ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर

बिहे भोजमा प्रयोग गरिएको अवैध मदिराबारे छानबिन

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

भैरहवा —

झण्डै एक साताअघि भैरहवाको एउटा होटेलमा विवाह भोजमा प्रयोग गरिएको मदिराको विषयलाई लिएर आन्तरिक राजश्व कार्यालय भैरहवाले छानबिन सुरु गरेको छ ।

उक्त भोजमा भारतबाट अवैध रुपमा आयात गरिएको मदिराको प्रयोग गरिएको सूचना प्राप्त भएपछि छानबिन सुरु गरिएको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले बताए ।

उनका अनुसार भैरहवास्थित होटेल पौवामा गत शुक्रबार भएको एउटा विवाहको भोजमा भारतबाट अवैध रुपमा आयात गरिएको मदिराको प्रयोग भएको पाइएको हो । गत आइतबार उक्त होटेलबाट आन्तरिक राजश्व कार्यालयको टोलीले भारतबाट अवैध रुपमा पैठारी गरी प्रयोग गरिएको मदिराको खाली बोतल बरामद गरेको थियो ।

उक्त होटलबाट भारतका लागि आयात भएको रेड लेबल ह्विस्कीको ५८ र एब्सुल्युट भोड्काको १० वटा खाली बोतल फेला परेको हो । ‘सूचनाको आधारमा हामीले यस विषयमा छानबिन सुरु गरेका छौं,’ निरौलाले भने, ‘प्रारम्भिक तहमा होटलका व्यवस्थापकलाई बोलाएर बयान लिने काम भइरहेको छ ।’

श्रोतका अनुसार अग्नि सिमेन्टका संचालक तथा अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले उक्त दिन आफ्नो छोराको विवाह पार्टीमा ती मदिराको प्रयोग गरेका थिए ।

होटल पौवाका ब्राण्ड म्यानेजर विष्णु भण्डारीले भने उक्त पार्टीका लागि प्रयोग गरिने मदिरा होटेलको तर्फबाट नभइ उपलब्ध गराइएको मदिरा होटेलको तर्फबाट सर्भिस (सर्व) मात्र गराउने सर्त भएकाले मदिराको बारेमा होटेललाई जानकारी नभएको बताए ।

अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले भने उक्त मदिरा आफूले प्रयोग नगरेको दाबी गरेका छन् । ‘मैले उक्त दिन प्रयोग गरेको मदिरा भाटभटेनी सुपर मार्केट र स्थानीय पसलबाट खरिद गरेको बिल छ,’ पोखरेलले भने ।

विदेशबाट आउँदा एक जना यात्रुले एक पटकमा १ लिटरभन्दा धेरै मदिरा ल्याउन पाइँदैन । व्यवसायिक रुपले मदिरा आयातका लागि अन्तशूल्क कार्यालयबाट दर्ता भइ आयातको अनुमति लिनुपर्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?