ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

परिवारबाटै चेलिबेटी असुरक्षित १० महिनामा १२ बलात्कार र बलात्कार प्रयास

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

सल्यानमा बलात्कार र बलात्कार प्रयासका घटना विगत भन्दा बढ्दै गएको पाइएको छ । र परिवारका सदस्यहरू बाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको तथ्य फेला परेको छ ।
ईन्सेक सल्यानले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा बलात्कार, बलात्कारको प्रयास र यौन दुर्घटनाहरूमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । ति घटनाहरू परिवारका सदस्यहरू बाट नै हुने गरेको पाईएको हो । मानवअधिकार बर्ष पुस्तक सन २०१९ का लागी संकलन गरिएका घटनाहरूको बार्षिक पूर्ब समिक्षा कार्यक्रममा अनौपचारिक शिक्षा सेवा केन्द्र (ईन्सेक) सल्यान प्रतिनिधि मिना बुढाथोकीले जिल्लामा यस बर्ष गत बर्षको तुलनामा बलात्कार र बलात्कार प्रयासका घटना धेरै रहेको बताइन् । एक बर्षमा घटेका घटनाहरूलाई केलाउँदा घरपरिवार, आफन्तबाट नै चेलिबेटीहरू असुरक्षित हुने गरेको पाइयो, उनले भनिन् । यस वर्ष जिल्लामा बलात्कार र बलात्कार प्रयासका १२ वटा घटना घटेका छन् । गत बर्ष १५ वटा घटना घटेका थिए, तर बिगत १० महिनाको अबधिलाई हेर्ने हो भने परिवार कै सदस्य, बुवाले छोरीलाई, दाईले बहिनीलाई, ससुराले बुहारीलाई, अंकलले भतिजीलाई बलात्कार तथा बलात्कारको प्रयास गरेका घटनाहरू गत बर्षको तुलनामा धेरै भएको पाईएको छ उनले बताइन् । ईन्सेकले सार्बजनिक गरेको तथ्यांक अनुसार ७ जना बालिका बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारबाट पीडित भएका छन् ।
यस अबधिमा ५ जना महिला माथी समेत बलात्कार, बलात्कार प्रयास भएको पाईएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै नागरिक तथा राजनीतिक अधिकार, सम्मानित रूपले बाँच्न पाउने अधिकार अन्तर्गत कैदीबन्दीले समस्या भोग्नु परेको घटना एक, महिलाविरुद्ध भेदभाव, दुव्र्यवहार अन्तर्गत हत्याका घटना दुई वटा रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस अबधिमा परिवार तथा आप्mनै परिवारजनबाट ३ जनाले ज्यान गुमाएका छन् । यस्तै बहुविवाहका ७ वटा, घरेलु हिंसाका ३ वटा, घर निकालाको एक वटा घटना रहेको ईन्सेकले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस्तै महिला बेचविखनका दुई, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार अन्तर्गत स्वास्थ्य सेवाबाट बन्चित एक, धम्की÷कुटपिट, गैर राज्यपक्षबाट एक, गैरकानुनी गिरफ्तारी÷गिरप्mतार एक, र सुगम तथा निष्पक्ष न्यायिक अधिकार अन्तर्र्गत बालअधिकार÷शिक्षाको अधिकारबाट बन्चित भएको एक वटा घटना यस अबधिमा भएका छन् । सो अबशरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बालबालिका, महिला र जेष्ठ नागरिक बिभिन्न क्षेत्रबाट समस्यामा पर्ने गरेको बताए । उनले आर्थिक, सामाजिक लगायतका बिभिन्न कारणले जिल्लामा मानव अधिकार उल्लंघनका घटनाहरू धेरै घट्ने गरेको बताए । मानवअधिकारकर्मी, नागरिक समाज र पत्रकारहरूको सक्रियतामा नै जिल्लामा हुने बिभिन्न खाले घटनाहरूलाई नियन्त्रण गर्न सकिने उनको धारणा थियो । मानवअधिकार सम्बन्धी घटेका बिभिन्न घटनाहरूमा कमी ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने भन्दै उनले कानुनको पालना र कानुन बुझ्दै जाने हो भने पनि केही हदसम्म यस्ता खाले घटनामा कमी आउने बताए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?