ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

यसरी मनाईयो नेपाल सम्वत (फोटो फिचर)

२२ कार्तिक २०७५, बिहीबार
२२ कार्तिक २०७५, बिहीबार

रुपन्देहीमा रहेका विभिन्न नेवा समुदायले नेपाल सम्वत ११३९ सामुहिक रुपमा मनाएका छन । नेवा पुच, नेवा सेवा विकास परिषदको आयोजनामा नेवा सेवा समिति, भिमसेन नेवा समाज तथा नेवा मयजु खल, नेवा पुच कालिकानगर, दीपनगरमा आवद्ध सदस्यहरुले विभिन्न क्षेत्रबाट टाफिक चोकस्थित संखधर साख्वा पार्कमा जम्मा भएर सामुहिक पुजा गरि मनाएका हुन ।

झाकी, लाखे र नेवारी बाजासहित सामुहिक रुपमा नगरपरिक्रममा गरि ¥याली सकेर पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएका हुन । सामुहिक रुपमा मनाउदा आपसी भाईचारा र मितब्यायी हुने भएकाले पनि यस क्षेत्रमा छरिएर रहेका सबै नेवार समुदायहरु एक स्थानमा जम्मा भएर मनाउने परम्पराको विकास गर्दै आएको आयोजक नेवा पुचका अध्यक्ष ज्ञानु लिगलको दाबी छ ।

सामाजिक सेवा भावना र संस्कृति संरक्षणको अभियान थालेको परिषदबाट वर्षभरि नै पर्वमा आफनो गतिविधीहरु संचालन गर्दै आएको उनले बताईन । कार्यक्रममा बोल्दै नेवापुचका संस्थापक सदस्य तथा समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ, अर्घाखाची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, तिलोत्तमा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, भिमसेन गुठीका कार्यवाहक अध्यक्ष सहदेव श्रेष्ठ, नेवा सेवा समितिका अध्यक्ष चिरन्जीवि श्रेष्ठ, कार्यक्रम संयोजक चिरन्जवी श्रेष्ठ, बिमल बहादुर शाक्य, खेलराज पाण्डे, नेबापुच का उपाध्यक्ष काजीमान श्रेष्ठ, पुर्व संसाद बिनोद पहाडीले समाजका विकृति विसंगति परिवर्तनमा संखध्वर शाख्वाको योगदानको महत्वबारे प्रकाश पार्दै यसलाई सबैबाट अनुसरण गर्न जरुरी रहेको बताए ।

नेपालमा लिच्छवि राजा राघवदेवका पालामा सम्पुर्ण नेपालीलाई ऋणमुक्त गराईएको दिनका रुपमा संखधर साख्वाले नेपाल सम्वत संचालन गरेका थिए । जुन दिनलाई नेवार समुदायले नया वर्षको रुपमा समेत मनाउने गर्दछन । भने यही दिनमा उनिहरु आफनो शरीरलाई विशेष पुजा (म्हः पूजा) समेत गर्ने गर्दछन ।

तस्वीरहरुः स्वस्तिक श्रेष्ठ/न्युज बुटवल टुडे डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?