेका विरामीलाई आवश्यक पर्ने रगतको आपूर्ति सहज ढंगबाट भएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम हमालले सबै संघसंस्थाहरुको सामाजिक कार्यमा महत्वपूर्ण योगदान भैरहेको बताए । रगत दिदा शारीरिक कमजोरी हुन्छ भन्ने मानसिकता तोडिदा अहिले स्वयंसेवी रक्तदाताहरुको संख्या बढेको उनले बताए । शहरी क्षेत्रमा सचेतना बढेपनि अझै पनि ग्रामिण भेगमा कार्यक्रम गर्न जरुरी रहेको उनले सुझाव दिए ।
यसैबिच बुटवलका सामाजसेवी नरेन्द्र बस्नेतले केन्द्रमा कोष स्थापना गर्नका लागि ५० हजार रकम हस्तान्तरण गरेका छन । जुन अक्षयकोषबाट स्वयंसेवी रक्तदाताहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?