ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

कम्युनिष्टलाई खतम गर्न अन्तिम लडाइँ ः देउवा

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

 नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउँदै कम्युनिष्ट नामको अधिनायकवाद खतम गर्न अन्तिम लडाइँ लड्ने अवस्था आएको बताए ।
नेपाली कांग्रेस महासमिति बैठकको सन्दर्भमा राजनैतिक प्रस्ताव मस्यौदा, सुझाव संकलनको लागी भैरहवामा आयोजित प्रदेश स्तरिय कार्यशाला गोष्ठिमा देउवाले आफ्ना कार्यकर्ताहरूलाई नेकपाको बिरोध गर्न निर्देशन समेत दिए । “उनिहरूकै नेताहरूले बिरोध गर्न थाले हामीले किन नगर्ने” देउवाले भने ।
सभापति देउवाले अहिलेको सरकार कर मात्र बढाउन उद्धृत भएको हुँदा प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नभई कर प्रसाद शर्मा ओली हुने जिकिर समेत गरे । उनले सरकारले निर्मला हत्याकाण्डका आरोपीहरूलाई बचाउन खोजेको आरोप समेत लगाए ।
उनले अहिले कांग्रेसका हार आफ्नै अन्र्तद्धन्द्धको कारण भएको बताए । “उनीहरू २ पार्टी १ भएर लडे, हामी १ पार्टी भएर पनि २ जस्तै भएर लडेको कारण हाम्रो हार भएको हो ।” देउवाले भने । यसै गरि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टीका संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अब नेकपा भन्ने पार्टी खतम भएर जाने दावी गरे । उनले अहिले सम्म राणा देखी राजा सम्मले लोकतन्त्र र कांग्रेसको बिरोध गरेकोले सकिएर गएको बताउदै अब पालो नेकपाको रहेको समेत दावी गरे ।
नेपाली काग्रेसले मंसिर अन्तिम साता काठमाण्डौमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयार गर्न काग्रेसले सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन मंसिर ७ गते सकिदै छ । भैरहवामा भएको प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन अन्तिम रहेको केन्द्रिय सदस्य भिष्मराज आगंदाबेले जनाए ।
सुझाव संकलनमा प्रदेश नम्बर ५ का पार्टी केन्द्रिय सदस्यहरू, आमन्त्रीत केन्द्रिय सदस्यहरू, पार्टी जिल्ला सभापतिहरू, प्रतिनिधि सभाका सदस्यहरू, राष्ट्रिय सभाका सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, महासमिति सदस्यहरू, क्षेत्रीय सभापतिहरू, भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेश स्तरीय सभापति वा अध्यक्षहरू, निर्वाचित नगर प्रमुखहरू, उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष उपााध्यक्षहरू सहभागि भएका छन । केन्द्रले प्रदेश ५ मा संयोजकका रूपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको थियो । कार्यक्रममा ३ सय ५० बढी कांग्रेस कार्यकर्ताहरू सहभागी भएको नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले जनाए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?