ट्रेंडिंग:

>> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी
प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८०

बुटवलको पहिलो जित

२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

बुटवल, २५ वैशाख ।

प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० अन्तरगत सोमबार भएको खेलमा आयोजक बुटवल उपमहानगरपालिका विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको उद्घाटन खेलमा आयोजक बुटवल उपमहानगरपालिकाले लुम्बिनी सास्कृतिक नगरपालिकालाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।

नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै लुम्बिनीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १ सय २१ रनको लक्ष्य खडा गरेको थियो । लुम्बिनीका जाबेदले ३१ बलमा ३० तथा साउद खानले १८ बलमा २२ रनबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन । बुटवलका हरजित सिहले ४ ओभरमा १७ रन खर्चेर ३ तथा विवस खत्रीले ४ ओभरमा १७ रन खर्चेर २ बिकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको बुटवलका ब्याट्सम्यानहरु १८ ओभरमा ६ बिकेट गुमाउँदै लक्ष्य भेटायो । बुटवलका प्रज्वल थापाले ४० बलमा ४८, दिपेश रोकाले ११ बलमा २४ र भुवन पाण्डेले १७ बलमा २० रनको योगदान दिए । लुम्बिनीका अहमदले ४ ओभरमा ३१ रन खर्चेर ३, अमर मिश्राले ३ ओभरमा २२ रन खर्चेर १ बिकेट लिएका थिए । खेलमा बुटवलका हरजित सिह म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

आईतबार भएको पहिलो दिनको दोस्रो खेलमा तिलोत्तमा नगरपालिका विजयी भएको छ । तिलोत्तमाले देवदहलाई ४७ रनले पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैया, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np