ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

मोटरले भित्रायो आम्दानी

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

सदरमुकामबाट करिब दस किमी उत्तरपश्चिम बा“गीबाट सन्धिखर्क पैदल हिडेर आइपुग्दा चार घण्टा लाग्थ्यो । हि“डाइको थकाइले गाउ“बाट बजारमा बिक्री गर्न कोही बोकेर ल्याउदैनथे । खसीबोका बिक्री गर्न बजार ल्याउन मुस्किल थियो । बजार झरेर चिनी, चामल बोकेर घरसम्म पु¥याउ“दा दिन बित्यो । जब सदरमुकामबाट गाउ“मै मोटर पुगेपछि दैनिकी फेरियो । शुरुमा गाउ“लेले महिनौ दिन लगाएर गौती, कोदालाले बाटो खनेर गाडी चल्ने बनाए ।
अहिले डोजर र स्काभेटरले सडकको चौडाई फराकिलो पारेपछि गाडीमा आधा घण्टामै गाउ“बाट सदरमुकाम आइपुगिन्छ । दैनिक बस, जिप, ट्रक, टयाक्सी र टयाक्टर चल्छन । अहिले उत्पादन भएको सबै वस्तु बजारमा ल्याएर बिक्री गर्न सहज भएको छ । मोटर चलेपछि बा“गी बा“सटारीका विष्णु कार्की कतार जान छाडेर भैसीपालेका छन । सात वर्ष देखि दूध उत्पादन गरिरहेका छन । अनिल भैसी फार्म खोलेर १८ वटा भैसी र ९ गाई पालेका छन । उत्पादित दैनिक एक सय दस लिटर दूध बस र जिपले बजारका डेरीमा ल्याइदिन्छन । त्यसैले उनलाई घरमै बसेर फार्म सञ्चालन गर्न सहज भयो । ‘दूध जति उत्पादन गरेपनि बिक्री हुन्छ,’ उनले भने, ‘गाडी चल्छन । आफै पनि मोटरसाइकलमा बोकेर जान्छु । दूध, दही, ध्यु र तरकारी सजिलै बजारमा बिक्री हुन्छ ।’
घर खर्च कटाएर महिनामा ७० हजार रुपैया“ बचत भएको उनले बताए । यति कतामा आम्दानी थिएन । उनको घरमा भैसी, बाख्रा, कुखुरा पहिले देखि पालिन्थ्यो । तर, खेतबारीमा मलको लागि मात्रै । तरकारी परिवारले खाना र नातेदारकहा“ पाहुर दिन मात्रै खेती हुन्थ्यो । अहिले त्यो छैन । बारीमा साग, मुला, काउली, आलु उत्पादन छन । त्यसैबाट पैसा आउ“छ । बिक्री भएपछि बेमौसमी तरकारी उत्पादन भएको उनले बताए । ‘दूध, खसीबोका र लोकल कुखुरा गाडीमा राखेर बजार पठाइदिन्छु,’ उनले भने, ‘अब म विदेश जान्न ।’
उनका अनुसार उत्पादन गर्न सके बिक्री नहुने केही छैन । काम जा“गर हुनुपरो पैसा हाम्रै बारीमै छ, उनले भने । मालारानी गापा–५ मा पर्ने बा“गीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम लागु भएको छ । थोरै जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने यसको लक्ष्य हो । सिचाइ“ सुविधा राम्रै छ । तरकारी र पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने गापा अध्यक्ष बालकृष्ण आचार्यले बताए । सबैलाई सहकारीमा आबद्ध बनाएर एक घर एक उत्पादनको नीति अघि सारी गाउ“लाई सम्बृद्ध पार्ने योजना अघि सारिएको उनले बताए ।
पाणिनी गाउ“पालिका सबै वडामा उत्पादित वस्तु पाल्पाको तानसेन र कपिलवस्तुको सालझण्डी हु“दै बुटवल पुग्छ । छत्रदेव गापाको गुल्मीको तम्घास र सितगंगा नगरपालिकाको कपिलवस्तुको चन्द्रौटा, चार नम्बर हु“दै बुटवल जान्छ ।
खसीबोका, बंगुर, पाडा, तरकारी, दूध, ध्यु, पनिर र मसलाबाली लगायतका वस्तु जिल्ला बाहिर निर्यात भैरहेको छ । गाउ“मा उत्पादन भएको वस्तु बजारसम्म पुग्न यातायातको सुविधाले संभव भएको हो । पाणिनीको पोखराथोक, पणेना, पटौटी, मैदान, खिदिम लगायतका गाउ“बाट दैनिक तरकारी र दूध बसले तानसेन पु¥याइदिन्छ । दसक अघि दूध र तरकारी बिक्री हुदैनथ्यो । जिल्ला सदरमुकाम र तानेसन करिब ३० किमी टाढा छन । दुर्गाफा“ट देखि तानसेन दैनिक बस र जिप चलेपछि खिदिमका रामु न्यौपानेले १२ वटा गाई किने । सवारी चालक पेशा छाडेर अहिले कसरी धेरै दूध उत्पादन गर्नेमा उनको ध्यान छ । ‘भा“डोमा राखिदिएपछि बसले दूध तानसेन लैजान्छ,’ उनले भने, ‘वर्षमा तीन लाख रुपैया“ बैंक बचत छ । चार वर्ष अघि उनको घरमा जति धेरै दुध भएपनि खाएर र छिमेकीलाई बा“डिनथ्यो । जब बसले दूध बोक्न थालेपछि गाउ“को मुहार नै फेरियो । ‘घर खानलाई तरकारी खेती गर्नैपर्छ,’ उनले भने, ‘त्यसमा अलि मेहनत गरेर रोपनीमै खेती गरेपछि खानलाई हुने, बिक्री गरेर पैसा पनि कमाइने ।’
गाउ“का २२ जना कृषकले दुर्गाफा“ट दुग्ध उत्पादक समुह गठन गरेर भैसी र गाइपालेका छन । तानसेनको श्रीनगर डेरीमा दैनिक चार सय ५० लिटर दूध जान्छ । विदेशबाट फर्किएका तीन जना युवाले गाइपालेका छन । ‘मोटरबाटोमा दैनिक गाडी नचलेको भए संभव थिएन,’ समुहका सदस्य न्यौपानेले भने, ‘दूध र तरकारी बेचेर महिनामा ५ हजार देखि ५० हजार रुपैया“ आम्दानी गर्ने कृषक छन ।’ गाउ“मा उत्पादन भएको तरकारी, दूध, अदुवा, बेसार, खसीबोका गाडीले बजारमा पु¥याइदिएपछि हाम्रो जीवनै फरियो, उनले भने । माग धेरै भएपछि जा“गर हुने जो कोहीलाई पनि पैसाको दुःख छैन, विदशै जानु नपर्ने उनले बताए ।
वर्षामा हिलो र हिउ“दमा धुलो नउडने गराउने सडक पिच र ग्राभेल गर्ने गापा अध्यक्ष अच्युत गौतमले बताए । बजारमा सहजै उत्पादित वस्तु बिक्री भएपछि उत्पादनमुखी कार्यक्रमबाटै गाउ“लाई सम्बृद्ध बनाउने दावी उनको छ ।
तम्घास नजिकै भएकाले छत्रदेवको गापाको अर्घातोष, मरेङ, भगवती लगायतका गाउ“बाट तरकारीर र दूध दैनिक जान्छ । गाउ“को ताजा तरकारी भन्दै बजारबाटै फोन गरेर माग गर्छन । कपिलवस्तु र दाङस“ग सिमाना जोडिएको सितगंगा नगरपालिकाबाट बुटवल, कृष्णनगर नाका हु“दै भारतमा समेत यहा“को उत्पादन पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?