ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा…

यो संसारमा सबैभन्दा प्यारो को ?

२२ कार्तिक २०७९, मंगलवार
२२ कार्तिक २०७९, मंगलवार

‘आत्मनः तु कामाय अर्थात् आफ्नो इच्छाका लागि अरु मायाँ लाग्दो हुन्छन्’
मैत्रेयीलाई ब्रह्मवादिनी भनिन्छ । उनलाई मन्त्र द्रष्टा पनि भनिन्छ । उनमा ज्ञानको जिज्ञासा थियो । त्यस ज्ञानको तिर्खा मेट्न उनले याज्ञवल्क्यसँग शिक्षा ग्रहण गरेकी हुन् । याज्ञवल्क्यका शिक्षाले उनको जीवन रुपान्तरण भयो । यस रुपान्तरण पछि उनी ब्रह्मवादिनी बनिन् । उनले मन्त्र रचना गरिन् । उनको नामबाट उपनिषद्हरु छन् । थुप्रै वेदमन्त्रहरु छन् । उनको जीवन जुन उपदेशले रुपान्तरण भएको छ, त्यो सविस्तार बृहद् आरण्यक उपनिषदमा दिइएको छ । मैत्रेयीलाई सर्वाधिक प्रभाव पारेको उपदेश निम्नलिखित देखिन्छ ।
याज्ञवल्क्यले भनेका छन्– हे मैत्रेयी, अत्यन्त रहस्यको र विचित्र कुरा सुन् । अरुको स्वार्थका लागि कोही कसैका लगि प्रिय हुँदैन, सबै आफ्नै सवार्थका लागि प्रिय हुन्छन् । सबै प्राणी उनीहरुको हितका लागि प्रिय हुँदैनन्, बरु आफ्नो हितका लागि प्रिय हुन्छन् ।।४.५.६।।
पति मर्दा पत्नी आफ्नो समस्याले रुन्छ । पतिका कारणले होइन आफ्नो कारणले । पति नहुँदा मेरो सुरक्षा कसले गर्ला ? त्यसैगरी पत्नी मर्दा पतिलाई आफनो चिन्ता हुन्छ, मेरो के होला ? कसले मेरो स्याहार गर्ला ?
सबैलाई आफ्नो पिर हो ।
छोरो स्कूलमा फस्र्ट आयो बाबु खुशी छ । छोरोको योग्यताको कराण्ले होइन, मेरो नाक घिरौंला जत्रो बनाइदियो ।
छोरो फेलभयो भने उसको योग्यता कम भयो यसमा दुःखी हुनुपर्ने । अरुका छोरा छोरी पास मेरो फेल । मलाई के भन्लान् । यसको पीर ।
दिनभरि घर बसेका बच्चा साँझ आमालाई देखेर खुशी हुन्छन्, आमाले मलाई के ल्याइदिनु भयो ? आमा भएर खुशी होइन, आमाले के ल्याइदिइन् भनेर खुशी ।
केही न दिए त्यो पनि खुस छैन ।
दिनभरिको कामले थाकेर खडानन्द घर पुग्यो । देख्यो सानो छोरो मुख फुलाएर बसेको छ । रिसाएको छ । सधैं त बाबा आउनु भयो भन्थ्यो । आज स्वागत पनि गरेन ।
खडानन्द– बाबु, के भयो ।
छोरा – तपाईंको स्वास्नीले मलाई पिटिन् ।
रिस उठेपछि नातो नै फेरियो । मेरी आमा होइन, तपाईंकी स्वास्नी ।
अन्तिम समयका बुढाबुढीलाई भेट्न आउनेहरुसँग गरेको एउटा व्यवहारले मलाई आश्चर्य लाग्छ । उमर्को लागेको वृद्ध छ । साँस फेर्न गाह्रो भइरहेको छ । साँस अडकीरहन्छ । आँखाले राम्ररी देखिन्न । कानले राम्ररी सुनिन्न । भेटालु आएर सोध्छन्– मलाई चिन्नु भो, बाजे (बज्यै) मलाई चिन्नु भो ?
जुन बिरामीले आफैंलाई चिन्न सकेको छैन । उसलाई उल्टै सोध्छन् मलाई चिन्नु भो ।
पितृ परेकाहरुले आफ्नो हात हेर्छन्, खुटटा हेर्छन्, पुराना फोटो हेर्छन् र आफैंलाई प्रश्न गर्छन्– के यो म नै हो ? यस्ता पितृहरुलाई आएर सोध्छन्– मलाई चिन्नु भो ।
यदि त्यस पितृले चिनेर ए फलानो रैछ भन्यो भने मख्ख पर्छन्, मलाई त फलानोले चिन्यो । यदि चिनेन भने भन्न थाल्छन् – फलानोले त मलाई चिनेन । चिन्न पनि छोडेछ । अब धेरै बाँच्दैन ।
–संसारमा सबभन्दा प्यारो को हुन्छ ? अकबरले सोधे ।
दरबारमा भारदारहरुले फरक फरक उत्तर दिए । कसैले प्रेमिका भने, कसैले पति भने । कसैले सन्तान भने । कसैले आमा भने ।
बीरबलले भने – होइन सरकार संसारमा सबभन्दा बढी मायाँ आफ्नै लाग्छ ।
अकबर–कसरी ? आमाले सन्तानको मायाँका लागि ज्यान दिन्छन् ।
बीरबलले भन्यो – भोली देखाउँछु ।
भोली दरबारमा उसले सानो पाठो भएकी सुन्दरी (बाँदर्नी) लिएर आयो । त्यसलाई एउटा टबमा राखेर बाहिर निस्कन नपाउने गरीराख्यो । अब दरबारका सेवकलाई त्यस टबमा विस्तारै पानी भर्न लगायो । बाँदरले बच्चालाई कसेर समात्यो । बच्चालाई अग्लो बनाउँदै बचाउँदै ग¥यो । काँधमा पानी भए पछि सिरमा राखेर पनि बचायो । तर जब पानी बाँदरको मुखसम्म पुग्यो । बाँदरको नाकमा पानी पस्नासाथ उसले बच्चालाई भाँडाको पिँधमा राखेर आफू त्यसमाथि उभियो ।
सबै चकित भए ।
बीरबलले तुरन्त पानी फाल्न लगाएर बच्चा निकाल्न लगाए । बाँदरलाई बच्चा दिएर टब बाहिर निकाल्यो । यही कुरा बृहद् आरण्यक उपनिषदमा याज्ञवल्क्यले भनेका हुन् ।
मिथिलामा आश्रम बनाएर गुरुकुल चलाउने महर्षि याज्ञवल्क्यका दुई पत्नी थिए । पहिलो पत्नी भारद्वाज ऋषिकी छोरी कात्यायनी र दोस्रो मित्र ऋषिकी छोरी मैत्रेयी थिइन् । याज्ञवल्क्य त्यस दर्शनका प्रखर प्रवक्ता थिए, जसले यस संसारलाई मिथ्या भनेर स्वीकार गरे पनि पूर्ण रूपमा अस्वीकार गरेनन् । उनले व्यावहारिक स्तरमा संसारको अधिकार स्वीकार गरे ।
एक दिन याज्ञवल्क्यले भने– म अब सन्यास लिन चाहन्छु । त्यसैले मैले अब यो ठाउँ छोडेर अन्यत्र जान्छु । यसका लागि मैले तिमीहरुसँग अनुमति लिनु आवश्यक छ । त्यसैले घरको जति सम्पत्ति छ, त्यो तिमीहरु दुवै जनालाई बराबर बाँडेर म वानप्रस्थलाई जान्छु ।
कात्यायनीले स्वीकार गरिन् ।
मैत्रेयीले भनिन्– भगवन्, धनधान्यले परिपूर्ण पृथ्वीको स्वामिनी भएँ भने के म अमर हुनसक्छु ?
याज्ञवल्क्यले भने– धनधान्य सम्पन्न भएपछि जीवन सुखमय हुन्छ । संसारमा धन भएकाहरुले जसरी सुखले जीवन बिताएका छन् । तिम्रो जीवन पनि त्यस्तै सुखपूर्ण हुनेछ । तर धनले कोही पनि अमर हुन सक्दैन ।
मैत्रेयीले भनिन्– जुन धनले अमर हुन सकिँदैन, त्यो लिए मैले के गर्ने ? धनले वास्तविक सुख पाउने भए तपाईंले यसरी धन छोडेर किन जाँदै हुनुहुन्छ ? जरुर पनि तपाईंले कुनै यस्तो कुरा जान्नुहुन्छ, जसका अगाडि गृहस्थीको यो सारा सुख पनि तच्छ छ । देव भगवन् वेद तदेव मे ब्रूहि ।
याज्ञवल्क्य– धन्य मैत्रेयी । आउ बस मैले उपदेश गर्छु । त्यसको मनन र अनुपालन गर ।
यसपछि याज्ञवल्क्यले विशेष उपदेश दिन्छन् ।
याज्ञवल्क्य– हे मैत्रेयी, पतिलाई पत्नी र पत्नीलाई पति किन प्यारो हुन्छ ? यस रहस्यलाई कहिल्यै विचार गरेकी छौ ? पति भएकोले पति प्यारो भएको होइन, बरु उसले पतिलाई सन्तोष दिने भएकाले, उसको स्वार्थ पूरा हुने भएकाले पति प्यारो भएको हो । त्यसैगरी पत्नी भएकोले स्त्री प्रिय भएको होइन । बरु पत्नीबाट आफूले सुख पाउने भएकोले प्रिय भएको हो । यही नियम पुत्र, धन, ब्राह्मण, क्षत्रिय, लोक, देवता, समस्त प्राणी, र संसारका सब पदार्थका लागि लागू हुन्छ । आफ्नै सुखका लागि यी सबै कुरा प्यारो भएका हुन् । त्यसैले सबैभन्दा प्रिय वस्तु आफैं भित्र छ , त्यो आफू, आफ्नोपन हो ।
आत्मनः तु कामाय भूतानि प्रियाणि भवन्ति ।
आफ्नै कामना पूरा गर्न अरु मानिस प्यारो हुन्छन् । उसको कामनाका लागि होइन । जसले त्यो आफ्नोपनलाई चिन्छ, त्यसले सोही म को दर्शन, श्रवण, मनन र ज्ञानले सबै कुरा जान्दछ । यस प्रिय वस्तुको, आफ्नै (आत्माको) दर््न श्रवण, मनन, निदिध्यासन् गर्नुपर्छ । उसको दर्शन, श्रवण, मन र यथार्थ ज्ञान पछि सबै कुरा थाहा हुनेछ ।
यसपछि उनले धेरै दृष्टिकोणले र युक्तिबाट ब्रह्मज्ञानको यथार्थ उपदेश गरे ।
– ध्यान, समर्पण र ज्ञानको लागि एकाग्र हुनु अत्यन्त महत्त्वपूर्ण छ । जसरी ढोल नगरा बजेको ठाउँमा अरु कुनै आवाज सुन्न सकिँदैन त्यसरी आफ्नो स्वरुप साक्षात्कारका लागि सबै इच्छाहरूको त्याग चाहिन्छ । वैराग्य पनि प्रेमबाट जन्मेको हो ।
– जसरी वीणा बजाउनेले मात्र वीणामा बज्ने शब्द बुझ्छ त्यसैगरी आत्मालाई आत्माले मात्र अनुभव गर्छ । जसरी समुद्र नै सबै पानीको आश्रय हो, त्यसैगरी हाम्रा सबै विचारहरुको आश्रय मन हो । जबसम्म हामी बाँचिरहेका छौं, हाम्रा इच्छाहरू पनि जीवित छन् । मृत्युपछि हाम्रो चेतना समाप्त हुन्छ र इच्छाहरू पनि त्यहीँ समाप्त हुन्छन् ।
मैत्रेयी– भगवन्, मृत्यु नै परम सत्य हो । त्यसपछि केही हुँदैन ?
याज्ञवल्क्य– हामीले आफ्नो वास्तविक स्वरुप, मेरोपन, चिन्न प्रयास गर्नुपर्छ । मेरो शरीर भन्ने कुरा नश्वर छ, तर मेरोपन भन्ने कुरा अमर छ । यो न जन्मन्छ न नष्ट हुन्छ । यसरी चिन्नु भनेको अमरत्व प्राप्त गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?