ट्रेंडिंग:

>> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक !
अन्तिम किनारबाट

हिँडिरहने यात्रीहरुका नाममा

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

आफ्नो नवजात पनातिनीलाई काखमा लिएर बोजूले भन्नुभएको थियो–“पृथ्वीमा जन्मिने हरेक मानिसको जन्म एक उत्सव हो ।”
बुद्घले भनेका थिए–“महापरिनिर्वाण पनि एक उत्सव नै हो ।”
अर्थात् मृत्यु पनि एक उत्सव हो । त्यसैले त जीवन, उत्सवबाट शुरु भएर उत्सवमै टुङ्गिने एउटा अन्त्यहीन यात्रा हो ।

देशको पनि जीवन हुन्छ । देशको पनि जीवन–यात्रा हुन्छ । एउटा मानिसको जीवन यात्रामा जस्तै देशको जीवन यात्रामा पनि उज्याला मोडहरु आउँछन् । अँध्यारा घुम्तीहरु आउँछन् । उकालो आउँछ । ओरालो आउँछ । यो यात्रामा हरियालीको बर्को ओढेर गीत गाइरहेका पाटनहरु भेटिन्छन् । वालुवाको सिरक ओढेर कोमामा पल्टिरहेका मरुभूमि पनि भेटिन्छन् । सगरमाथाको उचाइ भेटिन्छ । प्रशान्त महासागरको गहिराइ पनि भेटिन्छ ।

सबैभन्दा स्वभाविक कुरा, यात्रामा अनेक अनेक अनेक दुर्घटनाहरु भेटिन्छन् ।
देशले पनि अनेकन दुर्घटनाहरु भोग्दै आएको छ । यी दुर्घटनाहरु सत्यको बाटो भनेर भ्रमको बाटो हिँड्दा भेटिएका हुन् । साथी भनेर दुश्मनलाई अँगालो मार्दा भेटिएका हुन् । फूल भनेर काँडा टिप्दा भेटिएका हुन् । खुसी भनेर दुःख रोज्दा भटिएका हुन् । मुस्कान भनेर आँसु आयात गर्दा भेटिएका हुन् ।
महिना दिन अघिको निर्वाचन–मेलाले दुर्घटनाहरुको श्रृंखलामा थप दुर्घटनाहरु छोडेर गएको छ । देशको नाममा । हाम्रा बीचमा केही मानिसहरु छन् । ती सघन अँध्यारोमा आगाको झिल्का जस्ता छन् । ती नदीमा डुब्दै गरेका असहायहरुका लागि किनारबाट प्रवाहतिर हुत्तिइरहेका डुंगा जस्ता छन् । ती सत्यको यात्रामा हिँडेका यात्रीहरु हुन् ।

तिनले निर्वाचनको कथित महासङ्ग्राममा कथित नागरिकका नाममा (शायद प्रजा !) अनेक सम्बोधन गरे । तिनलाई आफ्नो आवाजमा विश्वास थियो । तिनले नागरिकलाई त्यही आवाजले बोलाए । झक्झक्याए । तर तिनको आवाज नागरिकले सुनेनन् । ती चुनावमा हारे । आदिम सत्ताले प्रजाको कानमा सीसा पगालेर हालिदिए जस्तै नयाँ सत्ताले नागरिकको कानमा दासताको कपास कोचिदिएको छ नि त !

देश आफैमा सिंगो अस्तित्व होइन । देशको जीवनको आफ्नै अवयवहरु हुन्छन् । एउटा भूगोल वा सभ्यता मात्रै देश होइन । देश भनेको नागरिकहरुको चेतनाको समुच्चय हो । तर आफूलाई २१ औं शताब्दीको नागरिक दाबी गर्ने हाम्रो नागरिक चेतना कहाँ छ ?

अरु बेला स्वतन्त्रता र स्वाभिमानको जति गफ लाए पनि निर्वाचनको कथित महासङ्ग्राममा हाम्रो स्वतन्त्रता कहाँ कैद भइजान्छ ? हाम्रो स्वाभिमान कसको गोडामा झुक्दछ ? हाम्रो नागरिक चेतना नयाँ बोत्तलको पुरानै रक्सीमा झ्याप भएर किन नालीको दुर्गन्धमा पछारिन पुग्छ ?

नयाँ पुस्तालाई ‘राजनीति भनेको फोहर खेल हो’ भन्ने भाष्य पढाएर तिनलाई राजनीतिबाट टाढा राखेर देशको राजनीतिमा सँधै सँधै एउटा आदिम विचार एकलौटी रुपमा हावी भइरहेको छ । त्यो आदिम विचार भनेको राजनीतिक दलका शीर्ष भनिने नेताहरु हुन् । त्यो आदिम विचारलार्ई कसले मलजल गरिरहेको छ ? त्यो को बाट लालितपोषित छ ? यो कुराको हिसाबकिताब कसैसँग छैन । संस्थागत स्मृतिलाई कुन कुनामा धमिराले खाइरहेछ भन्ने कुराको कसैलाई मतलब छैन । नागरिकमा राजनीतिक चेतनाको एउटा उचाई विकास नभएसम्म कुनै पनि व्यवस्था सफल हुन सक्तैन भन्ने सत्यबोध नगरिकनै राजनीति गरिरहेको त्यही पुरानो विचारका कारण देश सँधैसँधै दुर्घटनामा परिरहेको छ ।

विचार, सिद्घान्त, निष्ठा, योजना र योग्यताले होइन, पद र पैसा, सत्ता र शक्ति, जात र क्षेत्रियता, थर र कुल गोत्रका हतियारले चुनाव जित्नेहरु सँधैसँधै सत्ता सङ्घर्षकै लागि मरिहत्ते गरिरहेका छन् । त्यो संघर्ष केवल सत्ता संघर्ष होइन, त्यो देशका लागि दुर्घटनाहरुको श्रृंखलामाथि थप श्रृंखला हो । किनभने गरिनु पर्ने र हुनु पर्ने संघर्ष सत्ता संघर्ष होइन, निर्मम राजनीतिक संघर्ष हो । राजनीतिको परम्परागत परिभाषाका सीमाहरु भत्काउँदै गरिने त्यो राजनीतिक संघर्ष जसले प्रजाजस्ता आम मान्छेको चेतनालाई नागरिक चेतनाको तहमा पु¥याउन सकोस् । आम मानिसको शक्तिको बाध आम मानिसलाई गराउनका लागि आवाज दिन सकोस् ।

निर्वाचनको कथित महासङ्ग्रामपछि चलिरहेको सत्ता संघर्षले देशको जीवनमा थप दुर्घटनाहरु निम्त्याउने आशंकाले नागरिक वृत्तमा (प्रजा बाहेकका !) छटपटीको गति बढाइरहेको छ । निर्वाचनमा युवा पुस्ताका केही भरोसिला युवाहरुको हारपछि देखिन थालेको त्यो छटपटी संसदीय दलको नेता छान्ने प्रतिष्पर्धामा पनि युवा पुस्ता हारेपछि अरु तीब्र भएको हो ।

राजनीति हो । हाम्रो व्यवस्थाले परिकल्पना गरेको पद्घतिमा हारजीत त भइ नै रहन्छ । त्यसैले हारजीत ठूलो कुरा होइन । ठूलो कुरा हो सत्यको बाटोमा हिँड्ने शाहस । उज्यालोको क्षितीज पहिल्याउने प्रयत्न । परिवर्तनको पक्षमा लड्ने दृढता । देशको जीवनलाई पटक पटक दुर्घटनाग्रस्त बनाउने आदिम विचार विरुद्घको विद्रोह ।

महाकवि रविन्द्रनाथ टैगोरको एउटा प्रसिद्घ गीत छ–तोबे एकला चलो रे ।
गीतको भावार्थले भन्छ–तिमीले आवाज देऊ । तिम्रो आवाजमा, मिसिन कोही आएनन् भने पनि हिँडिराख । हिँडिराख, एक्लै हिँडिराख । कोही बोलेनन्, कोही पनि बोलेनन् र डराएर कसैले मुख खोलेनन् भने पनि तिमी मुक्त कण्ठले बोलिराख । हिँडिराख, एक्लै हिँडिराख । सप्पै जना फर्किए र रात गहिरिदै गयो भने पनि काँडाहरु टेक्दै रक्तिम पाइला लिएर तिमी हिँडराख । हिँडिराख, एक्लै हिँडिराख । कतै दीयो जलेन र मध्य रातमा सप्पैले ढोका बन्द गरे भने पनि वज्र शिखाले हृदयको पञ्जर बालेर तिमी हिँडराख । हिँडिराख, एक्लै हिँडिराख ।

देशको जीवनलाई सँधैसँधै दुर्घटनाउन्मुख गराउनेहरुका विरुद्घमा हिँड्ने शाहस देखाउने यी युवाहरु के सँधै यसरी नै हिँडिरहलान् ? एक्लै भए पनि हिँडिरहलान्, हिँडिरहलान् ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?