ट्रेंडिंग:

>> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण
विचार

लैंगिक हिंसाका वातावरणीय सवालहरु

२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

दुई दशक अघिसम्म माया, सम्पत्ति, संरक्षण र अस्तित्वको लागि हुने महिला संघर्षका विषयवस्तुहरु वर्तमान समयमा भने राजनैतिक, आर्थिक समानता, स्वतन्त्रता, हिँसामुक्त जीवन, प्रजनन् अघिकार र नीति निर्माणमा समान पहँुचजस्ता विषयमा केन्द्रित भएका छन् । खासगरी लैंगिक समावेशीकरण र लैंगिक हिंसाका मुद्दाहरुमा अहिलेको महिला आन्दोलन अघि बढिरहेको देखिन्छ । शिक्षा, सम्पत्ति, सहभागिता र सुरक्षामा लैंगिक विभेदका आवाजहरु निरन्तर उठिरहेको देखिएपनि महिलाहरुसंग जोडिएका वातावरणीय मुद्दाहरु खासगरी प्राकृतिक श्रोत सम्मको पहुँच, वातावरणीय सुरक्षा र वातावरणीय सेवाको लागि भुक्तानी जस्ता कुराहरुमा भैरहको लैंगिक विभेदका कुराहरु अझै सार्वजनिक बहसका विषयहरु बन्न सकिरहेका छैनन् ।

नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा जति लैंगिक विभेद र असुरक्षा छ, त्यो भन्दा धेरै विभेद र असुरक्षा वातावरणीय श्रोतको वितरण, प्रयोग र पहँुचमा देखिएको छ । सम्पत्तिको मुख्य श्रोत जमिन हो । खाद्य तथा कृषि संगठनका अनुसार आफ्नो नाममा जमिनको स्वामित्व भएका महिलाहरु विश्वमा २० प्रतिशत मात्र रहेका छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालका कूल परिवार मध्ये १९.७१ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा देखिएको छ, जवकी कूल परिवारमध्ये २५.७३ प्रतिशत परिवारका घरमूलीहरु महिला रहेका छन् । अंशबन्डाबाट सम्पत्ति जोगाउन सम्पत्ति पत्नीको नाममा राख्ने, संयुक्त लालपुर्जा राख्दा र महिलाको नाममा रजिस्ट्रेसन गर्दा कम शुल्क तिरे पुग्ने सुविधाले गर्दा जग्गा भएका महिलाको संख्या विश्वकोे हाराहारीमा भएको देखिएको भएपनि नेपालमा भूमिपति वास्तविक महिलाको संख्या निकै कम भएको उनीहरुको आर्थिक हैसियतलाई हेर्दा प्रष्ट देखिन्छ । तेश्रोलिंगीहरुको त झन् पैत्रिक सम्पत्तिमा अधिकार नपाइरहेको कारणले धनी परिवारका तेस्रोलिंगीहरु पनि सम्पत्ति बिहीन भैरहेका छन् । पुँजीको मुख्य श्रोत जमिनको स्वामित्व नभएकोले महिलाहरुले चाहेर पनि ऋण लिन, सरकारले दिने अनुदान प्राप्त गर्न, ब्यापार व्यवसाय गर्न सकेका छैनन् र उनीहरु परनिर्भर बन्न बाध्य छन् । परनिर्भरता नेपालमा लैंगिक हिंसाको मुख्य आधार बनिरहेको छ ।

जमिनमा महिलाको अधिकार कम भएपनि जमिनसँग सम्बन्धित कृषि कार्यमा भने महिलाहरु नै बढी सहभागी हुने गरेका छन् । जनगणना प्रतिवेदनका अनुसार आर्थिक रुपमा सक्रिय महिलाहरु मध्ये ७६.६१ प्रतिशत संलग्न भएको देखिन्छ । नेपालमा कृषि कार्य पारम्परिक र मानव बल केन्द्रित रहेको छ । अधिकांश खेतीपाती र पशुपालनका कामहरू महिलाले नै गर्नुपर्ने र यसका लागि महिलाहरु नै धेरै लामो समय खट्नु पर्ने हुँदा महिलाको स्वास्थ्यमा र वौद्धिक क्षमता विकासमा प्रतिकूल असर परिरहेको छ ।

२०७६ फागुन सम्ममा नेपालमा स्वच्छ उर्जा मानिने विद्युतमा ९० प्रतिशत जनसंख्याको पहँुच विस्तार भएको भएपनि अझैपनि ९ वटा नगरपालिका र १०८ वटा गाउँपालिकामा विद्युत सेवा पुग्न सकेको छैन । नेपालमा खपत हुने उर्जामा आधा भन्दा बढी हिस्सा परम्परागत उर्जा (दाउरा, गुइँठा र कृषि अवशेष) को रहेको देखिन्छ । भान्साकोठाहरु साँघुरा, अँध्यारा र बन्द किसिमका हुनु र खाना पकाउनको लागि परम्परागत उर्जाको प्रयोग बढी हुनाले नेपालमा घर भित्रको प्रदुषण दर विश्वमै उच्च रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिवर्ष घरभित्रको वायु प्रदुषणको कारणले करिव ८ हजार जनाको मृत्यु हुने गरेको छ र यी मध्ये अधिकांश महिला र बालबालिकाहरु हुने गरेका छन् । छाउ गोठमा र शहरका पक्की कोठामा आगो ताप्दा निसास्सिएर ८÷१० जना मर्दा महिला अधिकार र सामाजिक कार्यकर्ताहरुले ठुलो हल्लाखल्ला गर्ने भएपनि घर भित्रको वायु प्रदुषणले वर्षेनी ठुलो संख्यामा महिलाहरुको मृत्यु भैरहँदा यसलाई लैंगिक हिंसाको मुद्दा मानिएको छैन ।

पछिल्लो समयमा घर बाहिरका आर्थिक गतिविधिमा महिलाको संलग्नता बढिरहेको भएपनि महिलाका लागि ती क्षेत्रहरु कम सुरक्षित छन् । होटेल तथा रेष्टुरेन्ट, नगर सरसफाई, गार्मेन्ट, कार्पेट, ईट्टा कारखानामा महिलाहरु अस्वस्थकर वातावरणमा काम गर्न बाध्य छन् । उद्योग प्रतिष्ठानहरुले कामदारको लागि स्वास्थ्य, सरसफाई र सुरक्षाको व्यवस्था गर्नुपर्ने, महिलाको लागि छुट्टै शौचालय र बच्चा भएका महिलाको लागि विश्राम कक्षको व्यवस्था गर्नुपर्ने तथा गर्भवती महिलालाई सरल काममा लगाउनुपर्ने नीतिगत व्यवस्था भएपनि महिलाहरुले काम गर्ने अधिकांश कलकारखाना र अन्य क्षेत्रहरु वातावरणीय र भौतिक दृष्टिले असुरक्षित छन् । श्रमिक महिलाको यौन शोषण र दुव्र्यवहारका कुराहरु कहिलेकाही उठ्ने गरेको भएपनि यस्ता महिलाहरुले भोग्नुपरेको वातावरणिय समस्याहरु श्रम र लैंगिक आन्दोलनमा गौण बनिरहेका छन् ।

नेपाल २०७६ साल असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको भएपनि कुसंस्कर र गरिबीको कारण खुला ठाउमा शौच गर्नुपर्ने बाध्यतामा धेरै परिवारहरु छन् । यस्तो परिवारमा किशोरी र महिलाहरु ठूलो समस्यामा पर्ने गरेका छन् । दिसा गर्न खुल्ला ठाउँमा जानुपर्ने भएकोले महिलाहरुले थोरै खाना खानु परेको, दिसा पिशाब लामो समयसम्म रोक्दा महिलाहरु स्वास्थ्य समस्याबाट पिडित भएको र बाहिर दिसापिशाब गर्न जाँदा महिला हिंसाका घटनाहरु भएका खबरहरु बारम्बार संचार माध्यममा आइरहेका हुन्छन् । के यो अवस्था राष्ट्रिय बहस बनेका लैंगिक हिँसाका घटनाहरु भन्दा कम पीडादायी हुन र ?

अहिले पनि घाँस दाउरा गर्ने, पानीको जोहो गर्ने जिम्मा महिलाहरुकै रहेको पाइन्छ । युवाहरु रोजगारीको लागि बाहिर जाने क्रम बढेकोले घाँस दाउराको भार महिलाहरुमा अझ बढी परेको छ । बढ्दो वन विनासको कारणले गर्दा वनहरू मानव बस्तीदेखि धेरै टाढा पुगेका छन् । जसले गर्दा घाँस दाउराको व्यवस्था गर्नको लागि महिलाहरुले धेरै समय र श्रम खर्चनुपर्ने भएको छ । महिलाले उपयोग गर्ने अधिकांश वनहरू सामुदायिक वन बनिसकेका छन् । वन सम्बन्धी नीति नियमहरुले सामुदायिक वनमा महिलाको अधिकार सुनिश्चित गरेपनि उनीहरुको अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन । अहिले विस्वब्यापी रुपमा देखिएको जलवायु परिवर्तन, सुख्खा र खडेरीले पानीका श्रोतहरु सुक्दै गएका छन् । पानीका श्रोतहरु सुक्दै गएकोले परम्परागत श्रोतमा भर पर्ने महिलाहरुलाई पानी जोहो गर्न बढी दुःख गर्नु परिरहेको छ । कतिपय ठाँउमा त तेस्रोलिंगीलाई सार्वजनिक पानीका स्रोतमा पानी भर्न नदिएका घटनाहरु समेत देखिएका छन् । घाँसदाउरा, पानी र शौचको लागि मेहनत गर्नुपर्ने हँुदा महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक संलग्नतामा प्रतिकूल असर परिरहेको छ ।

पछिल्ला वर्षहरुमा पहाडी क्षेत्रमा बसाइसराइले गर्दा बस्तीहरु शुन्य हँुदैछन र भएका बस्तीहरुमा पनि महिला, बालबालिका र पाका पुस्ताहरु मात्र रहेका छन् । वन्यजन्तुले महिला र बालबालिकालाई कम टेर्ने भएकोले पहाडी क्षेत्रमा बढ्दो वन्यजन्तुको आक्रमणमा यिनीहरु नै बढी परेका छन् । महिला र बालबालिकाहरु साँझ नपर्दै ढोका थुनेर बस्न बाध्य भएको, बालिकाहरु टाढाको स्कूल जान नसकेको, खेतबारीमा काम गर्न नसकेको समाचारहरु आउने क्रम बढिरहेको छ । यसबाहेक महिलाको सोझोपनको फाइदा उठाई उनीहरुलाई तस्कर र शिकारीहरूले वातावरणीय अपराधमा संलग्न गराउने गरेको समेत पाइन्छ । गिट्टी कुट्ने, नदीबाट बालुवा निकाल्ने जस्ता काममा लागेका श्रमिक महिलाले भोग्नु परेका हिंसाजन्य घटनाहरु अनेकौ छन्, जुन हिँसा विरुद्धको अभियानमा चर्चाको स्थान पाइरहेका छैनन् ।

सामाजिक मूल्य मान्यता, परम्परा र आवश्यकताले गर्दा नेपालका महिलाहरु वातावरणसँग पुरुषको तुलनामा नजिक रहेका छन् । यही निकटताको कारणले महिलामा वातावरणीय ह्रासको असर बढी परेको देखिन्छ । वातावरणीय श्रोतहरुमा महिलाको कम पहुँच हुनु, महिलाहरुले गरेको वातावरणीय सेवाको उचित कदर नहुनु र वातावरणीय ह्रासबाट महिलामा असर परिरहँदा पनि महिलाहरुले न्याय नपाउनु लैंगिक हिंसाका प्रमुख वातावरणीय विषयवस्तु हुन्, जुन कुनै पनि अवस्थामा लैंगिक हिँसाका अन्य मुद्दाहरु भन्दा कम संवेदनशील छैनन् । तर अन्य अधिकारको बारेमा ठुलाठुला बहसहरु र आन्दोलनहरु भैरहँदा जीवनको अधिकार मानिने स्वस्थ वातावरण, प्राकृतिक श्रोत सम्मको पहँुच र प्राकृतिक श्रोतको समन्यायिक वितरण जस्ता वातावरणीय अधिकार प्रयोगमा भएका विभेद र हिंसाका कुराहरु ओझेलमा परिरहेका छन् । यी अधिकार बिना अन्य महिला अधिकारको उपलब्धताको अर्थ रहँदैन । महिलालाई स्वस्थ, सबल र सुरक्षित बनाउन उनीहरुमाथि भैरहेको वातावारणीय विभेद अन्त्य गर्ने र वातावरणीय न्यायमा पहुँच दिलाउनेलाई सम्पूर्ण वातावरणीय हक दिलाउनु पर्ने हुन्छ । यसका लागि लैंगिक हिँसा विरुद्धको आन्दोलनमा वातावरणीय मुद्दाहरु समेट्न जरुरी देखिन्छ ।   [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?