ट्रेंडिंग:

>> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई
लुम्बिनी प्रदेश सभा

क–कसको होला ‘रि–ईन्ट्री’ ?

७ मंसिर २०७९, बुधबार
७ मंसिर २०७९, बुधबार

बुटवल, ७ मंसिर ।

लुम्बिनी प्रदेश सांसदमा निर्वाचन लडेका पुराना सांसदको यात्रा यो पटक पनि तय होला या नहोला ? भन्ने विषयमा आंकलन सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार अधिकांश स्थानमा चुनाव लडेका लुम्बिनी प्रदेशका पुराना सांसदहरु यो पटक पनि यात्रा तय गर्ने वा नगर्ने विषयमा चर्चा बढ्दै गएको हो ।

लुम्बिनी प्रदेशको दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पुर्वबाट यो पटक नयाँ सांसद नै आउने निश्चित छ भने रोल्पा जिल्लामा दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेकोमा रोल्पा १ बाट नेपाली काग्रेसका प्रदेश अध्यक्ष समेत रहेका अमरसिंह पुन स्वतन्त्र उमेद्वार दिएका दिपेन्द्र कुमार पुन मगर भन्दा प्रारम्भिक नतिजा अनुसार पछाडि छन् । प्रारम्भिक नतिजा अनुसार दिपेन्द्र कुमार पुन मगरको रि ईन्ट्री हुने देखिएको छ भने काग्रेसका प्रदेश सभापति अमरसिंह पुन ‘रेड जोन’मा परेका छन् । रोल्पा जिल्लाको निर्वाचन क्षेत्र ः १(२) बाट विजयी भएका पुनमगर यो पटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा रहेका हुन् ।

गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १(१) बाट पुनः निर्वाचन लडेका माओवादी केन्द्रका नेता सुदर्शन बरालको क्षेत्रको मतगणना नै सुरु भएको छैन । नेकपा एमालेका चिन्तामणि पाण्डेसँग उनी चुनावी मैदानमा रहेका छन् । गुल्मीको अन्य निर्वाचन क्षेत्रमा भने यो पटक नयाँ अनुहार नै संसद यात्रा तय हुने देखिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र १(१) र १(२) मा नयाँ उमेद्वार मैदानमा छन् भने पाल्पा निर्वाचन क्षेत्र २(१) मा विरबहादुर राना चुनावी मैदानमा रहेका छन् ।

प्रदेशका मन्त्री समेत रहेका राना यो पटक पनि चुनाव लडेका हुन । उनी नेकपा एमालेका नेता परशुराम भट्टराई संगै प्रतिष्पर्धामा रहेका छन् । यद्यपि प्रारम्भिक नतिजा अनुसार राना अगाडि रहेका छन् ।

पाल्पा २(२) मा लुम्बिनी प्रदेशका निर्वतनमा सांसद माओवादी केन्द्रका तुलाराम घर्तीमगर (वसन्त) चुनावी मैदानमा रहेका छन् । उनी संगै तिनाउ गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका आमे बहादुर घर्ती मगर प्रतिष्पर्धामा रहेका छन् ।

अर्घाखाँची जिल्लाबाट निवर्तमान प्रदेश सांसद रहेका नेकपा एमालेका चेतनारायण आचार्य चुनावी मैदानमा रहेका छन् । प्रारम्भिक नतिजा अनुसार उनी राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री) भन्दा अगाडि देखिएका छन् । यस्तै अर्घाखाँची निर्वाचन १(२) मा नेकपा एमालेबाट निवर्तमान सांसाद रामजी प्रसाद घिमिरे चुनावी मैदानमा छन् । उनी नेपाली काग्रेसका कमल प्रसाद भुषाल संग चुनावी मैदानमा रहेका हुन् । प्रारम्भिक नतिजा अनुसार घिमिरे भुसाल भन्दा झिनो मतले अगाडि देखिएका छन् । उनको संसद यात्रा पुनः होला या नहोला अन्तिम नतिजा नआउँदा सम्म भन्न सक्ने अवस्था छैन ।

रुपन्देहीको निर्वाचन क्षेत्र १(१) पुराना सांसद मैदानमा छैनन् भने १(२) मा नेकपा एमालेबाट दधिराम शर्मा चुनावी मैदानमा छन् । प्रारम्भिक नतिजा अनुसार उनी नेपाली कागे्रसका पुर्व जिल्ला सभापति समेत रहेका पुर्व राज्य मन्त्री अब्दुल रज्जाक गद्दी भन्दा अगाडि देखिएका छन् ।

यस्तै रुपन्देही २(१) मा पुर्व प्रदेश मन्त्री समेत रहेका लिला गिरी नेपाली कागेसका नेता दीर्घ बहादुर केसी भन्दा अगाडि देखिएका छन् । २(२) निर्वाचन क्षेत्रमा पनि पुर्व मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका भोज प्रसाद श्रेष्ठ चुनावी मैदानमा छन् । उनी नेकपा माओवादी केन्द्रका बामदेव क्षेत्री (घिमिरे) भन्दा अगाडि देखिएका छन् ।

रुपन्देही ३(१) मा पुर्व मन्त्री समेत रहेका सन्तोष कुमार पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मैदानमा छन् । जनता समाजवादी पार्टीका महेन्द्र यादव भन्दा पाण्डेय प्रारम्भिक नतिजा अनुसार अगाडि देखिएका हुन् । ३(२) मा नेकपा एमालेका नेता निवर्तमान संसाद तुलसी चौधरी र नेपाली काग्रेसका रामचन्द्र ढकाल चुनावी मैदानमा रहेका छन् । ढकाल भन्दा चौधरी अगाडि देखिएका हुन् ।

रुपन्देही ४(१) मा प्रदेशका पुर्व संसाद अष्टभुजा पाठक नेपाली काग्रेसबाट चुनावी मैदानमा रहँदा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानिया विजयी भैसकेका छन् । रुपन्देहीकै ४(२) मा लुम्बिनी प्रदेशका वाहलवाला मन्त्री समेत रहेका वसी उद्दीन खाँ प्रारम्भिक नतिजा अनुसार अगाडि रहेका छन् । उनी संगै जनमत पार्टीका अर्जुन प्रसाद जैसवालले पछ्याईरहेको पाइएको छ ।

रुपन्देहीको ५(१) मा नेकपा एमालेका भूमिश्वर ढकाल माओवादी कन्द्रका विनोद पहाडी भन्दा फराकिलो अन्तरले अगाडि देखिएका छन् । यस्तै ५(२) मा भने नेपाली काँग्रेसका फकरुद्दीन खाँन निवर्तमान सांसद जनमत पार्टीका चन्द्रकेश गुप्ता भन्दा पछाडि देखिएका छन् । प्रारम्भिक नतिजा अनुसार फखरुद्दीन खानको संसद यात्रा पुनः तय होला ना नहोला भन्ने अन्तिम नतिजा आउँदा सम्म भन्न सकिने अवस्था छैन ।

कपिलवस्तुको १(१) मा नेपका एमालेका विष्णु प्रसाद पन्थी अगाडि देखिएका छन् । उनलाई नेपाली काग्रेसका डोलकराम घिमिरेले पछ्याईरहेका हुन् । यस्तै कपिलवस्तु १(२) मा पुर्व मन्त्री समेत रहेका नेपाली काग्रेसका सहसराम यादव चुनावमा छन् । उनी संगै नेकपा एमालेका मधुसुदन शरण चौधरी÷कुर्मी चुनावी मैदानमा छन् । कपिलवस्तु २(१) मा नयाँ उम्मेद्वार मैदानमा छन् । २(२) मा लुम्बिनी प्रदेशका पुर्व सांसद धर्म बहादुर लाल श्रीवास्तव नेकपा एमालेबाट चुनावी मैदानमा रहेका छन् । उनी संगै नेपाली काग्रेसका सुधाकर पाण्डे मैदानमा रहेका हुन् ।

कपिलवस्तु ३(१) बाट पुर्व लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसी चुनावी मैदानमा रहेका छन् । एमालेबाट चुनाव लडेका उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रविदत्त मिश्रा भन्दा अगाडि देखिएका हुन् । ३(२) मा नेपाली काग्रेसका विरेन्द्र कुमार कनौडिया पुर्व सांसद चुनावी मैदानमा छन् । उनी भन्दा नेकपा एमालेका रजाउरहमान खाँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादव अगाडि देखिएका छन् । प्रारम्भिक नतिजामा कनौडीया अन्य दुई जना उम्मेद्वार भन्दा तल रहेका छन् ।

प्यूठान निर्वाचन क्षेत्र (१) २ मा प्रदेश पुर्व सांसद रहेका हरि प्रसाद रिजाल नेकपा एमालेबाट चुनावी मैदानमा छन् । उनी नेपाली काग्रेसका सरोज थापा भन्दा अगाडि देखिएका छन् । दाङ १(१) मा पुर्व सांसद तथा मन्त्री ईन्द्रजीत थारु अगाडि छन् । दाङ २(१) मा नयाँ उम्मेद्वार छन् । दाङ ३(१) मा नेपाली काग्रेसका डिल्ली चौधरी पुर्व सांसद अगाडि देखिएका छन् । उनी एमालेका घनश्याम पाण्डे भन्दा अगाडि देखिएका हुन् । ३(२) मा भने नयाँ उम्मेदवार मैदानमा रहेका हुन् ।

बाँके १(१) मा मा माओवादी केन्द्रकी पुर्व सांसद रहेकी कृष्णा केसी चुनावी मैदानमा छन् । १(२) मा नयाँ उम्मेद्वार रहेका छन् भने बाँके २(१) मा पुर्व सांसद रहेका विजय बहादुर यादव नेकपा एमालेबाट चुनावी मैदानमा छन् । उनी जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर भन्दा पछाडि देखिएका छन् । प्रारम्भिक नतिजा अनुसार बाँके २(२) मा पुर्व सांसद सुरेन्द्र बहादुर हमाल चुनावी मैदानमा छन् । नेपाली काँग्रेसका उनी प्रारम्भिक नतिजा अनुसार उनी जनता समाजवादी पार्टीका आदेश कुमार अग्रवाल भन्दा पछाडि देखिएका हुन । बाँके ३(१) र ३(२) मा नयाँ उमेद्वार चुनावी मैदानमा रहेका हुन् ।

यस्तै बर्दिया १(१) मा १(२) मा नयाँ उमेद्वार मैदानमा छन् । बर्दिया २(१) मा नयाँ उम्मद्वार र बर्दिया २(२) मा अघिल्लो पटक समानुपातिकबाट प्रदेश सांसद सहित उप सभामुख समेत रहेकी कृष्णी थारु यो पटक नेकपा एमालेबाट चुनावी मैदानमा छन् ।

नवलपरासी १(१) मा नयाँ उम्मेद्वार र १(२) मा पनि नयाँ उम्मेद्वार मैदानमा छन् । यस्तै नवलपरासी २(१) मा नयाँ र २(२) मा नेपाली काग्रेसका बैजनाथ कलवार चुनावी मैदानमा छन् । उनको प्रदेश सांसदको यात्रा तय हुने नहुनेमा अझै स्पष्ट चित्र देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?