ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी

नेपाली भाषामा शब्दको खानी छ : उपकुलपति डा. लामिछानेले

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

दाङ, २३ वैशाख

नेपाली भाषालाई बचाउने सबैको दायित्व भएको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादव प्रकाश लामिछानेले बताएका छन् । राप्ती साहित्य परिषदको आयोजनामा ४६ औ स्थापना दिवसका अवसरमा उनले अब पछिल्लो पुस्ताले भाषा जोगाउनुपर्ने बताए । पहिलेका साहित्यकारले नेपाली साहित्यलाई जरुवाको पानी जस्तो सजिलो तरिकाले प्रयोग गर्न सक्ने बनाएका थिए भन्दै अहिलेका साहित्यकारले भाषालाई जसरी प्रयोग गरे पनि बुझ्ने त हो भनी बिगारेको बताए ।

पुराना साहित्यकारले झर्रोवादी साहित्यलाई व्यापक बनाएकोले सरल र सरस भएको थियो । त्यसको संरक्षण गर्न अहिले पुस्ता लाग्नुपर्ने उनको भनाई थियो । उनले भने, “अहिले नेपाली भाषा भाँचिएको छ, टुक्रिएको छ, बुझे त भैहाल्यो नि भन्ने बानीको बिकास भएको छ, त्यसैले गर्दा नेपाली भाषाको मिठास हराउँदै गएको छ । ” “नेपाली भाषामा शब्दको खानी रहेको र आगन्तुक शब्द मिसाउन हुँदैन,”उनले भने । १०१३ सालका जसरी झर्रोवादी आन्दोलनले भाषालाई संरक्षण गरेको थियो त्यो अहिले हराउदै गएको उनले बताए । अहिलेको पुस्ताले क्रम भंग गरेर भाषाको संरचना तयार गर्न नहुने र भाषा बचाउनतिर लाग्नुपर्ने उनको धारणा थियो ।

सोही कार्यक्रममा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्यकारका रचनाले देशको बेथितीका बारेका खवरदारी गर्नुपर्ने बताए । साहित्यको माध्यम सशक्त हुने भएकाले भुगोल बचाउनका लागि होस् वा संस्कार संस्कृति जोगाउनतिर लाग्न उनले आग्रह गरे । कलमको शक्ति बलियो हुन्छ, यसले खवरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा साहित्यकार उत्तमकृष्ण मजगैया, पद्मप्रसाद शर्मा, पुरुषोत्तम खनाल, जीतबहादुर शाह, जगदिश आचार्य लगायतले साहित्यले समाजको प्रतिनिधित्व गर्ने बताए । राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टिकाराम उदासीको अध्यक्षतामा भएको कार्यक्रममा सबिक राप्ती अञ्चल भित्रका विभिन्न विधाका ४३ जना साहित्यकार, साहित्यिक संस्था र कृतिलाइ पुरस्कार र सम्मान गरिएको थियो । सोही कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका १० जना साहित्यकारको बीचमा गजल वाचन प्रतियोगिता भएको थियो । जसमध्ये पाँचजना स्रष्टालाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा राप्ती साहित्य परिषदको मुखपत्र अन्तरध्वनी पनि विमोचन गरिएको थियो । राप्तीको सबैभन्दा पुरानो साहित्यिक संस्थाले लुम्बिनी प्रदेशको छ जिल्लामा शाखा बिस्तार गरेर बिभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?