ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

साउनदेखि बैंक ब्याज दर घट्नसक्ने

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

बुटवल,२९ असार । नेपाल बैंकर्स एसोसिएसनले बिहीबार निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा गर्न सकिने गरी खुला छाडेको छ।
बैंकहरूले २०७८ पुसदेखि सहमतिमा निक्षेपको ब्याजदर निर्धारण गर्दै आइरहेका थिए।
अहिले बैंकहरूले परीक्षणका रूपमा ब्याजदरमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले अहिले बैंकिङ प्रणालीमा तरलता सहज अवस्थामा भकाले सहमतिमा ब्याजदर निर्धारण प्रक्रियाबारे धेरैले असन्तोषजनक टिप्पणी गरिरहेका हुंदा तत्काललाई खुला छाड्ने निर्णय भएको बताए ।

बिहीबार सहमति तोडिएसँगै बैंकहरूले साउनदेखि राष्ट्र बैंकले तोकेको सीमामा रहेर प्रतिस्पर्धात्मक ब्याजदर निर्धारण गर्ने भएका छन्।

हालको अवस्थामा बैंकहरूले व्यक्तिगत निक्षेपमा दिने ब्याजदर ८.९९ देखि १०.९८ प्रतिशतसम्म बनाउन सक्नेछन्। राष्ट्र बैंकको नियमअनुसार व्यक्तिगत निक्षेपको ब्याजदर योभन्दा घटबढ हुन नसक्ने अवस्था छ।

सबै वाणिज्य बैंकहरूले निक्षेपमा दिइरहेको ब्याजदरमा अघिल्लो महिनाभन्दा औसत १० प्रतिशत विन्दुले मात्रै घटबढ हुने गरी नयाँ ब्याजदर तोक्न सक्ने व्यवस्था छ। बैंकहरूले जेठदेखि व्यक्तिगत निक्षेपको ब्याजदर परिर्वतन गरेका छैनन्। जेठमा यस्तो ब्याजदर अधिकतम ९.९९ प्रतिशत थियो।

असारमा बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म दिएका थिए। यो ब्याजदर पनि अब ३.९९ देखि ५.९८ प्रतिशतसम्म हुनेछ। मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याज अन्तर ५ प्रतिशत हुनुपर्ने व्यवस्था छ।

अहिले कर्जा लगानीको लागि प्रशस्त पुँजी भएकाले बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गर्ने भएका हुन्। बैंकहरूसँग पर्याप्त पुँजी भएकैले राष्ट्र बैंकबाट उनीहरूले लिने सापटी स्थायी तरलता सुविधा दैनिक ३/४ करोड रूपैयाँमा सीमित भएको छ। केही महिनाअघिसम्म बैंकहरूले यस्तो दैनिक सापटी ८७ अर्ब ४६ करोड रूपैयाँसम्म चलाएका थिए।

बैंकहरूले निक्षेपको तुलनामा कर्जा लगानी गर्न सक्ने अनुपात पनि घटेको छ। निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिनसक्ने बैंकहरूको यो अनुपात हाल ८१.६७ प्रतिशत छ। यी सबै तथ्यांक हेर्दा बैंकहरूमा हाल करिब पाँच खर्ब बराबर लगानी योग्य पुँजी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?