ट्रेंडिंग:

>> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

सुस्त श्रवणले पढ्ने विद्यालयलाई उपेक्षा

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिद्धबहिरा बालविद्यालय भने सरकारको उपेक्षामा परेको छ । फरक क्षमता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सरकारको आँखा नपुगेको हो । शिक्षामा सुस्त श्रवण भएका बालबालिकाको पहुँच पु¥याउने उद्देश्यले स्थापित विद्यालय सरकारी उपेक्षाका कारण अहिले पनि ३० वर्षअघिकै जनशक्ति र भौतिक पूर्वाधारका भरमा सञ्चालन भइरहेको छ ।
वीरेन्द्रनगर–८ खजुरा सुर्खेतमा रहेको सिद्धबहिरा बालविद्यालयसँग तीस वर्षअघि जीर्ण भवनमा संचालन भइरहेको छ । जस्तापाता पुराना भएका कारण कक्षाकोठामा पानी चुहिन्छ । भवनको अभावमा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्ने गरिएको छ । जनशक्ति नथपिएका कारण पठनपाठनमा समस्या छ भने विद्यार्थीहरू ९ कक्षापछिको शिक्षाबाट वञ्चित रहेका छन् । विद्यालयमा अध्यापन गराइरहेकी महिला शिक्षक टिका ढकालले विद्यार्थीहरूलाई सांकेतिक भाषा बुझाउनका लागि अझै तालिमको आवश्यकता रहेको बताउँछिन् ।

उनी भन्छिन् ‘तालिमको अभावका कारण हामीहरूलाई पढाउन अप्ठ्यारो परिरहेको छ । नत भनेजस्तो स्रोतसाधन छ नत जनशक्ति नै छ । भवन समेत ३० वर्ष पहिले कै पुरानो छ । जसका कारण विद्यालय सञ्चालनका लागि अप्ठ्यारो परेको छ ।’ आफूले पढाउने विषय विज्ञान नभएपनि पढाउनुपर्ने बाध्यता भएको उनले बताइन् । उनका अनुसार विज्ञान विषय पढाउँदा शब्द संकेतहरू नहुँदा विद्यार्थीहरूलाई बुझाउन निकै गाह्रो परेको छ । नेपाली भाषा, सामाजिक भाषामा संकेतहरू भएपनि विज्ञान विषयमा संकेत नहुँदा अध्यापनमा धेरै समस्या हुने गरेको शिक्षक ढकालको भनाइ रहेको छ । विद्यालयमा अध्यनरत विद्यार्थी पविता महतराले विद्यालयमा पंखाको सुबिधा नभएको, शौचालयको सुबिधा नभएको र शिक्षकहरू कम भएकाले आफूहरूलाई समस्या परेकोे बताइन् । उनले कक्षाकोठा सफा नहुनुका साथै विद्यालयमा खेल सामग्री समेत नपुगेको गुनासो गरिन् । २०४५ सालमा स्थापित विद्यालयमा हाल १६ जिल्लाका १ सय २ विद्यार्थी अध्ययनरत छन् । सरकारले अन्य सामुदायिक विद्यालय सरह यो विद्यालयलाई मान्यता दिएपनि पूर्वाधार निर्माण गर्न बजेट नदिएको विद्यालय परिवारको गुनासो छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सिद्धबहिरा बाल विद्यालयका लागि बजेटको व्यवस्थाका गर्नुका साथै उक्त विद्यालयमा शिक्षकहरूको क्षमता विकास गर्नका लागि तालिमको व्यवस्था गरिने बताए । उनले आउँदो वर्ष उक्त विद्यालयलाई भौतिक सुधार गर्नुका साथै विद्यार्थीहरूको गुणस्तर बढाउनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

विद्यालयको जीर्ण अवस्था र जनशक्तिको कमीबारे विगतमा न त तत्कालीन जिल्ला शिक्षा कार्यालयले ध्यान दिएको थियो न त अहिले प्रदेश र स्थानीय सरकारले नै चासो देखाएको छ । यस्ता खालका फरक क्षमता भएका बालबालीकाहरू अध्ययन गर्ने विद्यालयहरूका लागि सरकारले नै चासो नदेखाए ती बालबालिकाहरूको भविष्य कस्तो हुने ?à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np