Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेशसभा

पाल्पा २ (१) मा कांग्रेसका राना विजयी


बुटवल,८ मंसिर । पाल्पा क्षेत्र नं २ को १ लुम्बिनी प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन्। कांग्रेस उम्मेदवार रानाले नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईलाई पराजित गरेका हुन्।

रानाले १६ हजार ३९ मत पाएका छन भने उपविजेत बनेका नेकपा एमालेका उम्मेदवार भट्टराईले १३ हजार ९ सय ६४मत पाएका छन्।

विजेता रानाले २ हजार ७५ मतले एमाले उम्मेदवार भट्टराईलाई पराजित गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले कांग्रेस उम्मेदवार रानालाई विजेता घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?