ट्रेंडिंग:

>> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’

राप्ती अञ्चल अस्पताल नै बिरामी

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

तुलसीपुरको राप्ती अञ्चल अस्पताल पछिल्लो समय थला परेको छ । साविक राप्ती अञ्चल लगायत बाँके, बर्दियाबाट पनि अञ्चल अस्पतालमा उपचारका लागि बिरामी आउने गर्छन् । तर अस्पतालले प्रभाबकारी सेवा दिन सकेको छैन । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँनु, पूर्वाधारको अभाब हुनुजस्ता कारणले अस्पताल रेफर सेन्टरका रूपमा विकास भएको छ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुर रेफर दर बढ्दै गएको छ । गएको आर्थिक बर्ष २०७४÷०७५ मा एक हजार ९ जनालाई रेफर गरिएको थियो  भने आर्थिक बर्ष २०७३÷०७४ मा पाँच सय ७५ जनालाई रेफर गरिएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ५० प्रतिसत बढि रेफरको संख्या हो । सामान्य बिरामीलाई पनि रेफर गरिने गरेको गुनासो आइरहेको बेला अञ्चल अस्पतालको तथ्याङ्ले पनि रेफर सेन्टरको रूपमा बिकास भएको देखाउँछ । अञ्चल अस्पतालका निमित्त मेडिकल सपरिटेन्डेन्ट डा. सर्वेश शर्माले पनि अस्पतालबाट रेफर गर्नेको संख्यामा बृद्धि भएको स्वीकार गरेका छन् । उनले अस्पतालमा जनशक्ति र स्रोत साधनको अभाबले गर्दा बिरामी रेफर गर्नेको संख्या बढेको बताए । ‘अस्पतालमा उचित स्रोत साधन छैन उनले भने जसले गर्दा बिरामी रेफर गर्नेको संख्या बढिरहेको छ ।
बिरामीको रेफर दर बढ्दै गएपनि सेवालिनेको संख्यामा भने कमी आएको छैन् । अञ्चल अस्पतालबाट गएको आर्थिक बर्ष २०७४÷७५ मा दाङ लगायत छिमेकी जिल्लाबाट ओपिडि सेवामा ४६ हजार ७७ जनाले सेवा लिएका थिए भने इमेरजेन्सी सेवामा ८ हजार तीन सय ७४ बिरामीहरूले सेवा लिएका थिए । त्यस्तै इन्डोर सेवामा तीन हजार पाँचसय ५७ जना बिरामीहरूले सेवा लिएको अस्पतालकी मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मीले जानकारी दिइन् । त्यस्तै आर्थिक बर्ष २०७३÷०७४ मा ओपिडि सेवामा ४७ हजार ३८, इमेरजेन्सी ६ हजार ७ सय ६८ र इन्डोर सेवामा ३ हजार ७४ जनाले सेवा लिएको रेग्मीले बताइन् ।
बिगत डेढबर्ष देखि राप्ती अञ्चल अस्पताल निमित्तको भरमा चलिरहेको छ । तत्कालिन मेसु डा. भालाराम श्रेष्ठ काजमा मन्त्रालयमा छन् । तर उनको दरबन्दी अझै अञ्चल अस्पतालमा छ । त्यसैले गर्दा पनि पटक पटक निमित्त मेसु नियुक्ति गरिँदै आएको छ । अस्पतालले डेढबर्ष देखि मेसु पाउन सकेको छैन ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार अस्पतालमा २ जना करार सहित ८ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल ५ जना मात्र कार्यरत रहेका छन् भने ३ जनाको पद रिक्त रहेको अस्पताल प्रशासनले बताएको छ । त्यस्तैगरी अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी रहेकोमा हाल छाला रोग, रेडियोलोजिस्ट, एनएन थेसोलोजिष्ट र नाक कान घाँटी रोग विशषेज्ञ डाक्टरको पद पनि रिक्त रहेको छ । अस्पतालमा बालरोग, महिला विशेषज्ञ, फिजिसीयन, मेडिकल जनर लजिस्टका चिकित्सकहरू भने कार्यरत रहेको अस्पतालका प्रशासन अधिकृत निम बहादुर वलीले बताए । यस्तै हेल्थ असिस्टेन्टमा दुईजनाको दरबन्दी भए पनि एकजनाको पद रिक्त रहेको छ । अस्पतालमा ४ जना अनमीको दरबन्दीमा अहिले ३ जना मात्र, अहेबमा ४ जनाको दरबन्दी भए पनि अहिले ३ जना मात्र, स्टाफ नर्सहरूमा दरबन्दी अनुसारको पदपूर्ति नभएको प्रशासन अधिकृत वलीले बताए ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आईसियू मेसिन जडान भएको दुई बर्ष भन्दा बढि भयो । तर आईसियू सेवा सञ्चालनमा आउन सकेको छैन् । आईसियुका लागि जडान भएका उपकरणले डाक्टर पर्खिरहेका छन् । दुई बर्ष भयो डाक्टर पर्खन थालेको तर अझै उपकरणले डाक्टर पाउन सकेको अबस्था छैन् । पटक पटक अस्पताल प्रशासनलाई बुझ्दा एउटै जवाफ दिन्छ जनशक्ति छैन् त्यसैले सञ्चालनमा आउन सकेको छैन् । अञ्चल अस्पतालका सूचना अधिकारी कमल सुबेदीका अनुसार आईसियु सेवा सञ्चालनका लागि बिशेषज्ञ, तालिम प्राप्त मेडिकल अधिकृत, स्टाफनर्स, अनमी, कार्यालय सहायक, स्वीपुरको आबश्यक पर्छ ।
तर यी दरबन्दीमा कर्मचारी नहुँदा सञ्चालनमा आउन नसकेको उनले बताए । अबको केही समयमा आईसियु सेवा सञ्चालनमा ल्याउने तयारी रहेको समेत उनले बताए । आईसियु सेवा शुरु नहुँदा सामान्य विरामीलाई पनि रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अहिले अञ्चल स्पताल रेफर सेन्टरको रूपमा विकास भएको आम नागरिकको गुनासो छ । अञ्चल अस्पतालका सेवा प्रभाबकारी नभएको सरोकारवालाले बताए । जनशक्ति अभाबकै कारण डायोलोसिस सेवा पनि प्रभाबकारी हुन सकेको छैन् । अहिले महिनामा ६ जनालाई मात्रै डायोलोसिस गराउँदै आएको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए । उनका अनुसार महिनामा १५/१६ जनालाई डायोलोसिस गराउन सकिने भएपनि कर्मचारी अभावकै कारण महिनामा ६ जना भन्दा बढिलाई सेवा प्रदान गर्न नसकिएको उनले बताए । एउटा विरामीलाई हप्तामा दुई पटक डायोलोसिस गराउनु पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?