ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

अर्कै व्यक्तिलाई आफ्नो सन्तान भनेर नागरिकता दिन खोज्ने दम्पत्ती पक्राउ, वडाअध्यक्ष समेत संलग्न

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

बुटवल, १८ असार ।

अर्कै व्यक्तिलाई आफ्नै सन्तान भनेर नागरिकता दिन खोज्ने एक दम्पत्तीलाई नियन्त्रणमा लिइएको छ । ती दम्पत्तीले आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोप छ । ईलाका प्रशासन कार्यालय बुटवलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी श्रीमती ४२ वर्षीय सिता कशौधनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको ईलाका प्रशासन कार्यालय बुटवलका सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनी विवरण पेश गर्दै नागरिकता दिने प्रयास गरेका थिए ।

नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय बुटवलमा आइतबार उपस्थित भएका उनीहरुलाई गोप्य सूचनाका आधारमा झुटा विवरण पेश गरेको थाहा भएपछि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लगिएको थियो । ईलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गर्दा उनीहरुले अर्कैका छोराछोरीलाई आफ्नो भनी नागरिकता दिने प्रयास गरेको भेटिएको प्रतिवेदनसहित ईलाका प्रशासन कार्यालयलाई प्राप्त भएको सुचना अधिकारी ज्ञवालीले बताए ।

उनीहरुलाई झुटा विवरण बनाएर नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगर वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतको समेत संलग्नता देखिएको छ । अर्कैका छोराछोरीलाई आरोपित रमेश कशौधनको छोराछोरी भनी सिफारिस गर्ने वडा अध्यक्ष बस्नेतलाई भने नियन्त्रणमा लिइएको छैन । वडा अध्यक्ष बस्नेतले उनीहरुको नाता सम्बन्ध बारे जानकार हुँदाहुँदै पनि गलत नियत राखेर नागरिकता प्रदान गर्नका लागि झुटा विवरणमा सहयोग गरेको स्रोतको दाबी छ । यस विषयमा प्रतिक्रियाका लागि फोन सम्पर्क गर्न खोज्दा वडाअध्यक्ष बस्नेतले भने फोन काटिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?