ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्रीलाई भट्टराईको आग्रह –हठ नदेखाउदा उत्तम ’

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्राईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् ।
आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा गोबिन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला सरकारले आबश्यक ठानेरै माथेमा टोलीलाई प्रतिबेदन बनाउन लगाएको उल्लेख गरे । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिज्ञको प्रतिबेदनलाई लाइन बाइ लाइन छलफल गरेर निश्कर्षमा पुग्न जरुरी रहेको बताए ।‘डा केसीको अभियान एक्लो प्रयास होइन,नागरिक समाज छ,आम नेपाली जनताको समर्थनको बिषय हो ’उनले भने ।
भट्टराइ भन्छन्—‘सरकारले पावर अफ एरोगेन्सबाट मुक्त राख्नुपर्छ,लामोसमयपछि स्थिरतातर्फ छौं ,जनता खुसी र सुखी बनाउने नाराले मात्रै हुन्छ र ?’‘नेपालमा राजनीतिमा ठूलो रोग छ ,सरकारमा बस्दा एउटा कुरा,बाहिर बस्दा अर्काे कुरा गर्ने ,यस्तो प्रकारले बाहिर राष्ट्रको दृष्टिमा पनि मुलुकको इज्जत घटाइरहेको छ ।’दक्षिण एसियामा सबैभन्दा बढि नेपालमा नीजी मेडिकल कलेज भएको भन्दै उनले अब यस्लाइ ब्यबस्थित गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री शुशील कोइराला र शेरबहादुर देउवाका सल्लाहकार समेत रहेका उनले भने—‘जनमत पाएको स्थिर सरकार पनि आत्मबिश्वास नभएको ब्यबहार गर्यो ।’
परराष्ट्रबिद समेत रहेका उनले सत्ताभित्र र बाहिर रहदा फरक चरित्र देखाउने परिपार्टीले नेपालीको सांख गिराउने काम गरेको बताए । ‘राष्ट्रिय सुरक्षा,राष्ट्रिय स्वार्थमा सबै एक हुनुपर्छ ,यी बिषयमा राजनीति गर्नु हुदैन’उनको भनाइ छ ।नेपालको राजनीति नाजुक भएको भन्दै उनले एकता प्रदर्शन गर्न नसके नेपाल बाहिरीयाहरुको षडयन्त्रको अखडा बन्ने खतरा रहेको औल्याए ।उनले ओली सरकारलाइ जनतालाइ केन्द्रमा राखेर काम गर्न र सबै एककार भएर मात्रै समृद्धि आउने प्रष्ट पारे ।
प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद बिष्णु पन्थीले मुलुकको निकासका लागि दलहरुले साझा धारणा बनाउने बताए । ‘सरकारले रेगुलेट गर्ने हो, निश्चित प्रकृया पुर्याएर संचालन गर्न दिनेहो भने यो समस्या टुंगिन्छ ।’
‘डा केसी सुतेको अबस्थामा,धेरैले दोहोरो भुमिका खेले यो ठिक हुदै होइन ।’पन्थीले भने—‘डा केसीको अनसन मनमोहन मेडिकल कलेजको बिरुद्धको हो , प्रकृयामा रहेका मेडिकल कलेजलाइ के गर्नु बरु पहिले नै रोक्नुपरथ्र्याे’नीजि क्षेत्र राष्ट्रका सम्पत्ती हुन्,उनीहरु बिना नेपालमा समृद्धि सम्भब छैन भन्दै पन्थीले पूजीलाइ देशभित्र रोक्न,मेडिकल,कृषि,अस्पताल खोल्नुपर्ने बताए ।तोकिएका मापदण्ड अनुसार संचालन गरे कुनैपनि समस्या नरहने उनको भनाइ छ ।‘कांग्रेस आत्तिनुपर्दैन,लोकतन्त्रको गहना निर्बँचन हो प्रतिपक्षीले सरकारलाइ र देशलाइ रचनात्मक ढंगले सहयोग पुर्याउनुपर्छ ।’‘सरकार कुनै हालतमा अधिनायकबाद हुन सक्दैन,लोकतन्त्र युगमा कसैको पनि सम्भब छैन ।’पन्थीले भने ।मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोबिन्द खनालले उठाएको मागलाइ ध्यान दिदै डा.केसी सत्याग्रहमा बसेको प्रष्ट पारे । माथेमा आयोगले स्वतन्त्र रुपमा प्रतिबेदन तयार पारेको भन्दै खनालले कतिपयको स्वार्थ नमिल्दा प्रतिबेदनमाथि नै आरोप लगाएको बताए ।
मनमोहन मेडिकल कलेजलाइ हुने समस्याका कारण सरकारले गलत ढंगले बुझेको बताए । डा केसी भन्दा पनि आयोगको प्रतिबेदनका बारेमा सरकारले धारणा राख्नुपर्नेमा जोड दिए ।
माथेमाको प्रतिबेदनको बारेमा राज्यको दृष्टिकोण आउनुपर्ने बताए । दीर्घकालिन लक्ष्य सहितको प्रतिबेदनलाइ कम आंकलन नर्गन उनको आग्रह छ । समाज बिभाजन भैरहेको भन्दै उनले धेरैले आफ्नो बिद्धता भन्दा पनि पार्टी राजनीति गरेको देखिएको बताए । ‘जनताको आन्दोलनलाइ कम मुल्यांकन गर्ने लोकतान्त्रिक सरकार हुन सक्दैन ,समयमै चेत खुल्नुपर्ने बताए ।’ खनालले भने । सरकारलाइ जनताको कुरा र प्रतिपक्षिका कुरा सुन्नु उनको आग्रह छ ।बरिष्ठ पत्रकार महेन्द्र थापाले डा गोबिन्द केसी गैर राजनीतिक माग बोकेर सत्याग्रहमा बसेको बताए । मानवअधिकारबादी नेता कृष्ण पहाडी र डा गोबिन्द केसी राष्ट्रका सम्पत्ती भएको भन्दै उनले उनीहरु एकाकार हुुनुमा सत्ताको कुनै स्वार्थ नरहेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?