ट्रेंडिंग:

>> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास
फ्रन्टपेज

विद्यार्थी पायो, पुर्वाधार कहिले ?

अभिभावकको विश्वास जितिएको भए पनि सरकारी लगानी भित्रयाउन नसक्दा पवन माविमा पुर्वाधार अभाव देखिएको छ । विद्यालयमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा बालविकास कक्षा देखी १२ कक्षासम्म पढाई हुने गरेको छ ।
१२ माघ २०७९, बिहीबार
१२ माघ २०७९, बिहीबार

नवलपरासी – जिल्लाको रामग्राम नगरपालिका २ स्थित पवन माध्यमिक विद्यालयले विद्यार्थी संख्या उल्लेख्य वृद्धि गर्दा पनि भौतिक पुर्वाधार नहुदा विद्यालय सञ्चालनमा समस्या देखिएको जनाएको छ । नगरपालिकाकै सर्वाधिक विद्यार्थी संख्या भएको विद्यालय भए पनि आवश्यक पुर्वाधार नहुदा पठन पाठन र ब्यवस्थापनमा समस्या देखिएको हो ।
रामग्राम नगरपालिका भित्र सञ्चालिन माध्यमिक तहका विद्यालय मध्ये सबैभन्दा बढि विद्यार्थी भर्ना गरि पठन पाठन गराउने पवन मावि मात्रै भएको विद्यालयले जनाएको छ । पठन पाठन र अनुशाशित विद्यार्थी बनाउने हुदा अभिभावकको पहिलो रोजाईमा पवन मावि नै पर्ने गरेको विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार पाठकले बताए । अभिभावकको विश्वास जितिएको भए पनि सरकारी लगानी भित्रयाउन नसक्दा पुर्वाधार अभाव देखिएको उनको भनाई थियो । उनका अनुसार हाल सो विद्यालयमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास कक्षा देखी १२ कक्षासम्म पढाई हुने गरेको छ ।

रामग्राम नगरपालिका भित्रको विद्यालय भए पनि अन्य पालिकाका पनि विद्यार्थी यहाँ भर्ना गराउन आकर्षित हुन्छन्,तर विद्यार्थीलाई चाहिने आवश्यक कक्षाकोठा,खेलमैदान,पुस्कालय,सौचालय आदी जस्ता पुर्वाधार अभाव छ,विद्यालयका प्रधानाध्यपक पाठकले भने,नगरपालिका र प्रदेश सरकार तथा संघ सरकारले उचित मात्रामा पुर्वाधार विकास अनुदान उपलब्ध गरायो भने अझै पनि धेरै संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ । उनका अनुसार दरबन्दीका शिक्षक बाहेक निजी स्रोतका शिक्षक पनि विद्यालयमा अध्यापन गराउने गरेका छन् । विद्यालयमा कुल ४५ जना शिक्षक र ५ जना कर्मचारी कार्यरत छन् । विद्यालयको मुख्य बजारमा रहेको पवन मावि विगत बर्ष देखी नै आफ्नो पहिचान बनाएको विद्यालय हो ।

सरकारले नगरपालिका भित्र नमुना विद्यालय पनि सञ्चालन गर्दै आएको छ । नगरपालिका भित्र प्राविधिक धारका विद्यालय पनि छ । तर विद्यार्थी संख्याको रुपमा पवन मावि मात्रै भएको प्रधानाध्यापक पाठकले बताए । उनका अनुसार नगरपालिकै आदर्श माध्यमिक विद्यालय नमुना माविको रुपमा सरकारबाट बर्षेनी डेढ करोड अनुदान आउने गरेको छ । त्यसै गरि नगरपालिका भित्रकै जनता माध्यमिक विद्यालय डैनहवामा प्राविधिक धार तर्फ पनि कक्षा सञ्चालन भई रहेका छन् । तर पनि विद्यार्थीको आकर्षण पवन माविमा भएको उनको दाबी थियो ।
विद्यालयको तथ्याँक अनुसार बालविकास केन्द्रमा १ सय ४१ जना,कक्षा १ मा ३७ जना,कक्षा २ मा ६९ जना,कक्षा ३ मा ६० जना,कक्षा ४ मा १ सय ८ जना, कक्षा ५ मा १ सय ५ जना,कक्षा ६ मा १ सय २३ जना,कक्षा ७ मा १ सय ७५ जना,कक्षा ८ मा १ सय ९१ जना कक्षा १० मा १ सय ९४ जना,कक्षा ११ मा ३ सय ५५ जना र कक्षा १२ मा ३ सय ८ जना बालबालिका अध्ययनरत छन् । अझै पनि कक्षा ११ मा विद्यार्थी भर्ना गर्न खोज्दै आउने गरेको तर पुर्वाधार अभावले केही निर्णय लिन गाह््रो भई रहेको प्रधानाध्यापक पाठक भने,बालबालिकाले विद्यालय रोजेर पढन पाउनु उनीहरुको अधिकार हो । भर्ना लिन्न भनेर सामुदायिक विद्यालयले भन्न पाउदैन्,तर सरकारले पनि विद्यार्थी अभिभावकको भावना अनुसार पनि विद्यालयको भौतिक पुर्वाधार तर्फ ध्यान पुर्याउनु पर्ने देखिएको छ ।

संघीय सरकारले एक हजार भन्दा बढि विद्यार्थी भएका विद्यालयलाई ‘बिग स्कुल’को अवधारणा ल्याएपनि कार्यान्वयनमा आइसकेको छैन् । विद्यालय भौतिक सुविधा सुधार कार्यक्रमका लागि दिईने अनुदानका लागि पहल गर्नमा लागिएको छ । यसका लागि राजनीतिक,समाजसेवी र जनप्रतिनिधिको तर्फबाट पनि पहल हुनु पर्ने उनले चाहना ब्यतm गरे । कक्षा ११ र १२ मा धेरै विद्यार्थी हुने गरेका छन, उनले भने, यहाँ कक्षा १२ पास गर्ने बालबालिकाले स्नातक तहको लागि पनि क्याम्पस सञ्चालन गर्न माग समेत गर्ने गरेका छन् ।

स्नातक अध्यापन गराउन सक्ने मानविय जनशतिm छ,उनले थपे, तर भौतिक पुर्वाधार अभावका कारण त्यता तर्फ सोच्न नै पाइएको छैन् । स्थानिय अभिभावक र जनप्रतिनिधि तथा सरोकारवाला सरकारी निकायले पहल गरिदिए त्यो पनि सञ्चालन गरेर विद्यार्थीको भावना र चाहना पुरा गर्न सकिन्छ । यसका लागि यस क्षेत्रका शिक्षा प्रेमी बुद्धिजिविले सकारात्मक पहल गरिदिन पर्यो । विद्यालयमा भौतिक पुर्वाधार अभाव रहेको स्वीकार गर्दै सोही वार्डका वार्ड अध्यक्ष निरज रौनियारले यसका लागि आफुले पनि नगरपालिकासँग निरन्तर पहल गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?