ट्रेंडिंग:

>> किन गरिन्छ पितृहरुको लागि श्राद्ध कर्म ? >> एमाले बागमति अध्यक्षमा कैलाश र सचिवमा नवराज विजयी >> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी
राजनीति

सरकार संचालन गर्न राजनीतिक विचार र नेतृत्व चाहिन्छ : शंकर पोखेरल

७ जेष्ठ २०८०, आईतवार १५:३४
७ जेष्ठ २०८०, आईतवार १५:३४

दाङ, ७ जेठ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार संचालन गर्न राजनीतिक र नीतिगत नेतृत्व चाहिने बताएका छन् । त्यसको नेतृत्व एमालेले गर्छ भन्दै उनले भने, “चर्चाले मुलुक बन्दैन, राजनीतिक विचार र नेतृत्व चाहिन्छ ।”

प्रेस चौतारी दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको बताए । “न नीति न कार्यक्रम”– उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्चा हुनुपथ्र्यो । तर, राष्ट्रपतिको सवारी, सम्बोधन कसरी भयो भन्ने मात्रै चर्चामा छ ।”

सरकारले ल्याएको नीति तथा कार्यक्रमले सामाजिक, सांस्कृतिक, आर्थिक बिषय ओझेलमा पारेको बताए । बढ्दो आर्थिक संकट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दा अहिलेको प्रमुख समस्या भएपनि सरकारले ल्याएको नीति कार्यक्रमले छुन नसकेको उनले बताए । “राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि बिजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने थियो”–उनले भने–“राष्ट्रको मूल समस्यामा सरकारको ध्यान पुग्नै सकिन । सांस्कृतिक मूल्यहरुलाई स्थापित गर्ने कुरालाई नीति तथा कार्यक्रमले छोएन । मुलुक आर्थिक मन्दीको अवस्था छ । व्यवसाय ठप्प छ । वित्तीय संकट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन ।” उनले नीति कार्यक्रम कोरा भाषण मात्रै भएको टिप्पणी गरे । “नीति तथा कार्यक्रम छैन, एक घण्टा ४० मिनेटको भाषण छ”, उनले भने, “मुल समस्या सम्बोधन गर्न सकेन ।”

उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए । जनताको विकास र समृद्धिको आशालाई राजनीतिक अस्थिरताले असर गरेको उनको भनाई छ । देशमा देखिएको अन्यौल हटाउन नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उनले बताए ।

नेकपा एमाले अहिले सरकार बनाउने गिराउने खेलमा नलाग्ने पोखरेलले दावी गरे । “सरकार गिराउन एमालेले पहलकदमी लिदैन”–उनले भने, “एमालेको ध्यान ०८४ को आम निर्वाचनमा ध्यान केन्द्रित गरेको दावी गरे । यस्तै उनले पपुलिष्ट पोलिटिक्सले देशको समस्या समाधान गर्न नसक्ने दावी गरे । पपुलिष्ट पोलिटिक्स बाट जनताको समस्या सम्बोधन गर्न सक्दैन ।

भुटानी शरणार्थी प्रकरणमा दोषि उम्कने खेल सत्तापक्षले सुरु गरेको आरोप लगाएका छन् । पछिल्ला दिनहरुमा हिरासतमा लिइएका अभियुक्तहरुको बयान फेर्नेदेखि सत्तापक्षकै ठूला नेताहरुको नाम जोडिन थालेपछि मुख्य दोषि उम्काउने खेल सुरु भएको दाबी गरे । महासचिव पोखरेलले शरणार्थी प्रकरण घटना राष्ट्रघात भएको भन्दै निष्पक्ष छानविन हुनुपर्ने बताए । “दोषी उम्कनु भएन । निर्दोष फस्नु भएन । घटनासंग जोडिएकाहरु संग निष्पक्ष छानवीन हुनुपर्छ”– उनले भने, “आर्थिक अपचलन संग जोडिएका सबै घटना छानबिन हुनुपर्छ । राज्यद्रोहका कुनै पनि घटना नयाँ पुराना भन्ने हँुदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?