ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

मानव अधिकार वर्ष पुस्तकको समीक्षा ,रूपन्देहीमा ७९ घरेलु हिंसाका उजुरी

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा गरिएको छ । इन्सेकले गत पौष १५ गतेदेखि मंसिर १ गतेसम्म एक वर्षको अवधिमा जिल्लामा घटेका मानव अधिकार उल्लंघन र ज्यादतीका संकलित घटनाहरूका विषयमा सरोकारवालाहरूसँग सेयर गरेर छुटेका घटनाहरूलाई समेटन, वर्ष पुस्तकलाई विश्सनीय बनाउनका लागि सरोकारवाला निकायहरूको सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरेको हो ।
इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले वर्ष पुस्तक सन् २०१८ जनवरी देखि हालसम्म संकलन गरेका २ सय पाँच ओटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गरेकी थिइन् ।
एक वर्षको अवधिमा रूपन्देही जिल्लामा महिला अधिकार सम्बन्धी घरेलु हिंसाका ७९, बहु विवाहका २५, बलात्कार ८, बलात्कार प्रयासका ६, बैवाहिक बलात्कारका ३ वटा घटना इन्सेकको जानकारीमा आएको बताइएको छ ।
त्यस्तै बाल अधिकार अन्तर्गत ४७ ओटा जसमा बालिका बलात्कारका घटना ३२ ओटा बलात्कार प्रयासका १२ ओटा, अप्राकृतिक मैथुन ३ ओटा, मानव बेचविखन तथा ओसार–पसारका २४ ओटा, बोक्सीको १, धर्म परिवर्तन सम्बन्धी १, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी १२ ओटा घटनाहरू अभिलेख गरिएको इन्सेक प्रतिनिधि बि.सी.ले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले मानव अधिकारको संरक्षणमा प्रशासन संवेदनशील भएको बताउँदै उनले आम नागरिकको मानव अधिकारको संरक्षणका लागि प्रतिवद्ध रहेको बताए । प्रदेश नं. ५ का सांसद माननीय दीपा वि.क.ले बलात्कार र बोक्सीका घटनाका विषयमा जनचेतना जगाउने खालका अभियान संचालन गर्न सुझाव दिइन् ।
नेकपाका नेता तेजेन्द्र के.सी.ले मानव अधिकारमैत्री संस्कार निर्माणका लागि मानव अधिकार शिक्षालाई गाउँगाउँमा पु¥याउन आग्रह गरे । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. ५ का प्रमुख पवन कुमार भट्टले राज्यले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी अभिसन्धीहरू अनुमोदन गरेको तर कार्यान्वयनको पाटो सन्तोषजनक हुन नसक्दा समस्या देखिएको बताए । पूर्व सांसद विनोद पहाडीले राज्यलाई खबरदारी गर्ने काम र नागरिकलाई मानव अधिकार शिक्षाका लागि प्रोत्साहित गर्ने काम भएको बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोविन्द खनाल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल बहादुर मल्ल, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, अधिवक्ता महेन्द्र पाण्डे, गैसस महासंघका केन्द्रीय सदस्य सुमित्रा शर्मा, गैससंका प्रदेश नं.५ का सचिव गोविन्द प्रसाद रेग्मी, शान्ति समाजका जिल्ला अध्यक्ष डिबी खनाल,न्यायका लागि द्वन्द्व पीडित समाजका सचिव रीता सेन, अधिकार कर्मी सावित्रा घिमिरे लगायतले बोलेका थिए ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?