ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

एमालेको अवरोधका बीच लुम्बिनी प्रदेशसभा बैठक

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

लमही, १८ असार ।

लुम्बिनी प्रदेश सरकारले यस पटक सबै सांसदहरुलाई समान बजेट दिएको सत्तारुढ दलका सांसदहरुले बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ सांसदहरुले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधका बीच भएको छलफलका क्रममा सांसदहरुले अहिले सबै प्रत्यक्ष सांसदहरुलाई दुई करोड २५ लाख र समानुपातिकलाई ७५ लाखका योजना दिएको भन्दै यसले सत्तापक्ष र प्रतिपक्षका सांसदहरुलाई समान रुपमा योजना छनोट गरेको बताए । ‘यो भन्दा पहिले एमालेले पनि सरकार चलाएको हो, शंकर पोखरेल मुख्यमन्त्री र अर्थमन्त्री हुँदा हामीले एक लाखका योजना पनि पाउने गरेका थिएनौं’, काँग्रेस सांसद बैजनाथ कलवारले भने ‘अहिले सबै सांसदहरुलाई बराबर योजना छान्न लगाईएको छ, यो सबै प्रदेश भन्दा उत्कृष्ट कार्य हो ।’

अहिलेको बजेटले लुम्बिनीका ५२ वटै निर्वाचन क्षेत्रलाई न्याय गरेको समेत उनको भनाई छ । विगतमा एमालेको सरकार हुँदा बहुबर्षिय, क्रमागत कुनै पनि योजना नदिएको तथा प्रदेशमा ८० वटा पुल निर्माण गर्ने भनिए पनि ती पुलहरुमा प्रतिपक्षलाई बजेट हाल्न समेत नदिएको सांसद बसिउद्दिन खानले बताए । तर, अहिलेको सरकारले प्रतिपक्ष र सत्तापक्षलाई समान ब्यवहार गरेको भन्दै यो उत्कृष्ट बजेट रहेको उनको भनाई छ ।

बजेट पास गर्न नदिनु भनेको सरकारलाई काम गर्न नदिनु रहेको भन्दै प्रतिपक्षले रचनात्मक सुझाब दिनुपर्नेमा अबरोध गर्नु गलत भएको समेत बताए । बजेट बनाउने काम सरकारको रहेको र प्रतिपक्षले त्यसमा सुझाव दिनुपर्ने भएपनि त्यो भूमिका नभएको समेत उनले बताए ।

बैठकमा स्वतन्त्र सांसद खड्ग बस्नेतले बजेटका विषयमा उठाएका कुराहरु आफू केन्द्रित भन्दा पनि आम जनतालाई केन्द्रमा राखेर मुद्दा बनाउनु पर्ने बताए ।

जनमोर्चाका सांसद तारा थापाले बजेटमा सहज वातावरणमा छलफलमा भाग लिनुपर्ने बताईन् । एमालेका सांसदहरुले भने सदनमा नाराबाजी गरिरहेका थिए । सोमबार आगामी आर्थिक बर्षको राजश्व र व्यायको बार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने अर्थमन्त्री धनबहादुर मास्कीको प्रस्तावमा मंगलबार छलफल भएको थियो । छलफल पश्चात मन्त्री मास्कीले लुम्बिनी प्रदेश सरकारले प्रतिबद्धता र भावनालाई समेट्ने बताए । उनले निर्देशनालयका सन्दर्भमा प्रतिपक्षले उठाएको विषयमा छानविन गर्न समिति नै बनेको भन्दै त्यही समितिले काम अघि बढाउने उनको भनाई थियो ।

बैठक सोमबार दिउसो १ बजेदेखि सुरु भएको थियो । तर, सोही दिन एमालेको अवरोधपछि सहमतिकालागि सभामुख तुलाराम घर्तीले एक घण्टा संसद बैठक सारेका थिए । साढे ३ बजेपछि पुनः बैठक बसेको थियो ।

साथै सोही बैठकमा अर्थमन्त्री मास्कीले आगामी आर्थिक बर्ष २०८०÷०८१ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिती कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विद्येयक सभामा पेश गरेका थिए ।

एमालेका सांसदहरुले भने प्रदेशका खारेज गरिएका सबै निर्देशनालय फिर्ता गर्नुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा २÷२ वटा क्रमागतका योजना छनोट गर्नुपर्ने, विगतका क्रमागतका योजनाहरुलाई निरन्तरता दिनुपर्नेलगायतका माग राख्दै सुरुका दिनदेखि नै अवरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?