ट्रेंडिंग:

>> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने

रोजगारमूलक तालिमको नियमन

४ मंसिर २०७५, मंगलवार
४ मंसिर २०७५, मंगलवार

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वरोजगारमूलक तालिम लिएका जनशक्तिले आर्थिक आयआर्जनमा संलग्न भए नभएकोबारे नियमन गर्ने भएको छ । स्वरोजगारमूलक तालिम लिएका व्यक्तिहरू आयआर्जनमा संलग्न भएभने मात्रै तालिमको उपलब्धि हुने ठानेर नगरपालिकाले नियमनको तयारी गरेको हो ।
तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा महिला तथा युवा गरेर दुईसय जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो । यसका लागि नगरपालिकाले करिव ६० लाख रूपैयाँ खर्चिएको थियो । “तालिमको उपलब्धि के भयो, कति जनशक्ति स्वरोजगारमूलक काममा संलग्न भए भन्ने बारेमा नगरपालिकाले अव छिटै नै नियमन गर्दैछ, यसका लागि हामीले प्रत्येक वडामा टोली खटाउँछौ”–नगरप्रमुख वासुदेव घिमिरेले भने । नगरपालिकाले तीन महिने आधारभूत तालिमदेखि लिएर हेयर कटिङ, पलम्बिङलगायतका विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो । तालिम सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरिएको थियो ।
“नगरपालिकाले गतवर्ष सञ्चालन गरेको तालिमबाट धेरैले सिपमूलक काम सुरु गरेको पाइएको छ, यद्यपि के कति जनशक्ति लाभान्वित भयो, नियमनपछि तथ्य आउने छ, महिला, युवा युवतीहरूको सशक्तिकरण र उनीहरूलाई आत्मनिर्भरतर्फ उन्मुख गराउनु हाम्रो लक्ष्य हो”–नगर प्रमुख घिमिरेले भने । उनले सीप सिक्नु भन्दा व्यवहारमा लागू गर्नु ठूलो कुरा भएको बताए । “तालिम लिने तर सिकेको सीपको उपयोग गरिएन भने तालिम निरर्थक हुन्छ, त्यसैले सीपलाई व्यावहारिक प्रयोगमा ल्याउन सकेमात्रै उपलव्धि हासिल हुन्छ”–घिमिरेले भने ।
नगरपालिकाबाट प्रदान गरिने तालिमहरूलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष न्यूनतम पाँच सय जना युवा÷युवतीलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने नगरपालिकाको लक्ष्य छ । नगरप्रमुख घिमिरेका अनुसार पुष्प खेती सम्बन्धी तालिम ३४ जनालाई प्रदान गरिने छ । त्यसैगरी प्राविधिक क्षेत्रका लागि समेत रोजगारमूलक तालिम प्रदान गरिने घिमिरेले बताए । नगरपालिकाले रोजगारमूलक तालिमका लागि आगामी वर्ष पनि ६० लाख रूपैयाँ बिनियोजन गरेको छ ।
नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा उद्योग क्षेत्र शीर्षकमा एक करोड २१ लाख रकम विनियोजन गरेको छ ।
नगरपालिकाले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्न विषयगत तालिमलाई एकीकृत अवधारणा अनुसार नियमित रूपमा सञ्चालन गर्न वडा नंं. २ र १५ वडा कार्यालयलाई ‘तिलोत्तमा नगर तालिम केन्द्र’ को रूपमा विकास गर्ने नीति लिएको छ । तालिम केन्द्रले सञ्चालन गर्ने तालिमबाट धेरैजना स्वरोजगार बन्ने समेत नगरपालिकाले जनाएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?