ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

उत्पादनमा प्राथमिकता, लोकप्रिय कार्यक्रमको निरन्तरता

१० जेष्ठ २०७६, शुक्रबार
१० जेष्ठ २०७६, शुक्रबार

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि निति कार्यक्रम ल्याएको छ । विहिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको प्रथम वैठकमा प्रदेश प्रमुख उकाकान्त झाले प्रदेश सरकारको निति कार्यक्रम सभामा पेश गरेका हुन ।
प्रदेश सरकारको निति कार्यक्रम ‘समृद्ध प्रदेश खुसी जनता’को दिर्घकालिन सोच सहित आवधिक योजनावाट निर्देशित रहेको छ । कृषी, पर्यटन र उद्योगलाई प्राथमिकता दिएको निति कार्यक्रममले शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार, सांगठनीक संरचनालाई पनि जोड दिएको छ ।
चालु आर्थिक वर्षको निति कार्यक्रमको पनि विष्लेषण गरिएको छ । संगठन, जनशक्ति, कानुन जस्ता आधारभूत पक्षको अभावकै कारणले चालु आ.व.को निति कार्यक्रम र बजेट कार्यान्वयनमा कठिनाई भएकाले प्रगती अपेक्षाकृत नभएको स्वीकार गर्दे प्रदेश सरकारल सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
निति कार्यक्रममा प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने देखी लिएर प्रदेश चलचित्र वोर्ड गठन गर्ने सम्मका कार्यक्रम समेटिएका छन । केही निति कार्यक्रमलाई अभियान र नाराको रुपमा अघि वढाउने योजना समेत प्रदेश सरकारको रहेको छ । ‘गरौ व्यवसायीक कृषि, यसैवाट शुरु हुन्छ प्रदेशको संमृद्धि’,‘ फलफूल खाऔ स्वस्थ रहौं’, ‘ स्वास्थ्य व्यापार होईन, सेवा हो’, ‘स्वच्छ पानी, स्वस्थ जीवन’, ‘सरसफाई हाम्रो पहिचान हाम्रो संस्कृती’, ‘स्वच्छ सफा पहिरन, हाम्रो पहिचान’, ‘विपद सवैलाई पर्छ, जुटे सजिलै टर्छ’, ‘जोखिमपूर्ण यात्रा बहिस्कार सुरक्षाको आधार’, जस्ता नारा सहितको निति कार्यक्रम प्रदेश सरकारले अघि सारेको हो । ति कतिपय कार्यक्रम अभियानकै रुपमा अघि वढाईने छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा लोकप्रिय भएका निति कार्यक्रमलाई निरन्तरता दिएको छ । गरिवी न्यूनिकरणको लागी ३५ गाउ“पालिकामा संचालन भएको मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम सवै गाउ“पालिकामा पु¥याउने, प्रदेश स्मार्ट कृषी गाउ कार्यक्रम कृषीमा आधुनिकिकरण, ३ वर्ष भित्र सम्पपन्न गर्ने वाकेमा निर्माण गर्न ालगिएको मान सरोवरको आकृत सहितको वहुउदेश्यीय पार्क , आगामी ३ वर्ष भित्र प्रत्येक स्थानिय तहमा उद्योग ग्राम स्थापना गर्ने निति अनुरुप एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम, वुटवल भैरहवा, घोराही तुल्सीपुर, कोहलपुर नेपालगंजमा महानगर पुर्वाधार विकास कार्यक्रम अध्ययन गरी गुरुयोजना निर्माण, एक गाउ एक पोखरी, लुम्विनी भ्रमण वर्षलाई सफल पार्न विशेष कार्यक्रम जस्ता कार्यक्रमले निरन्तरता पाएका छन ।
विरुवा उत्पादन गरी व्यवसायीकरणमा टेवा पु¥याउनको लागि टिस्यु कल्चर प्लान्ट, कर्षिकर्मी रोजगार कार्यक्रम, कृषी वन प्रवद्र्धन कार्यक्रम, नगदेवालीलाई लक्षित गरी एकपालिका एक फर्म, उद्यम विकास कोष, निजि लगानीमा स्वर्गद्धारीमा केवलकार, युवालाई उद्यमसिल वनाउन युवा अन्वेष केन्द्र, वच्चालाई जनमनासाथ भिटामिन केको व्यवस्था, प्रादेशिक अस्पतालमा भेन्टीलेटर सहितको एम्वुलेन्स, प्रदेश योजना वैक स्थापना, प्रदेश चलचित्र वोर्ड गठन, प्रदेश सूचना संचार प्रतिष्ठान गठन, प्रदेश अनुसन्धान व्युरो गठन, प्रदेश लोकसेवा आयोग गठन, कर्मचारीलाई तालिम केन्द्र, लुम्विनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालमा रुपान्तरण गरी जटिल रोगको उपचारमा जनताको पहुच विस्तार गर्ने, ब्लड वैक नभएको जिल्लाहरुमा स्थानिय तहसंग समन्नय गरी ब्लड वैक स्थापना गर्ने, लगायतका तिनि कार्यक्रमलाई प्रदेश सरकारले अघि वढाएको छ ।

जुन निति कार्यक्रमले पायो ताली
प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा निति कार्यक्रम प्रस्तुत गरिरहदा प्रदेश सांसदले विच विचमा टेवल ठोकेको आवाज पनि सुनिथ्यो । आफूलाई मन परेका निति कार्यक्रमको वु“दा वाचन गरिदा प्रदेश सांसदहरुले टेवल ठोकेर खुसी बाडेको प्रष्ट देखिन्थ्यो । विगतका वर्षहरु भन्दा नया“ कार्यक्रम आउदा उनिहरुले टेवल ठोकेर समर्थन जनाए ।
–गरिवी न्यूनिकरणको लागी ३५ गाउ“पालिकामा संचालन भएको मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम सवै गाउ“पालिकामा पु¥याउने ।
– सडक, पुल, झोलुङगे पुल लगायतका निर्माण सामग्रीको परिक्षण गर्न कपिलवस्तुमा प्रयोगशाला स्थापना ।
– वहुउदेश्यीय नौमुरे परियोजना प्रादेशिक गौरवको योजना
– अव्यवस्थित वसोवासीलाई व्यवस्थित वनाईन ।
– घरेलु महिला हिंसा न्यूनिकरण तथा पुनस्थापनाको लागि स्थानिय तहमा पुनस्थापनाकेन्द्र स्थापना गर्ने
यि उल्लेखित निति कार्यक्रम वाचन गरिदा प्रदेश सांसदहरुले टेवल ठोकेर समर्थन जनाएका थिए ।
गरिवीको मारमा परेका घर परिवारलाई लक्षित गरी चालु आर्थिक वर्षदेखी संचालन भएको मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम प्रभावकारी भएको भन्दै सांसदहरुले यसलाई निरन्तरता दिनुपर्ने बताउदै आएका थिए । आर्थिक वर्ष २०७६÷७७मा सवै गाउपालिकामा विस्तार गर्ने सरकारले निति कार्यक्रममा समेटीपछि सांसदहरुपनि खुसी देखिएका छन ।
विकास निर्माणमा प्रयोग हुने सामग्रीहरु कमसल भईरहेको गुनासो आईरहदा प्रदेश स्तरीय प्रयोगशाला बन्नु राम्रो पक्ष भएको उनिहरुको भनाई रहेको छ । सरकारले कपिलवस्तुको शिवपुरमा सामग्री परिक्षण प्रयोगशाला स्थापना गर्ने निति कार्यक्रममा समावेश गरेको छ ।
घरेलु हिंसा, लैगिङ हिसाको विषयमा सदनमा पटक पटक कुरा राख्दै आएका महिला सांसदहरुले पुनस्थापना केन्द्र आवश्यक भएकोमा जोड दिएका छन ।
अव्यवस्थित वसोवास प्रदेशको मात्र होईन नेपालकै पुरानो समस्या हो । यसलाई व्यवस्थापन गर्नको लागि संघिय सरकारले पनि वेला वेलामा विभिन्न आयोगहरु गठन गर्दे कार्य प्रारम्भ गरेपनि यसले मुर्त रुपमा लिन सकेको छैन । निति कार्यक्रमले अवस्थतीत वसोवासीलाई व्यवस्थित गर्दे सार्वजनिक जग्गा संरक्षणलाई चासो दिने संकेत मिलेकाले यसलाई प्रदेश सांसदहरुले निकै महत्वको साथ हेरिरहेका छन । प्रदेश सरकारले नौमुरे जलविद्युत परियोजना प्रादेशिक गौरवको योजनामा राखेको छ । यो कार्यक्रमलाई प्रदेश सांसदहरुले समर्थनमा टेवुल ठोके ।

कृषिमा के छ ?
पाँच नम्बर प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । कृषि क्षेत्रमा प्रदेश सरकारले गत बर्ष सुरु गरेका केही नमुना योग्य काम लाई यस बर्ष पनि निरन्तरता दिने भएको छ ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गत बर्ष प्रदेश सरकराले सुरुवात गरेको एक निर्वाचन क्षेत्र एक स्मार्ट गाउँ लाई यस यस बर्ष पनि निरन्तता दिएको छ । यसलाई विस्तार गरी एक पालिका एक स्मार्ट कृषि गाँउको अवधारण समेत प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।
सरकारले आवधिक योजना निर्माणको क्रममा रहेको भन्दै सोही आवधिक योजनामा टेकेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको प्रदेश प्रमुख उमाकान्त झाले जानकारीदिएका छन् ।
जस अनुसार यो आर्थिक बर्षमा कृषि तथा पशुपंक्षि तर्फ केही नयाँ कार्यको समेत सुरुवात सरकारले गर्ने भएको छ । युवा कृषि कार्यक्रम, कृषि कर्मी रोजगार कार्यक्रम देखि प्रदेश स्तरिय कृषक सम्मान कार्यक्रम समेत थप भएका छन । शिक्षित युवाहरुलाई कृषिमा आर्कषण गर्नको लागि शिक्षित कृषि उद्यमी कार्यक्रम समेत यस बर्ष सरकारको प्रथमिकतामा परेको छ ।
नीति तथा कार्यक्रममा समेटिएको अनुसार कृषि कर्मी रोजगार कार्यक्रम सञ्चलन गरिने भएको छ । यस्तै अहिले सञ्चालनमा रहेका कृषि उपज केन्द्रहरुलाई थप विस्तार, विकसित गरी कृषि उपज केन्द्र निर्माणमा सरकारको विशेष जोड रहेको छ ।
माछाको भुरा उत्पादन, दाना उद्योग स्थापना गर्नको लागि प्रदेश सरारले पोत्साहन गर्नुको साथै माछाको विमा तथा बजारीकरणमा सरकारले विशेष जोड दिने भएको छ । यस्तै प्रदेश ५ का पहाडी जिल्लामा माछाका खेती विस्तारको समेत अवधारणा सरकारले लिएको छ ।
पहाडी जिल्लामा रेन्ब्रो ट्राउट माछा र असला माछा खेती लागि किसानलाई पोत्साहन कार्यक्रम सञ्चलन गर्ने देखि लिएर आर्थिक बर्ष अवधी भरमा तिन स्थानमा माछा महोत्सव नै आयोजना गर्ने प्रदेश सरकारको योजनामा समेटिएको छ ।
उत्कृष्ठ प्रादेशिक कृषक सम्मान कार्यक्रमका साथै–‘गरौ व्यवसायीक कृषि, यसबाटै सुरु हुनेछ समृद्धि’ भन्ने नारा तय गर्दै युवा कृषि कार्यक्रम समेत सञ्चलन गरिने भएको छ । विदेशबाट स्वदेशमा फर्कीएका युवाहरुलाई कृषि कर्ममा लगाउने गरी स्वदेश कृषि रोजगार कार्यक्रम सञ्चालन गरिने छ ।
कृषिमा रसायनिक मलको सट्टा प्रांगारिक, अर्गानिक खेतीप्रणालीलाई विशेष जोड दिदै नीती तथा कार्यक्रममा प्रांगारिक मल उत्पादनको लागि सहकारी क्षेत्र र नीजि क्षेत्रलाई प्रोत्सहन गरिने उल्लेख गरिएको छ ।
यस्तै प्रत्येक स्थानि तहमा एउटा÷एउटा पशुपंक्षि तथा कृषि प्रयोशाला यसै बर्ष स्थापना गरिने सरकराले लक्ष्य लिएको छ । जसले किसानहरुको सहयात्रीको रुपमा काम गर्ने, माटो परिक्षण देखि लिएर विभिन्न समयमा हुन सक्ने आकत्मीक महमहारीहरुको रोकथाममा समेत विशेष भुमिका खेल्ने अपेक्षा सरकारले लिएको छ ।

यि हुन कृषिमा नयाँ थपिएका कार्यक्रमा
-प्रत्येक पालिका एक कृषि तथा पशुपंक्षि ल्याब स्थापना
-एक पालिका एक स्मार्ट कृषि गाउँ
-एक गाउँ एक फल कार्यक्रम
-एक गाउँ एक प्रांगारिक कृषि गाउँ
-ट्स्य कल्चर ल्याब स्थापना
-शिक्षित कृषि उद्यमी कार्यक्रम
-पहाडमा रेन्बो र असला माछा खेती प्रर्वद्धन
-तिन स्थानमा माछा महोत्सव आयोजना
-युवा रोजगार कृषि कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?