ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

यान्त्रिक प्रविधिले किसानलाई राहत

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

बाबुराम रायमाझी
परम्परागत कृषि प्रणाली अवलम्बन गरेका किसानका लागि नयाँ नयाँ यान्त्रिक प्रविधी भित्रिन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन धान वाणगंगा कार्यालयले किसानहरुको सुविधाका लागि नयाँ यान्त्रिक प्रविधीको जानकारी दिन शुरु गरेको छ ।
धान काट्ने जनशक्तिको अभाव भईरहेको बेला परियोजनाले यान्त्रिक प्रविधीको प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्दै सचेतना शुरु गरेको छ । मेसिनको प्रयोग हुन थालेपछि किसानलाई धेरै सुविधा र फाइदा समेत हुने भएको छ ।
समयको बचत र कम लागतमा धान काट्ने मेसिन रिपरको प्रयोग र यसको प्रचार प्रसारका लागि वाणगंगा नगरपालिकामा सचेतना अभियान शुरु गरिएको धान सुपरजोन कार्यालय प्रमुख मुकुन्द भुसालले जानकारी दिनुभयो । धान तथा गँहु काट्ने मेसिन रिपर प्रविधीको विस्तार तथा सचेतना अभियान संचालन गरेका छौं, कार्यालय प्रमुख भुसालले भने–‘ ससाना प्लट जग्गामा हाते मेसिन रिपर बढि प्रभावकारी हुन्छ ।
धानमा किसानको उत्पादन लागत बढि छ, मेसिनरीको प्रयोग कम छ, भुसालले भन्नुभयो, धान सुपरजोनको कार्यक्षेत्रमा यस्ता मेसिनरीको प्रयोगले उत्पादन लागत र समयको बचतमा धेरै सहयोग पुग्ने बताइएको छ ।
यसवर्ष धान उत्पादनमा बृद्धि हुने आँकलन गरिएको छ । धान सुपरजोन परियोजनाको कार्यक्षेत्र बुद्धभूमि नगरपालिकामा किसानले रिपरहरुको प्रयोग बढि गरेको र वाणगंगा नगरपालिकामा यसको प्रयोक न्यून रहेको हुँदा वाणगंगा नगरपालिकाका विभिन्न कृषक समूहलाई सचेतना गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन वाणगंगा र सिमिट (सिसा) परियोजनाको संयुक्त आयोजनामा कृषि यान्त्रिक प्रविधीको बारेमा सचेतना र प्रचार प्रसार गरिएको हो । परियोजनाले कृषि यान्त्रिक प्रविधी खरिदमा सूचिकृत समूहलाई ५० प्रतिशत अनुदान समेत उपलब्ध गराउने भएको छ ।
धान तथा गहुँ काट्न सहज हुने हाते मेसिन रिपरको ५० देखि ६० हजार रुपैया सम्म बजार मूल्य रहेको छ । पावर टिलरमा जोडेर धान गँहु काट्ने मेसिन रिपरले एक घण्टामा ५ देखि १० कट्ठा सम्म काट्न सकिने छ भने यसको प्रयोगबाट धान काट्दा पराल खेर नजाने लगाएतका फाइदा पुग्नेछ । कम्बाइन हार्वेस्टर प्रयोग गर्न नसकिने ठाँउमा रिपर मेसिनको प्रयोग प्रभावकारी भएको सिसा परियोजनाका क्षेत्रीय संयोजक सलिब आचार्यले जानकारी दिए । । सिसा परियोजनाले लामो समयदेखि नेपालमा विभिन्न कृषि यन्त्रहरुको प्रदर्शनी र जानकारी दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?