ट्रेंडिंग:

>> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

अर्को वर्षदेखि विश्व अर्थतन्त्रमा सुधार हुन्छ : अन्तर्राष्ट्रिय मुद्रा कोष

१७ माघ २०७९, मंगलवार
१७ माघ २०७९, मंगलवार

बुटवल,१७ माघ ।   अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले अर्को वर्षदेखि विश्व अर्थतन्त्रमा सुधार हुने प्रक्षेपण गरेको छ ।
विश्व अर्थतन्त्रको प्रक्षेपण गर्ने बहुराष्ट्रिय निकाय आईएमएफले सन् २०२३ मा विश्वभर अर्थतन्त्र मन्दीमा रहने तर अर्को वर्ष २०२४ मा सुधार हुने प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोषका अनुसार सन् २०२३ मा ग्लोबल ग्रोथ २.९ प्रतिशत रहने अनुमान छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो ।

नेपालमा भने ५ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान आईएमएफले गरेको छ । यो केही अगाडि विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेकोमा दुई निकायको मिल्दोजुल्दो प्रक्षेपण आएको हो ।

सन् २०२३ मा विश्वको ठूला अर्थतन्त्र भएका मुलुकहरु बढी मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने भएको देखिएको छ । अमेरिकाको वृद्धिदर यस वर्ष १.४ प्रतिशत मात्र रहने छ । युरोपको औसतः शून्य दशमलव ७ प्रतिशत मात्र रहने छ । मध्यपूर्वी एसियाको अर्थतन्त्र ३.२ प्रतिशतले बढ्दा एसियाका विकाससिल मुलुकहरुको अर्थतन्त्र ५.३ प्रतिशत रहने भएको छ ।

नेपाल, भारतसहितका मुलुक यसै समूहमा छन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकहरुको वृद्धिदर १.८ प्रतिशत र अफ्रिकाको ३.८ प्रतिशत मात्र रहने आईएमएफको प्रक्षेपण रहेको छ ।

विश्व अर्थतन्त्रको ग्रोथ सन् २००० देखि सन् २०१९ को बीचमा ३.८ प्रतिशतको औसतमा थियो । यस वर्ष सो औसतभन्दा पनि तल ओर्लिने अनुमान आईएमएफले गरेको हो । कोभिड–१९ महामारीबाट उठ्दै गरेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेनले नराम्रो धक्का दिएको छ । यसको असर वर्षभर नै भोग्नु पर्ने देखिएको आईएमएफले जनाएको छ ।

यस वर्ष मुद्रास्फीति औसत ६.६ प्रतिशत रहने अनुमान छ । सन् २०२२ मा विश्वले मुद्रास्फीति ८.८ प्रतिशत थियो । सन् २०२४ मा भने ४.३ प्रतिशतमा आउने देखिएको छ ।
यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशको ६ प्रतिशत, पाकिस्तानको ३.५ प्रतिशत, श्रीलंकाको माइनस ३ प्रतिशतको वृद्धि हुने अनुमान आईएमएफले जनाएको छ । माल्दिभ्सले ६.१ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np