ट्रेंडिंग:

>> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

सुस्ता अभियन्ता गुरुङको उपचारका लागि सहयोग रकम हस्तान्तरण

६ माघ २०७९, शुक्रबार
६ माघ २०७९, शुक्रबार

परासी, ६ माघ ।

सुस्ता बचाउ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि परासीमा ‘गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ । अभियान अन्तर्गत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत पिसीएच नेपाल (बाल स्वास्थ्यका लागि साझेदारी नेपाल नवलपरासी) बाट एक लाख, परासी हेल्पिङ हेण्डसबाट १० हजार, सत्यवती कन्सर्न परासीका सञ्चालक चन्द्रमणी चौधरीबाट ५ हजार र पाल्हीनन्दन गाउँपालिका–३ का ब्रहनन्द लोहारकी छोरीको जन्मदिनमा उपलब्ध गराइएको दुई हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । अस्पतालका प्रशासन प्रमुख तेजेन्द्र कुमार केसीको उपस्थितिमा अभियान टोलीका सदस्य सुमनगोपाल आचार्य, शम्भु उपाध्याय, हरि शर्मा र पिसीएचका कोषाध्यक्ष प्रदिप श्रेष्ठले संयुक्त रुपमा परिवारलाई हस्तान्तरण गरेको हो । मष्तिष्क घातबाट गम्भीर बिरामी भएका ६२ वर्षीय गुरुङको पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको उपचारका लागि बुटवलमा पनि अभियान सञ्चालन गरिएको छ ।

विगत २४ वर्षदेखि अतिक्रमित सुस्ताको जमिन फिर्ता र स्थायी सीमा स्तम्भ निर्माणको माग गुरुङ नेतृत्वको सुस्ता बचाउ अभियानले सरकारलाई दबाब दिदैं आएको छ । उनको उपचारका लागि हालसम्म ७ लाख बढी खर्च भएको र आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारजनले आग्रह गरेपछि गुरुङको उपचारका लागि अभियान सञ्चालन गरिएको हो ।

उपचारमा सहयोग गर्नेहरुका लागि उनीकी छोरी पसन्द गुरुङको प्राइम सिल्भर सेभिङमा रहेको खाता नं. १७२०००२१ ‘पिई’ मा रकम जम्मा गर्न अभियान समितिले आग्रह गरेको छ ।

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ । जसका कारण नेपाली भूमि भएर पनि भोगचलन गर्न नपाइएको सुस्तावासीले बताउँदै आएका छन् । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?