ट्रेंडिंग:

>> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा

प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिबेशनको तयारी तीव्र

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

 प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिबेशनको प्रदेश सभा सचिवालयले तयारी तिब्र पारेको छ ।
गत साउन २४ गते सकिएको प्रदेश सभाको बैठक ४ महिनापछि मंसिर तेश्रो सातादेखि सुरु गर्ने गरी सचिवालयले तयारी तिब्र पारेको हो । अब प्रदेश सभाको बैठक बस्दा प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ वटै दलले कार्यालय पाउने छन् । दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउन प्रदेश सभासंगै रहेको नेपाल मानव सेवा धर्मको सभामा पार्टेसन भइरहेको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेकपा, प्रमुख बिपक्षी दल नेपाली कांग्रेस सहित मधेशी जनाधिकार फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीलाई संसदीय दलको कार्यालय उपलब्ध गराइने छ ।
कार्यालयको पार्टेशन सकिएपछी फर्निचर ल्याएर सजावट गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । त्यस्तै प्रदेश सभा सदस्यहरूको अध्ययनका लागि प्रदेश सभा नजिकै रहेको महिला जेसिजको भवनमा पुस्तकालय समेत तयार गरिँदै छ ।
पुस्तकालयमा फर्निचरको काम सकिन लागेको छ । बैठक बस्नुअघि केही पुस्तक किन्ने तयारी सचिवालयले गरेको छ । प्रदेश सभा बैठक बस्नु अघि नै सभामुख, उपसभामुख, बिपक्षी दलका नेता सहित संसदीय समितिका सभापतिहरूका लागि ११ वटा नयाँ गाडी समेत ल्याइएको छ ।
यसैबिच प्रदेश सभा बैठक र सचिवालयका लागि सचिवालय तथा सभाहल प्रदेश सरकारलाई उपलब्ध गराएको बुटवल उद्योग वाणिज्य संघले बिहीवारदेखि वालमन्दिरबाट कार्यालय सञ्चालन गर्ने भएको छ । संघले सभाहल र सचिवालय उपलब्ध गराएपछी प्रदेश सरकारले संघलाई वालमन्दिर परिसर उपलब्ध गराएको छ । संघले बुधवार आफनो भवन प्रदेश सभाबाट बुधवार कार्यालयका कागजात र आवश्यक सामाग्रि बालमन्दिरमा लगेको छ । बुधवार नै आंशिक रूपमा बालमन्दिरबाट कार्यालय सञ्चालन गरेको संघले बिहीवारदेखि नियमित रूपमा बालमन्दिर परिसरबाट कार्यालय सञ्चालन गर्ने अध्यक्ष खिम बहादुर हमालले जानकारी दिए ।
प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुखबाट प्रदेश सभाको बैठक आब्हान गर्ने प्राबधान रहेको छ । प्रदेश सरकारका प्रवक्ता भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले प्रदेश प्रमुख र सभामुख संग मुख्यमन्त्रिले अनौपचारिक छलफल गरी मिति तय गरेपछी मन्त्रिपरिषदको बैठकबाट निणर्य गरी प्रदेश प्रमुखमा सिफारिस गरेपछि बैठक आब्हान हुने बताए ।
उनले यसै महिनाको दोश्रो साताको अन्त्य वा तेश्रो सातामा बैठक बस्ने गरी अवको मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख समक्ष शिफारिस गर्ने बताए । अबको अधिवेशन सुरु हुँदा छलफलका लागि १२ विधेयक तयार भइसकेको अवधारणा तयार भएका समेत गरी ४० विधेयक तयार हुने मन्त्रि चौधरीले जानकारी दिए । प्रदेश सभामुख पुर्ण बहादुर घर्तिले प्रदेश सभा बैठकका लागि सचिवालय तयारी अवस्थामा रहेको बताए ।

…………………………………………..
कानुन निर्माणलाई प्रभावकारी बनाउन निर्देशन
तिलोत्तमा, ५ मंसिर (बुटुस)–प्रदेश सभाको कानुन समितिले तयार भएका विधेयक आगामी प्रदेश सभामा पेश गर्न र बाँकी विधेयकहरूमाथि छलफल अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको कानुन समितिको बैठकले कानुनसम्बन्धी विधेयक तयार गर्न र यसका लागि विभिन्न मन्त्रालयहरूसँग समन्वय गर्न कानुन मन्त्रालयलाई निर्देशन समेत दिएको समितिका सदस्य भोज प्रसाद श्रेष्ठले जानकारी दिए । कानुन मन्त्रालयले सहमतिका आधारमा १३ वटा विधेयक तयार गरेको छ । समिति सदस्यहरूले ती विधेयक आगामी प्रदेशसभाको बैठकमा पेश गर्न पनि मन्त्रालयको ध्यानाकर्षण गराएको समितिकी सदस्य रमा अर्यालले बताइन् ।
त्यसैगरी छलफलबाट टुंगो लाग्न बाँकी रहेका २३ वटा विधेयकमाथि विभिन्न मन्त्रालयसँग समन्वय गरी छलफल गर्न पनि समितिले सुझाव दिएको छ । कानुनको अभावमा प्रदेश सरकारको काम कारबाही प्रभावकारी हुन नसक्ने भएकाले छलफलबाट टुंगो लागेका कानुन तत्काल प्रदेशसभामा पेश गर्नुपर्ने र बाँकी कानुनहरूमा मन्त्रालयगत छलफल अघि बढाउनुपर्ने अर्यालले बताइन् ।
समितिकी सभापति दामाकुमारी शर्माको अध्यक्षतामा बसेको बैठकले अदालतबाट भएका कतिपय फैसलाहरू कार्यान्वयन नभएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ । बुधबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी पनि उपस्थित थिए । बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै उनले अव सरकार कति पनि ढिला नगरी विधेयक निर्माणमा लाग्ने प्रतिवद्धता जनाए । “विभिन्न कारणले कानुनको मस्यौदा निर्माणमा ढिलाइ भएको छ, अव विभिन्न मन्त्रालयसँग समन्वय गरी कानुन मन्त्रालयले विधेयक निर्माणको कामलाई अघि बढाउँछ”–उनले भने । बैठकमा सदस्यहरूले ट्राफिक व्यवस्थापन फितलो भएको भन्दै प्रभावकारी बनाउन, शान्ति सुरक्षा कायम गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?