ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

महिला हिंसाको घटना: मेलमिलाप कागजमा मात्रै

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

प्रहरीमा आउने महिला हिंसाको उजुरीमा मदिरा सेवन र मोबाइलको दुरूपयोग हिंसा घट्नुका मुख्य कारणमा देखिएका छन् । पीडितले प्रहरीमा दिएको उजुरी र बयानमा यो तथ्य फेला परेको हो ।
त्यसैको एउटा उदाहरण हो रूपन्देहीको सैनामैनाकी सरिता थारु (नाम परिवर्तन) १७ वर्षमा प्रेम विवाह गरेकी थारुले बिहेको दुई वर्षमा नै सम्बन्ध विच्छेद गर्नु परेको नमिठो यथार्थ सुनाईन । उनी भन्छिन्–‘विहे लगत्तै छोरीको जन्म भयो तर श्रीमानले सधै मलाई रक्सी खाएर पिट्ने, कतै हिँड्न र कसैसँग बोल्न नदिने गर्नुभो । यस्तो व्यवहार सहन सकिनँ । गाउँ समाज र आफन्तले धेरै पटक मिलाउँदा पनि भएन । अन्त्यमा प्रहरी समक्ष घरेलु हिंसाको निवेदन दिएँ ।
प्रहरीले चौकीमा दुबै पक्षलाई बोलाएर छलफल गरायो । सामान्य कुरा हो भनेर छलफलमा मिल्न दबाब दिइयो । मिलापत्र गराएपनि श्रीमानको स्वभावमा परिवर्तन भएन । त्यसपछि मैले छुटिने निर्णय गरँे । मलाई सम्झना छ बिहेको करिव ७ महिनाबाट नै मैले श्रीमानको दुव्र्यवहार सहँ । तर अन्त्यमा नसकेपछि मात्र सम्बन्ध विछेच्द गरँे । आज एक्लै बस्न थालेको पनि पाँच वर्ष भईसक्यो ।’ उनी छोरीलाई लिएर जीवन कटाइरहेकी छिन् ।
धेरैजसो घटनाहरू सामान्य बिषयबाट सिर्जना भएपनि कालान्तरमा ठूलो रूप लिन सक्ने अवस्थाहरू सृजना नहोस् भन्नका लागि मेलमिलाप गराउने गरेको ईलाका प्रहरी कार्यालय बुटवलको महिला सेल प्रमुख विष्णु कुमारी थापा बताउँछिन् । पारिवारिक विखण्डन नहोस् भन्नका लागि आफूहरूले प्रयास गर्ने गरेको थापाको भनाइ छ । घरेलु हिंसा आर्थिक अवस्था कमजोर भएको परिवारबाट धेरै आउने गरेको उनले बताइन् ।
त्यो सँगै पछिल्लो समयमा प्रयोग गर्ने सामाजिक सञ्जाल र विदेश जानेहरूको परिवारमा पनि यस्ता समस्याहरू आएको थापा बताउँछिन् । थापाले आफूहरूले गाली गलोज गरेको मानसिक रूपमा हिंसा गरेका घटनाहरूलाई मात्रै मिलापत्र गराउने तर कुटपिट गरेको खण्डमा मुद्दा नै दर्ता गराउने गरेको बताइन । थापाका अनुसार मिलापत्र गराउँदा दुबै पक्षलाई राखेर छलफल गराउने र पिडकलाई गल्ती महसुस गराएर आगामी दिनहरूमा नदो¥याउने सर्तमा मात्रै मिलापत्र गराउने गरिएको छ । मिलापत्र गराउँदा दुबैको जीतको महसुस हुने, उनीहरू बीच पुन सम्बन्ध हुने र विवाद सधैका लागि अन्त्य हुने भएकाले पनि मिलापत्रमा आफुहरूले जोड दिने गरेको उनको भनाई छ । अहिलेसम्म ईलाका प्रहरी कार्यालय बुटवलमा महिलाले मात्रै घरेलु हिंसा विरुद्धको निवेदन दर्ता गराएको रेकर्ड रहेको छ ।
रूपन्देहीको मंगलापुरकी जमुना कार्की (नाम परिवर्तन) को व्यवथा पनि त्यस्तै छ । दुई सन्तानकी आमा जमुना श्रीमानले दिनहँु ससाना कुरामा शंका गर्ने र दुव्र्यवहार गर्ने बानी बाट आजित भएपछि प्रहरीमा घरेलु हिंसा विरुद्ध निवेदन दिएकी थिईन । त्यसपछि श्रीमानलाई प्रहरी चौकीमा पु¥याई छलफल गरेर मिलापत्र गरेपछि केहि व्यवहार परिवर्तन भए पनि समस्या समाधान भने नभएको बताईन ।
पछिल्लो समयमा प्रविधिको विकासले पनि घरेलु हिंसालाई बढावा दिएको देखिएको छ । श्रीमान श्रीमती बीच हुने धेरै जसो घटनाहरू अविश्वासका कारणले पनि सृजना भएका छन् । सामान्य तया मदिरा सेवन र पछिल्लो समयमा गृहिणी महिलामा बढि रहेको सामाजिक सञ्जाल मोहका कारणले पनि घरेलु हिंसा बढेको ईलाका प्रहरी कार्यालय बुटवलका कार्यरत प्रहरी जवान जमुना पुलामीले बताईन । उनले घरेलु हिंसाका उजुरी धेरै आए पनि कति पय सामान्य छलफलबाट नै समाधान भएको बताईन । निवेदन आएपछि आफूहरूले सके सम्म गोप्य रूपमा सुचना दिएर बोलाउने र छलफलमा सहभागि गराउँदा गल्ती महसुस गर्नेहरू मिले जाने अन्यथ समस्याले ठुला रूप लिने गरेको अनुभव पुलामीको रहेको छ ।
बुटवलको सुख्खानगरकी प्रतिमा अर्याल (नाम परिर्वतन) घरेलु हिंसाबाट पिडित भएर इलाका प्रहरी कार्यालयमा घरेलुहिंसा विरुद्दको निवेदन दिन पुगेकी थिईन । उनले विहे गरेको पाँच वर्ष पछि यातना दिन थालेको बताईन । मानसिक यातना त आफुलाई श्रीमानले लामोसमय देखि दिएको बताईन । तर अहिले कुटपिट पनि गर्न थालेपनि आफनो सुरक्षाको लागि निवेदन दिन आएको बताईन । उनी भन्छिन्–‘गाली गलोज गर्ने मनपरी मलाई नोकरको जस्तो व्यवहारलाई नि सहेँ माईती आमा, बुवा, मामा माईजुले पनि घर परिवारको कुरा हो भनेर सधै मिलाउने कुरा गर्नु भयो तर यो पाली कुटेका प्रमाणहरू देखाएपछि न्याय खोज्नु पर्छ भनेर सहयोग गर्नु भएको छ ।’ उनी भन्छिन्–‘म अब हिंसा सहेर बस्दिनँ । जसरी पनि आफनो न्यायका लागि लड्ने वातावरण मिलोस् ।’
आर्थिक वर्ष २०७४÷०७५ मा ईलाका प्रहरी कार्यालय बुटवलमा घरेलु हिंसाका ८३ वटा निवेदन दर्ता भएका छन् । त्यसमध्ये प्रहरी छलफल गरेर ६८ जनालाई मिलापत्र गराएको रेकर्ड रहेको छ । बाँकी १५ जना निवेदन दर्ता गराएर सम्पर्कमा नआएको प्रहरी जवान पुलामीले बताईन् । त्यसैगरी २०७५÷०७६ को कार्तिक मसान्तसम्ममा हिंसाका ३३ वटा निवेदन दर्ता भएका छन् । त्यसमध्ये प्रहरीले २३ जनालाई मिलापत्र गराएको छ भने एक जना अदालत गएपनि बाँकी ९ जना सम्पर्कमा आएका छैनन् ।
घरेलुहिंसा कसुर तथा सजाए ऐन २०६६ले घरेलु हिसा गर्नेलाई ३ हजारदेखि २५ हजारसम्म जरीवान, त्यसै गरी ६ महिना कैद सजाय वा दुवै हुन सक्ने व्यवस्था गरेको अधिवक्ता मिना पाण्डेयले बताउँछिन् । उनका अनुसार सार्वजनिक जवाफदेहिताको पदमा रहेको व्यतिm घरेलु हिंसा गरेमा अरू व्यतिmको तुलनामा १० प्रतिशत बढी सजाय हुने व्यवस्था छ । उनले पछिल्लो समयमा धेरैलाई मिलापत्र गराउनुपर्ने बाध्यता रहेको बताइन् । महिलाको आर्यआर्जन नभएको अवस्था, नाबालिकको जिम्मेवारी लिनु पर्ने अवस्थाहरू हुने भएकाले यस्ता किसिमका हिंसाहरू धेरै महिलाहरूले सहेर बस्न बाध्य भएको पाण्डेयको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?