ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

कस्ले जलायो दुई सवारी ?

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

सुनिल स्मृति गाउँपालिका रोल्पाले सुरक्षा संवेदनशिलता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । सोमबार राति गाउँपालिका नजिकै अज्ञात समूहले २ वटा सवारी साधनमा आगजनी गरेको घटनाले सुरक्षा संवेदनशीलता बढाएको हो ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले एक प्रेस विज्ञप्ती प्रकाशित गरि गाउँपालिकामा सुरक्षा संवदेनशिलता बढेको भन्दै दुःख व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ गाउँपालिका देखि करिब ५० मिटर दुरीमा मिनिट्रक र १०० मिटर दुरीमा ट्याक्टर रोकी राखेको अवस्थामा अज्ञात व्यक्तिबाट भएको आगजनीबाट गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । केही महिना अघि गाउँपालिका कार्यालय अगाडी एक व्यक्तिको गोलि हानि हत्या भएको हुनु र राती सोही स्थानमा सवारी साधन माथि आगजनी हुनुले सुरक्षा संवेदनशिलता वढेको ठहर गर्दै सुरक्षाको भरपर्दो व्यवस्था गर्न सुरक्षा निकायको ध्यानकार्षण समेत गराइएको छ । घटना नियोजित भएकाले यथासिघ्र खोजी गरि कानूनी दायरामा ल्याउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । गए राती सुनिल स्स्मृती गाउँपालिका–४ सुलिचौर बजारमा अज्ञात समूहले आगजनी गरि २ वटा सवारी साधनमा क्षति पु¥याएका थिए ।
यसरी आगजनी भई क्षति हुने सवारी साधनहरूमा बा ५ ख ८११ को मिनिट्रक र लु ३ त ८७६ को ट्याक्टर रहेको बताइएको छ । चन्द्र ईलेक्ट्रोनिक्स दाङका प्रोपाईटर चन्द्र देव वुढाको उक्त मिनि ट्रकले ईलेक्ट्रोनिक्स सामान ढुवानी गरि दाङवाट सुलिचौर आएको थियो । उक्त गाडीको ईन्जिन जलेर नष्ट भएको तथा पछिल्लो भाग भने सुरक्षित रहेको बताइएको छ । यसैगरि प्यूठानको स्वर्गद्धारी नगरपालिका सारीवाट रोल्पाको सुनिल स्मृती गाउँपालिका ७ तेवाङ तर्फ पराल वोकेर जाँदै गरेको ट्याक्टर समेत सोही स्थानमा आगजनी गरिएको छ । प्यूठानको सारीवाट १५ हजार रूपैयाँमा खरिद गरेको पराल समेत जलेर पूर्ण रूपमा क्षतीग्रस्त भएको वताइएको छ ।
सुलिचौरका स्थानीय व्यापारी कुलवीर पुनको उक्त ट्याक्टर आफ्नै घर अगाडी रोकि राखेको अवस्थामा आगजनी भएको वताइएको छ । टेक्टरमा परालका साथै ३ वटा ड्रममा डिजेल र वच्चाले चढ्ने साईकल समेत रहेको सुनिल स्मृती गाउँपालिका अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए । गाडी कसले कुन उद्देश्यले आगजनी ग¥यो भन्ने वारे अहिले सम्म खुल्न नसकेको वताइएको छ । आगजनी गर्नेको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?