ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

साझा पर्व बन्दै छठ

२६ कार्तिक २०७५, सोमबार
२६ कार्तिक २०७५, सोमबार

श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा रहेको छठ पर्व मंगलबार सूर्य भगवान र छठी माताको पूजा आराधना गरी मनाइँदै छ । कात्तिक शुक्ल पक्षको चौथी तिथीदेखि विधिवत रूपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म चार दिन मनाइन्छ ।
केही समय पहिला तराई समुदायका मानिसहरूले मनाउँदै आएको छठ पर्व पछिल्लो समयमा पहाडी समुदायका व्याक्तिहरूले समेत सँगसँगै बसेर मनाउँदै आएका छन् । भैरहवा, धकधई, बेथरी, मर्चवार लगायतका स्थानमा छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लाको बिभिन्न क्षेत्रमा रहेका नदी तथा पोखरीमा छठ पूजाको तयारी गरिएको छ ।
रोहिणी गाउँपालिकाको वडा नम्बर २ मा रहेको रोहिणी नदी, वडा नम्बर ७, ओमसतियाको वडा नम्बर ५ रोहिणी नदीको छेउ, वडा नम्बर ६ रामजानकी मन्दिर, भैरहवाको आर्मी क्याम्प, हनुमान मन्दिर लगायतको स्थान छठ पूजाको लागी तयार गरिएको छ । छठ पूजन समितिका संयोजक आनन्द प्रसाद गुप्ताले भक्तहरूको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै सम्पूर्ण तयारी पुरा भएको बताएका छन । उनले पोखरी तथा नदीहरूको सरसफाई देखी उनिहरूका छेउछाउमा वेदी बनाउने काम समेत सकिएको बताए ।
वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरू प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको गुप्ताले बताए ।
विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजना गर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्य्बिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।
तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपाली भूमी पुलकित भएको रामजानकी हनुमान मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको भनाई छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ । छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरूले दिएका प्रसादहरू जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरू ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरूलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरूप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरूले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरूप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरूपमा एउटा धार्मीक आस्थाको पर्व हो ।

photo:file 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?