ट्रेंडिंग:

>> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक

सीमा नाकामा सक्रिय शसस्त्र प्रहरी

२० कार्तिक २०७५, मंगलवार
२० कार्तिक २०७५, मंगलवार

शसस्त्र प्रहरीले सीमानाकामा निगरानी बढाएको छ । पछिल्लो समय रूपन्देहीमा भारतबाट अवैध रूपमा नेपाल भित्रिने सामग्री केही कम भए पनि पुनः त्यो काम शुरु भएपछि प्रहरीले निगरानी बढाएको हो ।
सीमामा गस्ती तिव्र बनाएको शसस्त्र प्रहरीले दिउँसै तस्करी गर्ने तस्करहलाई नियन्त्रणमा लिई कार्यवाही अगाडी बढाएको छ । शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट पजरकट्टिले भारतबाट अवैध रूपमा नेपाल भित्रयाइँदै गरेको कपडा बरामद गरेको छ । शसस्त्र प्रहरी निरिक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नम्बर ७ को लखनौतियाबाट कपडा बरामद गरिएको हो । भारतबाट तस्करले मोटरसाईकलमा कपडा ल्याउँदै गरेको र प्रहरीलाई देखे पछि कपडा फालेर उनिहरू फरार भएको शसस्त्र प्रहरी निरिक्षक ताम्रजंग बस्नेतले बताए ।
बरामद गरिएको कपडामा ब्लाउजको भित्रि कपडा ७७ पिस, सुट ५३ पिस, थान कपडा ८८ मिटर, मखमल कपडा ४० मिटर र २० पिस तौलिया रहेको बस्नेतले जानकारी दिए । बरामद गरिएको कपडाको मूल्य करिब ६० हजार मूल्य बराबर रहेको उनले बताए । बस्नेतले बरामद गरिएका कपडा थप कार्यवाहीको लागी भैरहवा भन्सार बुझाईएको बताए ।
यसै गरि सोमबार नै सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा ९राजस्व सुरक्षा तथा भन्सार गुल्म० रूपन्देही नम्बर ३८ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर खातीको कमाण्डमा खटिएको टोलीले पनि २ जना ब्यक्ति सहित कपडा र ईलेक्ट्रोनिक सामाग्री बरामद गरेको छ । शससत्र प्रहरी बल भन्सारको टोलीले रोहिणी गाँउपालिका वडा नम्बर ७ धकधई ईलाकामा चेकजाँच गर्ने क्रममा नवलपरासीको महेशपुरबाट भैरहवा तर्फ आउदै गरेको लु १ ज ३३६४ को बलेरो पिकअप गाडीमा ८ बोरा रुमाल फेला पारेको हो । उक्त गाडी चेकजाँच गर्दा प्रज्ञापन पत्र नभएको ८ बोरा रुमाल मुल्य १ लाख ९५ हजार २ सय ६४ रूपैयाँ र गाडिको मुल्य ५ लाख रूपैयाँ गरी जम्मा मुल्य रु। ६ लाख ९५ हजार २ सय ६४ रूपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर खातीले बताए । उक्त गाडीमा रहेका जिल्ला पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाँउ फूलवारी बस्ने अन्दाजी बर्ष २२ को अमलेश गुप्ता र सोही ठाउँ बस्ने अन्दाजी बर्ष १७ को मुकेश बानियाँ रहेको खातीले बताए ।
यसै गरि स सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा ९राजस्व सुरक्षा तथा भन्सार गुल्म० रूपन्देही नम्बर ३८ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक भिमनिधी खनालको कमाण्डमा खटिएको टोलीले पनि ५८ हजा २ सय मूल्य बराबरको ईलेक्ट्रोनिक समा बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ । उक्त समान सम्मरीमाई गाँउपालिका वडा नम्बर २ करौतामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको ईलेक्ट्रोनिक सामान बरामद गरिएको हो । साथै सामान ढुवानीमा प्रयोग गरिएको लु १ प ४८ नम्बरको मोटरसाईकल पक्राउ गरी भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर खातीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?