ट्रेंडिंग:

>> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै >> अझै कतिञ्जेल धान्ने रेमिटान्सले ? >> स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा >> अस्थिरताको दुष्चक्रले प्रदेश सरकार बने मन्त्री उत्पादन गर्ने कारखाना : साढे ६ वर्षमा ५ जना मुख्यमन्त्री, ४७ जना मन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

बहिनी बोकेर विद्यालय

१८ मंसिर २०७५, मंगलवार
१८ मंसिर २०७५, मंगलवार

घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने कोही छैन । करिब १ महिना त उनी बहिनीको हेरचाह गर्नको लागि विद्यालय आईनन् । घरको छतबाट विद्यालयमा साथीहरूले पढेको हेर्नेबाहेक उनको विकल्प थिएन । पढाइमा तेज दिमागकी उनलाई विद्यालय नगई मनले मानेन । त्यसैले ६ महिनाकी बहिनी पिँठ्युमा बोकेर उनी विद्यालय पढ्दै आएकी छन् । यो १० वर्षीय सुनिता विकको बेदना हो । वीरेन्द्रनगर नगरपालिका–१० दिपनगर सुर्खेतमा बस्दै आएकी सुनिता वि.क मंगलगढि प्राथमिक विद्यालय दिपनगर सुर्खेतमा कक्षा ५ मा पढ्दैछिन् ।

बुवाले दोस्रो विवाह गरेर बेपत्ता भएपछि आमा सीता वि.क लेबर काममा जान्छिन् । दाई कक्षा ९ मा पढ्दै छन् । सुनिताका बुवाले दोस्रो विवाह गर्ने बेलामा उनकी आमा गर्भवती थिइन् । बुवाले घर छोडेको डेढ वर्ष भयो । उनकी बहिनी पनि अहिले करिब एक वर्षकी भइन् । सुनिताले गत जेष्ठ महिनादेखि बहिनीलाई पिँठ्युमा बोकेरै विद्यालय पढ्दै आएकी छन् । अचम्मको कुरा त यो छ कि सुनिता कक्षाको मात्रै होईन विद्यालयकै राम्रो विद्यार्थी हुन् । सुनितालाई सुरु सुरुमा त साथीहरूले जिस्काउँथें । त्यहि कारणले उनलाई पनि विद्यालय नजाउँकी जस्तो लाग्थ्यो तर सुनिताले हिम्मत हारिनन् । भन्छिन्–‘सुरुसुरुमा त मलाई बहिनी बोकेर विद्यालय आउन नरमाईलो लाग्थ्यो । साथीहरूले पनी जिस्काउँथे । तर मेरो आमाको दुःख देखेर मलाई पढाइ छोड्न मन लागेन ।’ सुनितालाई भविष्यमा शिक्षक बन्ने मन छ । आफूजस्तै दुःख पाएकाहरूका लागि सहयोग गर्ने पनि लक्ष्य बोकेकी छन् सुनिताले ।

सुनिता कक्षाकोठामा बहिनीलाई बोकेर उभिरहन्छिन् । बहिनी निदाएको बेलामा मात्रै सुनिता बेञ्चमा बस्न पाउछिन् । कहिले काहीँ सुनिताकी बहिनीको कारण कक्षाकोठाका सबै विद्यार्थीहरूलाई असर गर्छ । विद्यालयकी प्राधानाध्यापक शान्ति ढकाल भन्छिन् ‘सुनिता विद्यालयमा भर्ना भएपछि एक महिना विद्यालय आईनन् । कारण बुँदा बहिनीको धरालो गर्नुपर्ने बाध्यता रैछ ।’ उनीहरूको आर्थिक स्थिति पनि एकदमै नाजुक छ । हामीले विद्यालयबाट सुनिताका लागि पोशाकको पनि व्यवस्था गर्दै आएका छौं । सुनिता कक्षाको मात्रै होइन विद्यालयकै राम्रो विद्यार्थी हो ।’ प्राधानाध्यापक ढकालका अनुसार सुनिता बहिनीका लागि ढाई आमा नै हुन् । उनले थपिन्–‘हाम्रो विद्यालय कक्षा ५ सम्म मात्रै छ । अब सुनिता अर्को विद्यालयमा जानुपर्छ । हामीले चाहेरपनि उनलाई सहयोग गर्न सक्दैनौं । आर्थिक अभावका कारण सुनिताको पढाई अलपत्र हुन्छ कि भन्ने डर छ ।’ सहयोगी दाताहरूसँग सुनिताको परिवारलाई आर्थिक सहयोगको अपिल समेत प्राधानाध्यापक ढकालले गरेकी छन् । सुनिताकी आमा सीता विक भन्छिन् ‘म डुङेश्वर गाउँपालिका–२ लाँकुरी दैलेखमा बस्थें ।

श्रीमान सुर्खेतमै बस्नुहुन्थ्यो । अर्काको श्रीमती उठाएर हिँड्नुभएछ । मुद्दा परेपछि अहिले घरजग्गापनि अदालतले एकोहोरो फैसला गरेर लिलाम बोल्नेवाला छ । श्रीमान्को अत्तोपत्तो छैन ।’ उनले रुँदै भनिन्‘ तीनजना छोराछोरीको पेट भर्नको लागि मैले लेबर काम गर्दै आएकी छु । सानो छोरी ६ महिनाकी थिई मैले बाहिर काम गर्न जाँदा । अहिले सम्म काम गरेरै छोराछोरीको पेट भरेकी छु ।’ सीतालाई छोराछोरी कसरी पठाउने भन्ने ठूलो चिन्ता छ । पढाइमा साक्षर मात्रै सीताले लेबर काम गरेर दिनमा तीन देखि पाँच सय मात्रै कमाउने र त्यो पनि काम नपाउँदा भोकै बस्नुपर्ने बाध्यता भएको बताउँछिन् । सुनिताका लागि कुनैपनि संघसंस्थाले सहयोग नगरेको र विद्यालय कापीकलम तथा पोशाक समेत दिँदै आएको शिक्षक शिवप्रसाद उपाध्यायले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?