ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

स्थानिय तह अख्तियारको निगरानीमा

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

स्थानिय तह अब अख्तियारको निगरानीमा रहने अख्तिीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले बताएका छन् । मंगलबार कार्यालयले आर्थीक वर्ष २०७४÷७५ मा गरेको काम सार्वजनीक गर्ने उदेश्यले आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने‘ देश संघिय संरचनामा गएपछि धेरै अधिकार स्थानीय सरकारले पाएको छ । सबैभन्दा तल्लो तह जहां जनताले प्रत्यक्ष लाभ लिन्छन् र राजनितीले पनी स्थानिय तहनै बढि ग्रसीत हुने भएकोले स्थानिय तहमा भ्रष्ट्राचार मौलाउन सक्छ । त्यसैले अब स्थानिय तहमा अख्तियारको बढि निगरानी हुनेछ ।’ उनले थपे ‘ त्यसो त मन्त्रालयका समेत केहि उजुरीहरु परिसकेका छन् । अनुसन्धानकै क्रममा अख्तियार छ । ’ सार्वजनिक पद धारण गरेका र भ्रष्ट्राचार गर्ने जो कसैलाई पनी अख्तियारले नछोड्ने प्रमुख पन्थले बताएका छन् ।
कार्यालयले सार्वजनीक गरेको तथ्याङ्गमा कर्णाली प्रदेशको सबैभन्दा बढि उजुरी पर्ने जिल्ला राजधानी सुर्खेत नै परेको छ । आर्थीक वर्ष २०७४÷७५ मा सुर्खेतका मात्रै १ सय ६४ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । ती मध्ये १ सय ४० फछर्यौट भएका छन् भने २४ वटा उजुरी बांकी रहेका छन् । त्यस्तै दैलेख जिल्लामा परेका १ सय ४७ उजुरी मध्ये १ सय २३ फछर्यौट र २४ वटा उजुरी बांकी रहेका छन् । जाजरकोटमा ९७, कालीकोटमा ९५, हुम्लामा ५८, सल्यानमा ४९, रुकुम (पश्चिममा) ४४ वटा, जुम्लामा ३८, मुगुमा ३२, डोल्पामा २२ तथा कर्णाली प्रदेश बाहेकको जिल्ला रुकुम पुर्वमा सबैभन्दा कम ५ वटा उजुरी परेको कार्यालयले तथ्याङ्ग सार्वजनिक गरेको छ ।
सुर्खेतमा प्राप्त उजुरीको प्रकृतीहेर्दा अधिकांश विद्यालय तथा सामाजीक सुरक्षा भत्तामा भ्रष्टाचार भएको पाईएको छ । विद्यालयको भवन गुणस्तर नभएको, छात्रवृत्ति रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा अनियमितता भएको, विद्यालय कोषको रकम हिनामिना गरेको तथा शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको जस्ता उजुरी अख्तियारमा परेका छन् ।
त्यस्तै सामाजिक सुरक्षा भत्तामा अनियमितता, उपभोक्ता समिति मार्फत गरेको काम गुणस्तरहिन, स्थानिय तहको आन्तरिक आएको विनियोजन र खर्च अपारदर्शि भएको लगाएतका ,भवन,सडक,औषधी खरीद, नक्कली विल बनाएको जस्ता उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले भ्रष्ट्राचारमा संङलग्न रहेका विभिन्न सार्वजनक पद धारण गरेका ६ जना व्यक्तीहरुलाई रंगेहात पक्राउ गरी आवश्यक कार्रवाहि गरेको जानकारी दिएको छ । त्यस्तै ६ वटा विगो अर्थात आरोपपत्र दायरमा १ करोड ९ लाख ४९ हजार ४ सय ९१ रुपैयां, असुल उपर ११ लाख ७३ हजार ९ सय ९१ र रंगेहात पक्राउ परेका बाट ४ लाख १ हजार रुपैयां फेला पारेको जानकारी कार्यालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?