ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

उपभोक्ता समितिलाई अभिमुखीकरण

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

बुटवल उप–महानगरपालिकाले उपभोक्ता समितिहरूलाई अभिुखिकरण प्रदान गरेको छ । उपमहानगरका १९ वटा वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई छुट्टाछुट्टै भेला गरेर दिगो विकासमा ध्यान दिन निर्देशन दिएको हो । उपमहानगरले योजना छनौट देखि त्यसको कार्यान्वयन र प्रतिवेदन तयार पार्ने सम्मका कामहरूलाई व्यापक छलफल गरेर मात्रै अगाडि बढाउन समेत आग्रह गरेको छ । उपभोक्ता समितिहरूका लागि उपमहानगरपालिकाले नयाँ प्रावधानका बारेमा अभिमुखीकरण पनि गराउन सुरु गरेको छ ।
नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, योजना तथा लेखा शाखाका अधिकृत तथा प्राविधिकहरूले विभिन्न विषयमा अभिमुखीकरण गराएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । नगर र वडा स्तरीय योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको प्रवक्ता रेग्मीले बताए ।
बुटवलका सबै वडाहरूमा गरी हाल छ सय वटा उपभोक्ता समितिहरू गठन भइसकेका छन् । भने ती समितिहरूले पाँच सय भन्दा धेरै योजनाहरू छनौट गरेका छन् । गत भदौ पहिलो सातादेखि नै उपभोक्ता समिति गठन भएका छन् । यी समितिहरूले एक करोड रूपैयाँ सम्मका कामहरू गर्न सक्ने छन् । सार्वजनिक खरिद ऐनको प्रावधानमै रहेर उपमहानगरले योजनाहरूलाई उपभोक्ता समितिमार्फत गराउँदै आएको फरफारक समितिका संयोजक समेत रहनुभएकी उपप्रमुख गुमादेवी आचार्यले बताए ।
योजना निर्माणका प्राविधिक पक्ष, उपभोक्ता समितिको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी सार्वजनिक खरिद ऐन नियमावलीको व्यवस्थाका बारेमा जानकारी गराइने छ । यस्तै विल भरपाई तयारी, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल भुक्तानीसम्मका व्यवस्थाका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए । उपभोक्ता समितिलाई योजना फरफारक तथा योजना हस्तान्तरण, समितिको बैठक र सार्वजनिक परीक्षणका बारेमा अभिमुखीकरण गराइएको योजना शाखाका वरिष्ठ अधिकृत डोलराज अर्यालले जानकारी दिए । बिहीबार वडा नं. १, २ र ३ का उपभोक्ता समितिहरूका लागि अभिमुखीकरण गराइएको थियो ।
वडा अध्यक्ष महेन्द्रप्रसमद लिगलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरको दृष्टिकोणका बारेमा प्रमुख र उपप्रमुखले प्रष्ट परेका थिए । कार्यक्रममा लेखा शाखाकी सरस्वती भुर्तेल, प्राविधिक रुक्मागत बस्याल तथा जनप्रतिनिधि सरस्वती कुवँर र अधिकृत एकनारायण खनाललगायतले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?