ट्रेंडिंग:

>> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

ट्राफिक प्रहरीले मासिक रकम असुल्ने गरेको आरोप

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

कपिलवस्तु सदरमुकाम तौलिहवाको सवारी पार्किङ्ग र ट्राफिक व्यवस्थापन अस्त व्यस्त हुदै गएको छ । बिभिन्न सवारी साधनका व्यवसायी समिती सँग मासिक रकम असुली गरि ट्राफिक प्रहरीले कारवाही नगर्दा ट्राफिक व्यवस्थापन अस्त व्यस्त भएको स्थानियको आरोप छ । पछिल्लो समय मर्यादपुर सडकबाट आउने सवारी साधन सगै तौलिहवा–मर्यादपुर र तौहिलवा बहादुरगंज चल्ने यातायातका साधनले मापदण्ड नपुगेका पुराना सवारी साधनमा क्षमता बढि यात्रु राखि दुर्घटना बढदै गए पनि ट्राफिक प्रहरी मौन बस्नुले ट्राफिक प्रहरीकै मिलेमतोमा व्यवसायीको मनोबल बढेको स्थानियको आरोप छ । अहिले कपिलवस्तु यातायात सहित पश्चिम नेपाल, सिद्धार्थ र बुटवल यातायातका सवारी साधनलाई सडकमै पार्किङ्ग गरिने भए पनि ट्रफिक प्रहरीले व्यवस्थापनमा कुनै चासो देखाउने गरेको छैन । सामान्य नागरिकलाई चुकजाँचमा तत्कालै जरिवाना गर्ने र कारवाही गर्ने ट्राफिक प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित कार्यालय अघिकै सडकबाट ओभरलोड यातायातका सवारी साधन चल्दा समेत केहि कारवाही नगरेको स्थानिय चन्द्र शेखर गुप्ताले आरोप लगाए । “बिरामीलाई बोकेर कोहि तिन जना मोटरसाईकलमा हिड्दा तत्काल जरिवाना हुन्छ । ओभरलोड र पुराना सवारीले क्षमता बढि यात्रु ओसार्दा ट्राफिक प्रहरी किन चुप लाग्छ ? ” उनले भने । ट्राफिक प्रहरीले नियम मिच्ने यातायातका सवारी साधनलाई कारवाही नपरेको बिषयमा बुझदा कपिलवस्तु यातायात एक सदस्यले ट्राफिक प्रहरी कार्यालय तौलिहवामा आफु सहितका अन्य समितीले मासिक ३ हजार बुझाउन भएकाले आफुहरुलाई ट्राफिक प्रहरीले केहि नगरेको गोप्य क्यामरामा खुलासा गरे । “महिना, दुई महिनामा कागज मागे झै गर्छन । मासिक तिन हजार बुझाउदै आएकाले चेकजाँचमा कडाई गरेका छैनन । ” उनले थपे । समितीका एक पदाधिकारीले मासिक रकम बुझाउदै आएको स्विकार्दै सो बिषयको खुलासा भए ट्राफिक प्रहरीले दुखः दिने बताए । “मासिक नबुझाई कहाँ हुन्छ र ? तपाईहरुले बुझनु भएकै छ समाचारमा आए हामीलाई दुखः दिन्छन ।” उनले भने । मासिक रकम असुलेको बिषयमा प्रतिक्रिया लिन खोज्दा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक प्रेम रानाले आफुहरु माथि लगाईको मासिक रकम असुलीको आरोप निराधर रहेको बताउदै आफुले प्रतिक्रिया दिन जिल्लाको स्विकृती लिनु पर्ने बताए । आम नागरिकको साना त्रुटीमै तत्काल जरिवाना र कारवाही गर्ने ट्राफिक प्रहरीले कतिपय पुराना सवारी साधनलाई कारवाही नगर्दा दुर्घटनाको सम्भाव्यता बढेको यात्रुहरुको गुनासो रहदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?