ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बुटवल, ११ बैशाख ।

रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोर्डिङ्ग स्कुलले आफ्नो १६ औ बार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार बितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा वाग्लेले रुपन्देही मोर्डन स्कुल बिभिन्न शैक्षिक गतिविधिमा नगरकै उत्कृष्ट रहेको बताएका थिए । विद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै रुपन्देही मोर्डन स्कुलबाट पासआउट भएका विद्यार्थीहरुले अन्य बिद्यालयहरुमा राम्रो नतिजा ल्याउन सफल रहेको बताए । बिद्यार्थीहरुलाई अध्यापन सँगै ब्यावहारिक ज्ञान दिन जरुरी रहेको भन्दै नगर प्रमुख शर्माले शिक्षकहरुले कितावी ज्ञानसँगै व्यावहारिक सिकाई सहितको अध्यापन गराउन आग्रह गरे ।

बालबालिकाहरु धेरै जिज्ञासु हुने भएकाले विद्यालयमा पढाउँदा बालबालिकाले राखेका प्रश्नहरको जवाफ राम्रो सँग दिने र नजाने भोलि आफुले सिकेर उनीहरुलाई सिकाउन शिक्षक शिक्षिकाहरुलाई आग्रह गरे ।

बालबालिकाहरुले कुनैकुरामा प्रश्न गरे उसलाई डराउन दिने गाली गर्ने कुरालाई अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले रुपन्देही मोर्डन स्कुल आफैमा शैक्षिक क्षेत्रमा पहिचान बनाएको स्कुलको रुपमा रहेको बताईन् । नगरले लिने हरेक कृयाकलापमा मोडल स्कुलको नतिजा राम्रो रहेको भन्दै यसलाई थप गर्दै कितावका ज्ञानसँगै अन्य खेलकुद सांस्कृतिक प्रविधिक ज्ञान दिन जरुरी रहेको बताईन् ।

नगरपालिका बडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, वडा नं. ५ का वडाअध्यक्ष धन प्रसाद पौडेलले पछिल्लो समय निजी विद्यालयको शैक्षिक क्षेत्रमा योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर केसीले बिद्यालयमा शैक्षिक सुधारमा लागिरहेको बताए । ब्यवहारिक ज्ञान सिप आजको आवश्यकता रहेको भन्दै मोडन स्कुलले सोही अनुसार अध्यापन गराउदै आएको उनले बताए । हाम्रो बिद्यालयबाट पास आउट भएर अन्यत्र जाने बिद्यार्थीहरुको नतिजा राम्रो रहेको भन्दै यसलाई निरन्तरता दिने अध्यक्ष केसीको भनाई छ । कार्यक्रममा लिल बहादुर केसी, प्रकाश पौडेल, शिक्षक देवान राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीह, उत्कृष्ट अध्यापन गराउने शिक्षक शिक्षिका, कर्मचारीलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक जे एन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?