ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

विश्वविद्यालयको गृहकार्यमा

९ श्रावण २०७५, बुधबार
९ श्रावण २०७५, बुधबार

पाँच नम्बर प्रदेशमा स्थापना हुने प्रदेश विश्व विद्यालय स्थापनाको लागि गृहकार्य शुरु भएको छ । प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापनाका लागि काम शुरु गरेको हो । मन्त्रालयका अनुसार अहिले मन्त्रालयले विश्वविद्यालय स्थापना गर्नका लागि कार्यबिधी बनाउने काम गरिरहेको छ ।
प्रदेश नं. ५ अन्तर्गत रुपन्देहीमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय र दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई केन्द्र सरकारले प्रदेशमा हस्तान्तरण नगर्ने भएपछि प्रदेश सरकारको नीति कार्यक्रम र बजेटमा नै सम्बोधन गरी प्रदेश विश्वविद्यालय स्थापनाको प्रक्रिया शुरु गरेको हो । विश्वविद्यालय अनुदान आयोगलाई प्रा. डा. त्रिरत्न मानन्धरको नेतृत्वको समितिले पेश गरेको प्रतिवेदनमा सञ्चालित विश्वविद्यालयहरु मध्ये कृषि तथा वनविज्ञान, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयहरु विषयगत विशिष्टीकरण विशेषता भएका विश्वविद्यालयको रुपमा राख्न नेपाल खुला विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयहरु राष्ट्रिय विशेषता बोकेका विश्वविद्यालय भएको भन्दै केन्द्रीय विश्वविद्यालयका रूपमा राख्न सुझाव दिएको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को प्रदेश नं. ५ प्रदेश सरकारको नीति कार्यक्रममा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालयहरु स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने नीति ल्याएको छ । नीति कार्यक्रममा टेकेर प्रदेश विश्वविद्यालयको स्थापनाको संम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिज्ञ समुहको शैक्षिक अन्तरक्रियापछि विश्वविद्यालयको स्वरुपबारे स्पष्ट खाका आउने बताए । मन्त्री बरालका अनुसार उक्त अन्तरक्रियामा प्रदेशभित्र रहेका विश्व विद्यालयका प्रोफेसर, सामुदायिक क्याम्पसका प्रोफेसर, शिक्षा क्षेत्रमा काम गरेका अनुभवी व्यक्तित्वहरुका साथै केही मात्रामा केन्द्रका अनुभवी शिक्षा विदहरुलाई सहभागी गराइनेछ ।
मन्त्री बरालले विज्ञहरुसँगको छलफल भदौभित्रमा गर्ने सोच बनाएको बताए । अन्तरक्रिया र अध्ययनपछि प्रदेशमा कस्तो प्रकृतिको विश्वविद्यालय स्थापना गर्ने यकिन हुनेछ तथापी मन्त्री बरालले अब स्थापना हुने विश्वविद्यालय परम्परागतभन्दा फरक खालको बनाउन खोजिएको बताए । बिशिष्ट खालको बनाउने कि भन्ने सोच आफुमा पनि रहेको र सुझाव पनि त्यसरी नै आइरहेको उनले सुनाए । उनले प्राबिधिक धारको विश्वविद्यालय बनाउन सकिन्छ कि सोच आइरहेको बताए । संभवत इन्जिनियरिङ, मेडिकल, कृषि, बन विज्ञान जस्ता बिषय वा अरु यस्तै केही बिषय मध्ये छनौट गरेर या जोडेर गर्न सकिन्छ कि भन्ने सोच छ मन्त्री बराललले भने । विश्वविद्यालय स्थापना गर्दा मुख्य गरी प्रदेश नं. ५ को मानव जनशक्तिको आवश्यकतालाई केन्द्र विन्दुमा राखेर स्थापना गरिने र त्यसले प्रदेशको समृद्धिमा सहयोग पुग्ने बरालको भनाई छ ।
मन्त्रालयका प्रवक्ता मित्रमणी खनालले प्रदेश विश्वविद्यालय स्थापनाका लागि कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए । उनले भदौ महिनाको अन्तिम हप्तादेखि काम शुरु हुने बताए । केन्द्रिय विश्वविद्यालयले उत्पादन नगरेका जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदेश विश्वविद्यालयको स्थापना गरिने उनको भनाई छ । प्रदेश योजना आयोगले गरेको बिषयगत मानव श्रोतको प्रक्षेपणका आधार पनि विश्वविद्यालय स्थापनाका लागि मार्गदर्शक हुने प्रवक्ता खनालले बताए ।
प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले योजना आयोगले बिषयगत रुपमा प्रदेश नं. ५ को मानव श्रोतको प्रक्षेपण गरिनसकेको बताए । सरकारका लागि यो आवश्यक र गर्ने सोच भएपनि तत्कालका लागि गर्न सकिने अवस्थामा नरहेको बताए । मानव श्रोतको उत्पादनको पक्ष पत्ता लगाउन सकिएपनि मागको अवस्थाका लागि अध्ययन गरिनुपर्ने र त्यसका लागि समय लाग्ने उनको भनाई छ । मानव स्रोतको उत्पादन, माग र विकासको धारको अध्ययनले मात्र बीचको अवस्था जानकारी भई आवश्यक जनशक्ति के हो र कति हो ? यकिन हुने डा. श्रेष्ठको भनाई छ ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले प्रदेश सरकारले बजेट बिनियोजन गर्न सके प्रादेशिक विश्वविद्यालय स्थापना हुनसक्ने बताए । प्रदेशको भूगोल, जनसंख्या, प्राकृतिक स्रोत र औद्योगिकरणलाई मध्यनजर गरी विश्वविद्यालयको अनुहार कोर्न सकिने डा. कोइरालाले बताए । विश्व विद्यालयको प्रमाणपत्रमा विश्व बजारमा बिक्री हुनुपर्ने मापदण्ड हुनुपर्ने भएका कारण प्रदेशको बिषयबस्तु र अन्र्तराष्ट्यि बिषयबस्तुलाई जोड्नुपर्ने बाध्यता भएको उनले सुनाए । विश्वको कुरा सिकाउँदै स्थानीयसँग जोडेर विश्वविद्यालय स्थापना गर्न सकिन्छ डा. कोइरालाले भने, टेक्निकल कलेजका उत्पादन स्वदेशमा नटिक्ने परम्परा छ, त्यसमा ध्यान दिन जरुरी छ । उनले टेक्निकल विश्वविद्यालयमा सीपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले लगानी बढी गर्नुपर्ने बताए ।

शिक्षाका विज्ञहरुसँगको अन्तरक्रिया र अध्ययनपछि प्रदेशमा कस्तो प्रकृतिको विश्वविद्यालय स्थापना गर्ने यकिन हुन्छ । विश्वविद्यालय स्थापना गर्दा मुख्य गरी प्रदेश नं. ५ को मानव जनशक्तिको आवश्यकतालाई केन्द्र विन्दुमा राखेर गर्ने प्रयास हुनेछ ।
सुदर्शन बराल
मन्त्री, सामाजिक विकास, प्रदेश नं. ५

मानव स्रोतको उत्पादन, माग र विकासको धारको अध्ययन गर्न जरुरी छ । मुख्यगरी जनशक्ति उत्पादन भन्दा पनि मागको अवस्था के भनि हेर्न कठिन छ ।
डा. प्रकाश कुमार श्रेष्ठ
उपाध्यक्ष, प्रादेशिक योजना आयोग, प्रदेश नं. ५

प्रदेशको भूगोल, जनसंख्या, प्राकृतिक स्रोत र औद्योगिकरणलाई मध्यनजर गरी विश्वविद्यालयको अनुहार कोर्न सकिन्छ । टेक्निकल कलेजका उत्पादन स्वदेशमा नटिक्ने परम्परा छ, त्यसमा प्रदेश सरकारको ध्यान पुग्नुपर्छ ।
प्रा. डा. विद्यानाथ कोइराला
शिक्षाविद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?