ट्रेंडिंग:

>> मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु,७४ जना घाइते >> सन्दीपको मुद्दाको पेसी आज, पहिलो नम्बरमै पालो >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै >> अझै कतिञ्जेल धान्ने रेमिटान्सले ? >> स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा >> अस्थिरताको दुष्चक्रले प्रदेश सरकार बने मन्त्री उत्पादन गर्ने कारखाना : साढे ६ वर्षमा ५ जना मुख्यमन्त्री, ४७ जना मन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

कलाकारितामा पश्चिमका तारा…

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

सुर्खेतको कला क्षेत्रको कुरा गर्दा प्रेमदेव गिरीको नाम सबै दर्शक श्रोताको ओठमा झुडिन्छ । वि.सं. २०१० साल १० महिना १० गते जन्मिएका प्रेमदेव सांगीतीक क्षेत्रमा लाग्दा १४ वर्षका थिए । २०२४ सालबाट संगीतका तिनवटै बाध्यबाधन, नाटकर नृत्य विधालाई संगसंगै अगाडि बढाएका बरिष्ठ कलाकार प्रेमदेव गिरी उनको पेशार सांगीतिक यात्रासंग जोडिए ।
बाबा हरिलाल गिरीर आमा लिला गिरीका जेठा छोरा हुन् । माध्यमिक तहसम्मको शिक्षा मात्र आर्जन गरेका प्रेमदेवले सांगितीक क्षेत्रमा भने थुप्रै उपाधी जितीसकेका छन् । उनि भन्छन्–म वि.सं. २०१० साल माघ १० गते बुवा हरिलाल गिरीर आमा लीला गिरीको कोखबाट घरको जेठोछोराको रूपमा जन्मिएको हो । म सानैदेखी कला क्षेत्रभनेपछि हुरुक्क हुने मान्छे । मलाई यो क्षेत्रमा आउनलाई प्रेरणा त कसैले पनि दिएन । किनकी त्यती बेला यो क्षेत्रमा त्यती धेरै अग्रजहरू हुन ुुहुन्थेन । तर समाजको संस्कृती, जात्रार मेला अनीरोधीरलेउतीले नै मलाई यो पेशामा आउन प्रेरणा दिएका हुन् । त्यती बेला सम्म गाउने बजाउने भन्ने विषय जातीसंग जोडिन्थे । त्यती सजीलो थिएन सांगीतीक क्षेत्रलाई अगाडि बढाउनलाई । तर त्यस्तो अवस्थामा पनी मेरो परिवारर समाजले भने थुप्रै सहयोग गरेको हो ।
२०२४ सालमा पहिलो पटक नाटक, बाध्यबाधनर नृत्य तिनवटै विधालाई संगै लिएर मञ्चमा प्रवेश गरेको हुँ । जतीबेला म कक्षा ८ मा पब्लिक मिडील स्कुल अहिलेको जनउच्च माध्यामीक विद्यालयमा पढ्दै थिएँ । मैले पढाई संगसंगै आफ्नौ कलाक्षेत्रलाई पनी अगाडि बढाएँ  । मैले माध्यामिक तहको शिक्षा भने आनन्द पब्लिक हाईस्कुल गुमीबाट गरेको हुँ । त्यसपछि मैले पढाईलाई फुलस्टप लगाएर कलाक्षेत्रलाईनै सबथोक ठानेर त्यसैमा होमीए । मेरो बुवाआमा कृषी गर्ने हाम्रो परिवार त्यती सम्पन्न त होईन तर पनी हामी छोराछोरीको ईच्छालाई बुवाआमाले पहिलो प्राथमीकता दिनुहुन्थ्यो ।राष्ट्रिय नाचघर काठमान्डौंले अधिराज्यव्यापी प्रतीयोगीताराखेको थियो २०२९ सालमा । त्यो पनी सबैविधाको । जसमा भेरीअञ्चल बाट हामीहरूले भाग लिने मौका पायौं । हामी ६ जनाको टिम प्रतियोगीतामा भाग लिन गएका थियौं । बालकृष्ण मानन्धर, भिमबहादुर कार्की, टेकराज भारती, गोपाल बस्नेत, बिमला गन्धर्वर म लगाएत ६ जनाले प्रतीयोगीतामा भाग लिएका थियौं । त्यसमा हाम्रो समुहले नृत्यमा प्रथम भई स्वर्ण पदक जित्यौं । लोकगितले पनि प्रथम स्थान हात पार्नृ सफल भयो । हाम्रो ६ जनाको टिमबिचमा नृत्यका टेकराज,गोपालर मलाईराष्ट्रिया नाचघरले काठमान्डौं मानै बस्ने अवसर मिलायो । अरू तिन जना पर्किनुभयो । यसरी मेरो सांगितीक यात्रा काठमाडौं सम्म पनी लम्कियो । मैले २०३१ साल देखीरेडियो नेपाल केन्द्रिय प्रशारणमा पनी गितहरू संकलन गरी दिन थाले ।
कलाक्षेत्रमा लागेर त्यती बेलाको समएमा बांच्न एकदमै अप्ठ्यारो थियो । अहिले जस्तो व्यवसायीकता भएको थिएन कलाकारीता । तरपनी थुप्रै संघर्षका बिच कलाकारिताबाट हतोत्शाहित नभईकन लागीयोर आज सबैले प्रेमदेव गिरीको नामले चिन्छन् । कलाक्षेत्रमा लागेर मैले थुप्रै चिज पाएको छु । हाम्रो सुर्खेतले थुप्रै चिज पाएको छ । मैले पाउनुने सुर्खेतले पाउनु हो । मैले सबैको मायां पाएको छु । म एउटा संगीतको गोठालो हो । मैले समाजको मौलीकतालाई बचाएर, हेरविचार गरेर, संकलन गरेको मात्रै हो । म एउटा सर्जक हो । सुर्खेत जिल्लामा नाट्य कलाकारिताको एउटा छुट्टै ईतिहांस छ ।र समग्र कलाकारिताको पनी छुटै ईतिहांस छ ।
सुर्खेत जिल्ला एउटा यस्तो जिल्ला हो । जहां बहुजाती बहुभाषार बहुसंस्कृतीको मिश्रण छ जसका कारण कलाको हाईब्रेड जन्म भएको म भन्छु । नाटकको कुरा गर्दा करिब १ सय ५० वर्ष पहिले सुर्खेतको गोठिकाँडामा एकजना सादुले घरको आगनमा नाट्यरंगमञ्च कोरेको ईतीहांस छ । जसलाई युवापिडिहरूले सिक्दै आ–आफ्नो घरआगनमा नाट्यरंगमञ्च(सम्पुर्ण चरित्र जस्तै कुटेको दृश्य देखिने मुर्ती, मायां गरेको चित्रण गर्ने मुर्ती निर्माण गर्ने) गरे । जसको कारण नाटक पनी समाजमा कलाक्षेत्रको विकासर सामजको चित्रण गर्र्ने माध्यम हो भन्ने छाप पर्यो । पछिल्लो समएमा कलाकारिता गर्न एकदमै सजिलो छ । अग्रजहरूले सहयोगर समर्थन गर्नुहुन्छ । त्यो बेलामा हामीलाई निर्देशन गर्ने कोहि हुन्नथ्यो । सुर्खेतमा मैले कलाकारिता शुरु गर्नेबेलामा कुनै प्रतिष्ठानहरूको विकास भएको थिएन । २०५० सालमा बागीना समुहको स्थापना भयो यसमा धेरैको योगदान छ । म पनी संस्थापक सदस्य हो । पछिल्लो समए आरङ्ग नाट्य संस्था, उज्जवल कला परिवार, दोहोरी प्रतिष्ठानहरू स्थापना भएका छन् ।
हामीले २०३३ सालमा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पनी पाएका छौं । मेरो कामको मुल्याङ्गन गरेरे थुप्रै संघसंस्थार प्रतिष्ठानहरूले सम्मान गर्नुभएको छ । त्यो नै मेरो कमाई हो । भौतीक सम्पत्ती त मैले कलाक्षेत्रबाट कमाउन सकीन तर दर्शकका मायां पाएको छु । त्यसमा म सन्तुष्ट छु । मैले २०२९ सालदेखी २०४१ सालसम्म सांस्कृतीक संस्थानराष्ट्रिय नाचघरमा काम गरें । २०४३ सालदेखि २०४५ सालसम्मरेडियो नेपाल केन्द्रिय कार्यालयमा बाध्यबाधकको रूपमा काम गरी २०४५ सालमानै सुर्खेत आएको हुं । सुर्खेतमा आएर पनी मेैले मेरो कलाकारितालाई सेलाउन दिईन ।
२०४६ सालबाट २०५८ सालसम्म ईगरब्रिज माध्यामीक विद्यालयमा संगीत शिक्षकको रूपमा काम गरें । २०५९ सालदेखी हालसम्म पनि ईन्टरनेशनल को अपरेटिभ उच्च माध्यामिक विद्यालयमा संगीत शिक्षकको रूपमा कार्यरत छु । मेरो सांगीतीक क्षेत्रलाई संगसंगै अगाडि बढाएको छु । म मेरो पेशाप्रती एकदमै सन्तुष्टर खुसी छु । म कहिल्यै पनी यो पेशाबाट बाहिर जाने कल्पना पनी गरिन । जुन काममा मन दिईन्छर समय पनी दिईन्छ अबस्य पनी सफलता एकदिन मिल्छ भन्ने मेरो बुझाई छ । अब मेरो अन्तिम ईच्छा मेरो सबै सांगीतीक संकलनहरूको किताब निकाल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np