ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग
समाचार
सम्झना बिर्सना :

अल बिदा एन.बी. : हामी सधैं सम्झिरहने छौं

३ मंसिर २०७९, शनिबार ०७:४५
३ मंसिर २०७९, शनिबार ०७:४५

हाम्रो पहिलो भेट कहिले भयो ठ्याक्कै याद भएन । तर बुटवलको राजमार्ग चौराहामा रहेको रेडियो समावेशीमा २०७० सालतिर म समाचार प्रमुख हुंदा एन बी कंडेल त्यहां शैक्षिक कार्यक्रम चलाउंथे । उनी त्यो बेला बुटवल लक्ष्मीनगरको एक बोर्डिङ स्कुलका शिक्षक पनि थिए । त्यसअघि बुटवल तामनगरकै अर्को बोर्डिङका शिक्षक रहेछन् ।

त्यही बेलादेखि उनको र मेरो संगत बाक्लो हुंंदै गएको हो । त्यो बेला उनी अरु कसैको साप्ताहिक पत्रिकामा जोडिएर पनि काम गर्दै थिए । तर त्यहां सन्तुष्ट नभएपछि आफै एउटा साप्ताहिक पत्रिका चलाउने कुरा चल्यो । मैले नाम जुराइदिएं बुद्धभूमि साप्ताहिक ।

मैले व्यवस्थापकीय जिम्मेवारी वहन गर्न गाह्रो हुन्छ भनेपछि पत्रिकाको प्रकाशक÷सम्पादक एनबी कंडेल नै भए । म अतिथि सम्पादक र कपिल ज्ञवाली कार्यकारी सम्पादक भएर पत्रिका राम्रै चलायौं । केही वर्ष त्यो पत्रिकामा संगै काम गर्दा हाम्रो मित्रता झन् गाढा भयो ।

शुरुवाती दिनमा एनबी रंग पत्रकारितामा अलि विशेष शौखिन थिए । त्यो बेला म कान्तिपुर साप्ताहिकमा पनि आवद्ध थिएं, त्यो पत्रिकामा मनोरन्जन विशेष समाचार चाहिने भएकाले उनी र म धेरै कन्सर्ट, डान्स पार्टी, मेला महोत्सवका सांस्कृतिक कार्यक्रममा संगै गएर रिपोर्टिङ गथ्र्यौं ।
त्यसबेला देखि एनबीले मलाई पत्रकारिताको गुरु भन्ने र मान्ने पनि गर्थे । पछि पत्रिकाले सन्तोषजनक पारिश्रमिक दिने अवस्था नरहेपछि पत्रिकालाई एनबीकै जिम्मा दिएर म र कपिल सौहार्दतापुर्वक विदा लियौं ।

हामीले छाडेपछि पनि पत्रिका केही वर्ष राम्रो चल्यो । बेला बेलामा पत्रकारितासंग सम्बन्धित साथीहरुले पत्रिकाको नाम कस्तो राम्रो कस्ले जुराएको हो भन्दा एनबीले टीआर सर हो भन्थे । कतिपयले त्यति राम्रो नामको पत्रिका आफै दर्ता गरेको भए हुने भनेर सुझाव पनि दिएका थिए मलाई ।

पत्रिकाबाट छु्ट्टिए पनि एनबी र मेरो मित्रता र सम्बन्ध छु्ट्टिएन । पछि म गौतमबुद्ध सन्देश दैनिकको सम्पादक भएर काम गर्न थांले । हाम्रो पत्रिका अरुको छापाखानामा छापिन्थ्यो । त्यतिबेला एनबीले छापाखाना सञ्चालन गरेका थिए । एक दिनको भेटमा तपाईको पत्रिका पनि मेरो मेसिनमा छापौं, तपाईले मेशिनमा शेयर हाल्नुस भने एनबीले ।

मैले पनि यसो सोंच्दा ठीकै लाग्यो अनि मेशिनमा मैले ४ लाख रुपैयां र गौतमबुद्ध सन्देशकै सञ्चालक माधव न्यौपाने भाइलाई पनि कन्भिन्स गरेर उनलाई पनि २ लाख लगानी गर्न लगाएं । सबैको गर्दा २० लाख मुल्य मुल्यांकन गरेर मेशिनमा साझेदारी गरियो ।

तर लगत्तै उक्त मेशिनमा समस्या आउन थाल्यो । छाप्ने अपरेटर पनि भने जस्तो पाइएन । जसले गर्दा मेशिन मर्मत,अपरेटरको तलब र मेशिन राखेको घर भाडाको खर्च थपिंदै जान थाल्यो । आफ्नो छापाखाना भएपनि पत्रिका अन्तै छाप्नुपर्ने वाध्यता आइलाग्यो । केही महिनामै खरिद मुल्यको आधा घाटा खाएर त्यो मेशिन तनहुंको एकजनालाई १० लाखमा बेचियो ।

जे होस् राम्रो होला भनेर लगानी गरियो तर भएन भनेर चित्त बुझाइयो । यसबाट आफुलाई अनुभव र जानकारी नभएको क्षेत्रमा लगानी गर्न नहुने रहेछ भन्ने पाठ सिकियो ।

त्यसयता हाम्रो भेटघाट बाक्लै हुन्थ्यो । उनी ग्लोबल आवाज अनलाइनको सम्पादक हुंदा धेरै कुरामा मसंग सल्लाह लिने गर्थे । सल्लाह लिनुप¥यो भने जहिलेपनि तपाई त मेरो गुरु हो नि भनेर आदर गर्ने स्वभाव थियो उनको । कतिपय विषयमा मैले कडा बोल्दा÷टिप्पणी गर्दा पनि उनी कहिल्यै रिसाएनन् ।

पछिल्लोपटक चुनावी रिपोर्टिङका क्रममा अर्घाखांची र गुल्मीसम्म संगै जाने अवसर जु¥यो । त्यसको लागि स्कारपियो गाडीको व्यवस्थापन एनबीले नै गरे । दुबै ठाउंको यात्रा रमाइलो भयो । त्यसपछि हाम्रो भेट ६ दिन अघि सुमन श्रेष्ठ,ग्लोबल आवाजकी श्रृष्टि अधिकारी भुसाल र म बीच ग्लोबल आवाज अनलाइनकै छेउको एक क्याफेमा भएको थियो जहां कफि मात्रै खाएर पछि केही गहन विषयमा सल्लाह गर्ने भनेर छुट्टिएका थियौं ।
बिहीबार राति पौने १२ बजे भैरहवामा मंसिर ४ को चुनावसंग सम्बन्धित सहमतिपत्र भनेर आएकोे एउटा कागजका विषयमा म्यासेन्जरमा छोटो कुराकानी भयो । रात छिप्पिसकेकाले भोलि कुरा गर्ने भनेर सुतियो ।

शुक्रबार बिहान पनि त्यही विषयमा कुरा भयो । त्यो समाचार अनलाइनखबरमा डेस्कबाटै आएको थियो । अरु धेरै मिडियामा पनि समाचार आएको थियो । पछि त्यो भ्रामक र असत्य हो भनियो । तर यतातिर म आवद्ध मिडियाको मात्र नाम तोकेर विज्ञप्ति आए, उजुरी हालिए । पत्रकार महासंघकै कार्यसमिति र पार्टीको जिल्ला समितिमा रहेका पात्रले डण्डा लगाउनपर्छ भन्दै म्यासेज पठाए । यस्तै कुराले शनिबार बिहानैदेखि म अलि मुड खराबमा थिएं ।

यत्तिकैमा एनबीले फोन गर्दै टेन्सन नलिनुस् अगाडि बढेको मान्छेको खुट्टा तान्ने र कमजोर बनाउनेहरु पत्रकार नै छन् मैले पनि यस्तो भोगेको छु,दिउंसो भेटेर कुरा गरौंला भने । दिउंसो ५ बजेतिर फोनमा कुराकानी भएर सांझ तिनकुनेको मेरो चियामा भेट्ने कुरा भो । त्यहां हाम्रो भेट भयो । एनबीले खाजा खाउं भने मैले खान मन छैन भनें । दुई गिलास कागती पानी मात्रै खाइयो ।

करिब पौने एक घण्टा त्यही हस्ताक्षरवाला सहमतिपत्र, हतारमा गर्नुपर्ने अनलाइन पत्रकारिताका अप्ठ्यारा पाटा,पत्रकारले पत्रकारकै विरुद्धमा गर्ने खुराफात र खुट्टा तान्ने प्रवृत्ति आदि विषयमा एनबीले धेरै कुराहरु गरे । मैले सुनें र राहत महसुस गरें । एनबीले आफ्नो व्यवहारिक पाटोबारे केही कुरा भए ।

हाम्रो बसाई अवधिभर म फ्रेश मुडमा हुन सकिरहेको थिइन । एनबीले तनाव नलिनुस् भन्दै एउटा टिकटक बनाउन लगाएर आफै पोष्ट गर्दिए र ह्याप्पी मुड बनाउन लगाएर फोटो पनि खिचिदिएर स्टोरीमा राख्न लगाए । र भोलितिर भेट्ने भन्दै निस्कियौं ।

मैले एनबी तिनकुनेबाट माथि जाने होलान् भन्ने सोचेर विदा भएर तलतिर झरें तर शिवालय मन्दिर निर पुग्दा म पनि तलतिर जानुपर्ने भयो भन्दै आए । म होराइजनचोकबाट पश्चिम मोडिएर प्रेस चौतारीका अध्यक्ष सहकर्मी लक्ष्मण पौडेललाई भेट्न गएं, उनी योगिकुटीतिर लागेछन् ।

पछि साढे ७ बजेतिर लुम्बिनी तिनाउ रेडिमिक्सको ट्रकले ठक्कर दिएर दर्दनाक दुर्घटना भयो भन्ने कुरा सुनेपछि तत्काल लुम्बिनी अस्पताल पुगियो । तर एनबीको रक्ताम्य टाउको देखेपछि एकछिन पनि हेर्न सकिन । मन भक्कानियो । चक्कर आएजस्तो भो । यसो बुझ्दा स्पट डेथ रहेछ । अस्पतालको इमर्जेन्सीमा एकपछि अर्को पत्रकार र आफन्तहरुको भीड लाग्यो र केही समयपछि अस्पतालले मृत घोषणा ग¥यो ।

एनबीका भाइ सुनिलसंग पनि मेरो नजिकको सम्बन्ध थियो, उनले दाइको दुर्घटनाबारे सकभर कसैलाई फेसबुकमा पोष्ट गर्न नदिनु भनेका थिए । शब पोष्टमार्टमपछि भोलिपल्ट अन्त्येष्टीका लागि फेरि अस्पताल जम्मा हुने गरी सबै पत्रकार र आफन्तहरु घर तिर लाग्यौं । मेरो घरमा पनि आउने जाने भएकाले मेरो श्रीमती र छोरीले समेत एनबीलाई नजिकबाट चिनेका थिए, एनबीसंग म मेरो चियामा हुंदा हामी संगै छौं केहीबेरमा घर आउंछु भनेको थिएं ।

तर पछि फोन आउंदा एनबीको दुर्घटना भयो म अस्पताल छु भन्दा श्रीमतीले पत्याइनन् । घर आउंदा त जताततै फेसबुकमा श्रद्धाञ्जली दिएका छन् भन्दै गहिरो दुख र चिन्ता जाहेर गरे ।

यसरी मैले शुक्रबार सांझ एक घण्टा अघि भेटेर धैरे विषयमा भलाकुसारी गर्दै केही योजना समेत बनाएर छुट्टिएको आफ्नो अति निकट मित्र र पत्रकारिताको मिलनसार चेलो अल्पायुमै गुमाउन पर्दा स्तब्ध भएको छ मन । रुपन्देहीको पत्रकारितामा उदियमान सम्पादक बनेर कुशलतापुर्वक जिम्मेवारी निभाउंदै गरेका एनबीको अल्पायुमै भएको निधनले रुपन्देहीका पत्रकार मात्र होइन, सामाजिक संघसंस्था र उद्योगी व्यवसायी पनि दुखित छन् ।

जति कामना गरेपनि प्रारब्धमा जे लेखेको थियो, भएरै छाड्यो । दुखको यस घडिमा एनबीकी धर्मपत्नी मन्जु , एक नाबालक छोरा र केही महिना मात्रकी छोरीसहित सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना । अब हाम्रो हाम्रो दायित्व अकल्पनीय पीडामा परेकी मनुसहित उनको परिवारलाई भविष्यसम्म राहत कसरी दिन सकिन्छ भन्नेमा जान जरुरी छ ।

यसमा एनबी आवद्ध संगठन प्रेस चौतारी, उनी आवद्ध सञ्चार संस्था ग्लोबल आवाजका सञ्चालक गौतम भसाल र तपाई हामी सबैले ध्यान अवश्य दिने छौं । हामीलाई छाडेर गएपनि एनबी तिमीलाई हामी सबैले बांचुन्जेल सम्झिरहने छौं एक असल सञ्चारकर्मी र मिलनसार साथीका रुपमा । भावपूर्ण श्रद्धासुमन । अल बिदा एनबी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?