ट्रेंडिंग:

>> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी
मुख्य खबर

विद्यार्थीलाई नि:शुल्क तेक्वान्दो

९ जेष्ठ २०८०, मंगलवार
९ जेष्ठ २०८०, मंगलवार

बुटवल,  जेठ- बुटवल मजुवाका सन्जय सुनार सानैदेखी खेलमा रुचि थियो । कान्ति माबिको कक्षा ५ मा अध्ययरत उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन्थे । मार्शल आर्ट उनलाई मन पर्ने खेल हो । उनी पढाईभन्दा बढि खेलमा चाहना राख्थे । पारिवारिक अवस्था कमजोर उनको यो सपनालाई बुटवलमा संचालन गरिएको निशुल्क तेक्वान्दो प्रशिक्षणबाट भने बाटो देखाएको छ । दिउँसो साढे ५ बजेबाट एक घण्टा उनी नियमित अभ्यास गर्न थालेका छन । आमा गिता सुनार हाटबजारस्थित बालमन्दिरमा छोरालाई लिएर आउछिन । छोराको खेलप्रतिको आकर्षकलाई देखेर उनी दंग छिन । आफ्नो सपना साकार हुनेमा उनी आशाबादी छन । ‘अब नियमित खेल खेल्छु ।’–उनले भने । खेलसंगै आत्मरक्षाको लागि यो उपयुक्त भएको उनको दाबी छ ।
विद्यालयमा विदाको घण्टी बज्ने बित्तिकै शान्तिपथका निखिल मधेसिया साथीहरुसंग हाट बजारस्थित बालमन्दिरमा पुग्छन । सबै जना लाईन मिलाएर तेक्वान्दोका विभिन्न कलाहरु सिक्छन । हातले रोक्ने, खुट्टाले हान्ने सिपहरु सिक्न पाउँदा उनी धेरै खुशी भएका छन । सरस्वती आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययरत उनी सानैदेखि तेक्वान्दो खेल्न चाहन्थे । उनको चाहना भविष्यमा खेलाडी बन्ने हो । खेल खेल्ने समय र जानकारी अभावमा उनि रोकिएका थिए । बुटवलमा संचालन भएको निशुल्क तालिममा सहभागी भएपछि भने उनि अब खेल निरन्तरता दिने बताउछन ।क
बुटवल गोलपार्ककी सुरेना गौतम पढाईमा धेरै ध्यान दिन्छिन । कान्ति माबि कक्षा ७ मा अध्ययन उनी भविष्यमा चिकित्सक बन्ने लक्ष्य राखेकी छिन । पढाईमा अब्बल उनी खेलमा पनि आकर्षित भईन । बुबाको खेलप्रति रुचिलाई पुरा गर्न उनी अहिले तेक्वान्दो सिक्दैछिन । निशुल्क तेक्वान्दो सिक्न पाउदा उनी निक्कै खुशि छिन । ‘तालिममा आत्मरक्षाका धेरै सिपहरु सिक्न पाएको छु ।’– उनले भनिन । पढाइसंगै खेललाई संगसंगै लैजाने उनको सोच छ ।


कान्ति माबि कक्षा ५ मा अध्ययरत निशा पुन निशुल्क तेक्वान्दो खेल खेल्न पाउँदा निक्कै खुशी छिन । मजुवा घरकी उनी पढाइ सकेर खेल सिक्न आउछिन । किक हान्ने, रोक्ने जस्ता आत्मरक्षाका धेरै सीपहरु सिक्न पाउँदा धेरै खुशि छिन । भविष्यमा शिक्षिका बन्ने चाहना बोकेकी छिन । यता कान्ति माबि कक्षा ४ मा अध्ययरत मजुवाकी सृष्टि मरासिनी खेलप्रति रुचि छ । स्वस्थ्य रहन खेल जरुरी रहेको उनि बताउछिन । ‘स्वस्थ्य भए जिवनमा सबै सपना पुरा गर्न सकिन्छ ।’– उनले भने ।
तेक्वान्दो खेलाडी तथा प्रशिक्षक राजकुमार पाण्डेले सामाजिक भावनाका साथ बुटवलमा तेक्वान्दो प्रशिक्षण चलाएका छन । उनले आफनो एक दर्जन भोलिन्टियर खेलाडीहरुको सहयोगमा ज्ञानोदय माबि, क्रान्ति माबि, सरस्वती आधारभुत विद्यालय लगायतका २ सय जनाभन्दा बढि विद्यार्थीहरुलाई एक हप्तादेखी दैनिक प्रशिक्षण दिदै आएका छन । खेलप्रति रुचि भएपनि आर्थिक अभाव झेलेका बालबालिकाहरुलाई खेल सिकाउन थालेको हुन ।

बालबिकासका लागि पनि यो धेरै महत्वपुर्ण हुने उनले बताए । खेल हेर्न अभिभावक समेत आउछन । राम्रो खेल्दै जाने र खेलप्रति रुचि बढि हुने खेलाडीहरुको छनौट गरि नेपाल तेक्वान्दो संघमा निशुल्क दर्ताको ब्यवस्था, निशुल्क ड्रेसको पहल गर्ने उनले बताए । प्रशिक्षणमा बुटवल उपमहानगरपालिका शिक्षा शाखा, प्रदेश खेलकुद परिषद लुम्बिनी, बुटवल उपमहानगरपालिका वडा नं ५ को वडा कार्यालय, नेपाल बाल संगठनको सहयोग रहेको छ । एक महिना अघि विद्यालयहरुमा पत्राचार गरि आवश्यक स्थानको खोजी गरि हाटबजार स्थित वाल मन्दिरमा खेलाईएको हो । उनको यो खेल विकासमा वडा कार्यालय वडा नं ३ बाट बर्सेनि खेलकुद सामानहरु उपलब्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np