ट्रेंडिंग:

>> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित

चौधरी मृत्यु प्रकरणः शंकास्पद दुई जना पक्राउ

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

ओम सतिया गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ बर्षिय अंगद चौधरीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानको लागि रूपन्देहीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
मृतक चौधरीको शव भेटिएको १ सातापछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दर्ता गरेको छ ।
एक साता भइसक्दा पनि प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै परिवारले सोही ठाउँ बस्ने चन्दन भन्ने राम रतन निषाद र उनका भाई ज्ञानु भन्ने रोशन निषाद बिरुद्ध किटानी जाहेरी दिएको हो । जाहेरी दर्ता भए लगत्तै रूपन्देही प्रहरीले दुवै दाजुभाईलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमेश जोशीले पुष्टि गरेका छन् ।
कार्तिक २७ गते छठको रमझम हेर्न हिँडेका गौरीका अंगद चौधरीको शंकास्पद रूपमा मृत्यु भएको थियो । उनको मृत्युलाई पारिवारीक श्रोतले हत्या भएको दाबी गरेको छ भने प्रहरीले कर्तब्य ज्यान या भवितब्य ज्यानका कारण मृत्यु भएको भन्नेमा अनुसन्धान जारी राखेको छ ।
स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूले पनि चौधरीको हत्या भएको बताएका छन् । मृतकको पुगेका संघिय समाजवादी फोरमका सह प्रवक्ता बिद्या यादव, राप्रपाका ताहिर अली, नेपाली कांग्रेसका अकबाल खाँ, राजपाका प्रशान्त गुप्ता, बिनोद कुमार उपाध्याय, योगेन्द्र चौधरी, ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश चौधरी, रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री लगायतका नेताले एकस्वरमा दोषीलाई कारबाही हुनुपर्ने बताए । उनीहरूले राजनैतिक आडमा दोषीलाई उन्मुक्ति दिने प्रयास भई रहेको बताए । आरोपी चन्दन ओम सतिया गाउँपालिकाको नगर प्रहरीको ईन्चार्ज र गाउँपालिका अध्यक्षको नजिकको भएकै आधारमा दोषीलाई उम्काउने प्रयास भइरहेको उनीहरूले आरोप समेत लगाए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसन्धान अधिकृत समेत रहेका प्रहरी निरिक्षक उमेश जोशीले मृत्युको बारेमा अनुसन्धान भइरहेको बताए । उनले शवको कन्चटमा र दाहिने आँखामा चोट लागेको बताए । मृत्यु शंकास्पद रहे पनि यसलाई अहिले कर्तव्य गरि मारिएको भन्न सक्ने अवस्था नरहेको उनले बताए । अनुसन्धान चलि नै रहेको कारण यस बिषयमा तोकेरै केही भन्न सक्ने अवस्था नरहेको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?