ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> गर्मी बढेपछि बुटवलमा दुई दिन विद्यालय बिदा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल
विचार

चिसोको बढ्दो जोखिम र बच्ने उपाय

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

चिसो बढ्दै गर्दा यातायातका साधन कम चल्दा समूहमै लाइनमा बस्दा र बढेको चिसो मौसमले इन्फ्लुयन्जा, क्षयरोग र निमोनियाजस्ता सरुवा रोगका बिरामी बढेका छन् । बसभित्र कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यताले एक व्यूिक्तबाट अन्यमा रोग सरिरहेका छन् । बसभित्र अट्न नसकी छतमा यात्रा गर्नेहरू निमोनियाको जोखिममा छन् । हरेक १० जनामा ६ जनामा रहेको क्षयरोगका जीवाणु मात्र नभई स्वासप्रस्वास र सम्पर्कबाट सर्ने अनगिन्ती रोगहरू यस्तो भीडभाडमा सर्छन् । भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिना सुरु नहुँदै गर्दा चिसोले सयौं बिरामी पारिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ । चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया र टाउको र छाती दुख्ने समस्या देखिन्छ । जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग तथा योनीमा फोहर जम्ने र कापमा संक्रमण हुन सक्छ । हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, रूघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू देखा परिरहेका छन् । हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउछ ।

जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग र योनीमा फोहर जम्ने, कापमा संक्रमण हुने, योनीद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ । मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्रिाइटिस, झाडा, पखाला हुन सक्छ र जन्डिस र टाइफाइड पनि प्रसस्त पाइन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगीहरू बढी गम्भीर बन्छन् । दमखोकी भन्नाले स्याँस्याँ (उक्सासो) हुने, सास फेर्न गाह्रो हुने र समय समयमा खोकी आइरने जीर्ण रोग भएको अवस्थालाई जनाउँछ । पीडित व्यक्तिको श्वास तथा उपश्वास नलीको श्लेष्मिक आवरण सुन्निनाले श्वास मार्ग साँगुरिने र श्वास नलीमा श्लेष्मा थुप्रिने कारणले गर्दा श्वास फेर्दा फोक्सोमा अक्सिजन सहज तरिकाले नपुगी आराम अवस्थामा पनि नकारात्मक असर परी श्वास तीव्र गतिले चल्छ । सामान्य अवस्थामा पनि श्वासको गति प्रतिमिनेट १४ देखि १५ पटकभन्दा बढी भएको अवस्थालाई दम भनिन्छ । मुलुककै अस्पतालका सघन उपचार केन्द्र ‘आईसीयू’मा भर्ना हुनेमा ७० प्रतिशत क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले गर्दा हुन्छन् । ३० वर्ष माथिका उमेरमा पुरुषमा ५ प्रतिशत तथा महिलामा २.७ प्रतिशतमा सीओपीडी छ । सामान्यतः ४० वर्षपछि देखिने भए पनि ९÷१० वर्षबाटै धुम्रपान गर्ने बानीले ३० पुग्दा नपुग्दै पीडित हुन्छन् ।

गाउँघरका घरमा झ्याल धेरै कम हुने, घरभित्र चुलोमा दाउरा बालेर खाना पकाउने, आगो ताप्ने गर्दा घरभित्र धुवाँ भरिएर बस्दछ । धुवाँलाई मित्र वा अभिन्न अंग बनाइएको हुन्छ । घरका थाम र दलीन धुवाँले मक्किन दिँदैन भन्ने विश्वासले पनि धुवाँलाई घरभित्र प्रश्रय दिइन्छ । तसर्थ, धुवाँ नआउने चुलोको चलन चलाउन स्वास्थ्य मन्त्रालयलगायत हामी सबै लाग्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । कतिपयमा समस्या पहिलेदेखि नभए पनि अकस्मात् बादल लागेर चिसो हावा चल्दा, हावामा धुलो, धुवाँ, वायुमण्डलीय सुष्म कण, विभिन्न प्रकारका रसायन, कीटनाशक औषधि, पुष्प, परफ्युम, टेलकम पाउडर, दोहोरो हावा नछिर्ने कोठा, भान्छामा खाना पकाउँदा उत्पन्न हुने खार पर्दछन् । एलर्जी, हाच्छ्यूँ आई खोकी लागेर श्वास बढ्छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरी करण, थोत्रा सवारी साधन, काठ, दाउरा, गुइठा बाल्दाको धुवाँको प्रदूषण बढ्छ । स्मरणीय छ स्वयंले नगरे पनि गरी रहने मानिसको नजिक बस्नेलाई समेत असर पार्छ । गर्भवती महिलाले धु्रमपान गर्दा नवजात शिशुमा दम पाइन्छ । अत्यधिक मानिस तनाव, चिन्ता, रिस, भय आदिबाट पनि दम आउन सक्छ ।

अधिकांश दमका रोगी चुरोटका अम्मली हुन्छन् । औषधि विज्ञानले दमको प्रमुख कारण सुर्ती र त्यसमा पनि चुरोट सेवनलाई मानेको छ । लामो समयसम्म चुरोट सेवन गरेका र धुवाँमा जीवन बिताएका मानिसलाई यो सीओपीडीले समात्छ । साथै निकै कममा चुरोट सेवन नगरे पनि शरीरमा एउटा इन्जाइमको अनुपस्थितिले भएको देखिन्छ । सीओपीडी प्रभावित ८० प्रतिशत व्यक्ति धुम्रपानका अम्मली हुन्छन् । त्यस्तैगरी गुईठा, दाउरामा खाना पकाउने, भान्सा कोठामा उचित निकास नहुने विशेषतः ग्रामीण महिलामा समेत खतरा बढी हुन्छ । इँट्टाभट्टामा काम गर्ने, रगंरोगनको काम गर्ने, आरा मसिन र कपासको कारखानामा काम गर्ने व्यक्तिहरू पनि जोखिममा पर्दछन् । तसर्थ, कोइला, धुवाँ, धुलो र पुर्खाबाट आएको गुण तथा बाल्यकालमा छातीमा संक्रमण, क्षयरोगका कारणले पनि सीओपीडी हुन्छ ।

दम केही रोगीमा वंशानुगत हुन्छ भने धेरै जसोमा घरायसी उपभोग्य सर सामानको धुलो, कुकुर र बिरालोको रौं, सांगा मुसा आदिको संसर्गबाट, दाउरा, गुइठा बाल्दा निस्कने धुवाँ, ग्यास चुलो र चुरोटको धुवाँले चुरोट नखानेलाई समेत एलर्जी भएको र दम भएको पाइन्छ । केही प्रोटिनयुक्त खानाले पनि दमको थालनी गर्न सक्छन् । दम रोगको प्रमुख कारक तत्व वातावरणीय प्रदूषण हो । सुरु–सुरुमा रूघाखोकीका लक्षण घाँटी चिलाउने, खसखसाउने, कोक्याउने, नाक सनसनाउने, हाछ्यू आउने, खोकी लाग्ने, पातलो कफ आउने गर्छ । श्वासभित्र लिँदाभन्दा बाहिर फ्याक्दा बढी समस्या हुन्छ । पछि गएर सुख्खा खोकी, विशेषगरी बिहान बेलुकी महिनौंसम्म सास थुनिएजस्तो हुने, स्वाँस्वाँ हुने, छाती कस्सिएको भान हुने, सास फेर्दा घ्यारघ्यार वा चुइँचुइँ आवाज आउने, दमले निकै च्यापेमा सास फेर्न गाह्रो हुने हुन्छ । यस्तो अवस्थामा छिटो–छिटो सास फेर्ने, ज्यादै खोकी लाग्ने, सास बढेर भन्न खोजेको कुरा पूरा भन्न समेत नसक्ने, रोकिइ–रोकिइ बोल्नुपर्ने हुन्छ । खकार पनि बाक्लो र पहेंलो आउन थाल्छ । सुतेर श्वास फेर्दा गाह्रो हुने निस्सासिने हुन्छ । राति सुत्यो कि खोकी लाग्ने तर उठेर बस्दा अलि कम हुन्छ, बेला–बेलामा ओठ, जिब्रो निला हुन्छन् ।

साधारण अवस्थामा रोगीको मुटु छिटोछिटो चल्ने, श्वासको गति प्रतिमिनेट १४ देखि १५ भन्दा बढी ३० देखि ४० पटकसम्म पुग्छ र जाँच्दा छातीभित्र चुइचुई आवाज आउँछ सास फेर्न निकै गाह्रो भएको, घाँटीमा जुगुलर भेन फुलेको नाक, घाँटी र छातीका मासंपेशीहरू सक्रिय रहेका, तर थोरै वायु प्रवेशले गर्दा छाती फुलेको नदेखिने र साइनोसिसका लक्षणहरू आंैला, नाक, जिब्रो निलो भएको हुन सक्छ र ढिलो भई आउँदा ज्यादै सिकिस्त पुरै निलो, श्वास लिनै नसक्ने वा बेहोस भएको हुन सक्छ । शरीरको भित्री तापक्रम ३०० सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया वा सितांग भनिन्छ । यो एउटा मेडिकल इमरजेन्सी हो, जसमा तुरून्तै उपचारको जरुरत पर्दछ । शरीरको तापक्रम ३२० सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ । तर, त्योभन्दा कम भए ३० डिग्री सेल्सियसभन्दा कम हुँदा शरीरमा अक्सिजनको परिपूर्र्तितमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । प्रभावित व्यक्तिलाई उपचारको क्रममा प्राथमिक उपचारको अपरिहार्य महत्व छ । न्यानोपन नै प्रमुख उपचार हो । चिसोका कारण होस् या जुनसुकै स्थितिमा पनि रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने त छँदै छ । तापनि चिसोका कारण उत्पन्न हुन सक्ने रोग लाग्न नदिन धुवाँ धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने गर्नुपर्छ । सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुमा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?