ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ

सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

युवराज कण्डेल
वन व्यवस्थापनमा सरकारी निकायहरू असफल भएपछि समुदायलाई नै वन व्यवस्थापनको जिम्मा लगाउन थालेको करिब ३ दशक भएको छ र यसले सकारात्मक नतिजाहरू समेत दिन थालेको छ । पातलिएका वनहरू समुदायको पहलमा वन संरक्षण शुरु भएपछि हराभरा हुन थालेका छन् र थोरै भएपनि आम्दानि गरि स्थानीय विकास र आयआर्जनमा सघाउन थालेका छन् । सामुदायिक वन कार्यक्रम विस्तारै सफलतातर्फ लागेको बेलामा सरकारले वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम अघि सारेको छ । वैज्ञानिक वन व्यवस्थापनको अवधारणा वि.सं.२०५७ सालमा सुरु भएको हो । नेपालमा नै पहिलो पटक वनको उपयोगितासँगै त्यसको वैज्ञानिक तवरले व्यवस्थापन गरी आर्थिक आम्दानीको पाटो दरिलो बनाउनको लागि आर्थिक बर्ष २०६८÷०६९ कपिलवस्तुको तिलौराकोट साझेदारी बनमा बैज्ञानिक वन व्यवस्थापनको सुरुवात भएको मानिन्छ । सुरुमा सरकारले साझेदारी वन व्यवस्थापन कार्यक्रम लागू भएका नौ जिल्लाका १९ वनमा रूख काट्ने कार्यक्रम तय गरेको थियो । बारामा सहजनाथ र हलखोरिया, पर्सामा सबैया र विन्ध्यवासिनी, रौतहटमा रंगपुर, जंगल चाहिया र लामलाल वृन्दावन, महोत्तरीमा बाँकेमहरा, टुकेश्वरनाथ, गढन्ता, बर्दीबास, सर्लाहीमा फूलजोर बाबा र लालबन्दी, कपिलवस्तुमा तिलौराकोट, गौतमबुद्ध र कपिलवस्तु साझेदारी वन, नवलपरासीमा बुद्ध शान्ति र कैलालीमा बार साझेदारी वनको ५५ हजार हेक्टर वनमा सरकारले वैज्ञानिक वन व्यवस्थापनका नाममा रूख काट्न थालेको थियो । शुरुमा नमुनाको रूपमा शुरु गरिएको भएपनि मिति २०७१÷०७÷२७ मा नेपाल सरकार सचिवस्तरकोबाट हतारहतार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ स्वीकृत गरि लागू गरेपछि वैज्ञानिक वन व्यवस्थापनलाई अभियानकै रूपमा देशव्यापीरूपमा अघि बढाइएको छ । साझेदारी वन पछि क्रमशः सामुदायिक वनमा सरकारले यसको अभ्यास थालिसकेको छ ।
बैज्ञानिक वन व्यवस्थापन के हो ?
सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुनेगरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन वा बैज्ञानिक वन व्यवस्थापन हो । नेपालमा सफलताको उदाहरणका रूपमा रहेको सामुदायिक वन संरक्षणमुखी मात्रै भएको र आम्दानी नदिएको भन्दै सरकारले नयाँ व्यवस्थापन ढाँचामा जानुपर्ने धारणा सार्वजनिक गरेको हो । वैज्ञानिक वन व्यवस्थापन विज्ञअनुसार यस प्रणालीमा ३० सेमिसम्म व्यास भएका रूखहरूलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रूपमा कायम गरिन्छ र पुनरुत्पादन (रि–जेनेरेसन) को सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखहरूलाई क्रमशः हटाउँदै लगिन्छ । यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सबकम्पार्टमेन्ट) मा विभाजन गरिन्छ । यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूखहरू काट्ने र नयाँ बिरुवाहरू उत्पादन गर्ने गरिन्छ । बैज्ञानिक वन व्यवस्थापनअनुसार कार्य गर्ने हो भने ८० वर्ष भित्रमा हाल भएका सबै रुखहरू काटिन्छन् र त्यसको ठाउँमा नयाँ रुखहरू हुर्किसक्ने छन् । बैज्ञानिक वन व्यवस्थापनका पक्षधरहरूकाअनुसार बैज्ञानिक वन व्यवस्थापन गर्दा वनको हैसियतमा सुधार आउने, वातावरणीय लाभ प्राप्त हुने, स्थानीय रोजगारी सिर्जना हुने, वन पैदावारको निरन्तर आपूर्ति हुने, धेरै राजस्व प्राप्त हुने र वन संगठनहरूको छवि सुध्रने र आपसी खिचातानी घट्नेजस्ता प्रत्यक्ष र अप्रत्यक्ष फाइदाहरू प्राप्त हुन्छन् । केहि महŒवपूर्ण प्रजातिको वन जस्तै तराईको वन, खोटे सल्लाको वन, उत्तिसको वन र कटुस चिलाउनेको वन व्यवस्थापन गर्न सके बार्षिक ६–१२ करोड घनफिट काठ दीगो रूपमा उत्पादन हुनसक्ने, ५ लाख ८५ हजार देखि १२ लाख ९५ हजार मानिसले बर्षैभरी रोजगारी पाउन सक्ने र वन व्यवस्थापनले काठ दाउराको आपूर्ति सहज गर्नका साथै प्रशस्त राजश्व आर्जन (अनुमानित १०० अर्ब रूपैयाँ प्रतिबर्ष) भई राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनिय योगदान पुग्ने र वनको हैसियतमासमेत सुधार हुने वन प्रशासनको दाबी छ ।
सामुदायिक वनमा भैरहेको अभ्यासः
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये नौ लाख ७४ हजार ३८० (५०.४३ प्रतिशत) वन रहेको छ । यसमा नौ सय ८९ सामुदायिक वन छन् । १२ जिल्लामा रहेका १ सय १२ वटा वनको वैज्ञानिक व्यवस्थापन गर्न सुरु गरिएको छ । सातवटा प्रदेशहरूमध्ये ७ नम्बर प्रदेश वनजंगलमा धनी रहेको छ । प्रदेश नं. ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । प्रदेश नम्वर ७ मा आर्थिक बर्ष २०६६÷०६७ बाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएकोमा यहाँको ११ लाख ४६ हजार हेक्टर वनमध्ये अहिलेसम्ममा ७ हजार २ सय हेक्टर क्षेत्रफलमामात्रै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ । श्रोतहरूकाअनुसार वैज्ञानिक वन व्यवस्थापन लागु भएको ७ हजार २ सयमध्ये ५ हजार ४ सय ७१ हेक्टर क्षेत्रफल कैलालीको मात्रै हो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरेको ८ वर्ष बितिसक्दा अहिलेसम्म कैलाली, कञ्चनपुर, डोटी, अछाम र बाजुराका २७ वटा सामुदायिक वनको केहि भागमामात्रै सञ्चालन गरिएको हो । कैलालीका १९, बाजुराका ४, कञ्चनपुरका २ तथा डोटीका ३ र अछाम जिल्लाका २ वटा डडेलधुरामा ३ बैतडीमा २ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको हो । कर्णाली प्रदेशमा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० (३८.५७ प्रतिशत) वन छ । रुकुम बाहेकका कर्णाली प्रदेशका अन्य जिल्लामा २ हजार ३०५ वटा सामुदायिक वन समुहहरू रहेका छन् । यहाँका सालका रुखहरू धेरै भएको सल्यान, दैलेख र सुर्खेतका सामुदायिक वनहरूमा वैज्ञानिक वन व्यवस्थापन शुरु गरिएको छ । आ.व. २०७३÷७४ सम्मको तथ्यांक हेर्दा ४० वटा जिल्लाका २८५ वटा सामुदायिक वनमा वैज्ञानिक वन ब्यबस्थापन पद्धति अपनाएर कार्ययोजना कार्यान्वयन भएको छ । गत आर्थिक वर्षसम्मको तथ्यांक हेर्दा वैज्ञानिक वन व्यवस्थापन अपनाएका सामुदायिक वनहरूमध्ये ५ नम्बर प्रदेशमा २१ प्रतिशत, कर्णाली प्रदेशमा ७ प्रतिशत र ७ नम्बर प्रदेशमा ४.२ प्रतिशत रहेको पाइन्छ ।
कति आवश्यक छ वैज्ञानिक वन व्यवस्थापन ?
वन प्रशासनले वैज्ञानिक वन व्यवस्थापनलाई सुनको अण्डा दिने कुखुराको रूपमा प्रस्तुत गरेको भएपनि साझेदारी वनमा यस्तो व्यवस्थापनलाई लागू गर्ने बेलामा नै विवादमा तानिएको थियो । तत्कालिन व्यवस्थापिका संसदमा समेत वैज्ञानिक वन व्यवस्थापन शुरु गर्ने कुराको विरोध भएपछि संसदको वातावरण समितिले २०७१ मंसिर १५ गते निर्णय गरि बैज्ञानिक वन ब्यवस्थापनमा रोक लगाएको भएपनि पछि वन प्राविधिक र विज्ञकोे दबाबमा कार्यविधि ल्याइएको थियो । सरकारी र साझेदारी वनमामात्र वैज्ञानिक वन व्यवस्थापन लागू गरेर रुख हुर्काउने नाममा रुख काट्न थालेपछि संरक्षणकर्मीहरूले विरोध गर्दै आएका छन् । वन मन्त्रालयले जंगलका काठपात बेचेर राज्यलाई आम्दानी हुने दाबी गर्दै लागू गरेको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाबाट राज्यलाई अहिलेसम्म एक पैसा आम्दानी नदेखिएको साथै कार्बन ब्यापारबाट राज्यलाई आम्दानी र वन क्षेत्रबाट आयआर्जन तथा रोजगारी सिर्जना हुन नसकेको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले औँल्याउनुले पनि वैज्ञानिक वन व्यवस्थापन कति प्रभावकारी रहेछ भन्ने देखाउँछ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको २ वर्षमै सुर्खेतमा रहेका १७ वटा सामुदायिक वनबाट ७० हजार चार सय २९ क्युफिट काठकासाथै ९८ चट्टा दाउरा विक्री वितरण गरिएको जिल्ला वन कार्यालय सुर्खेतलाई उद्धृत गर्दै समाचारहरू आएका छन् । रूपन्देही जिल्लामा रहेका कहलिएका सामुदायिक वन समूहमा रुख कटानको रफ्तार पनि निकै छ । सामुदायिक वनमा रुख कटानको अवस्थालाई हेर्दा सामुदायिक वनको मर्म भन्दापनि रुख काटेर काठ दाउरा बेच्ने र भविष्यमा पनि काठपात निकाल्न सकिने खालका रुखहरूमात्र हुर्काउन खोजिएको देखिन्छ । सामुदयिक वन उपभोक्ता महासंघले पनि सामुदायिक वन समुहमा वैज्ञानिक वन ब्यवस्थापन समुदायको स्वार्थमा नभई वन कर्मचारीको स्वार्थमा आएको र वन समुहका केहि ब्यक्तिहरूलाई उचालेर रुख काट्न लगाएर ठूलो रकम हात पारिरहेको आरोप लगाइरहेको छ । सरोकारवालाहरूको आरोप र वनमा भैरहेका अभ्यासलाई हेर्दा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा अदुरदर्शी खेल भैरहेको आशंका गर्न मिल्ने ठाउँहरू प्रसस्त देखिन्छन् ।
वैज्ञानिक वन व्यवस्थापन लागू गरिएका तराईका सामुदायिक वनहरूका कार्ययोजनालाई हेर्दा काठपात दिने रुख हुर्काउँदै काट्दै जाने कुरालाई प्राथमिकता दिएको देखिन्छ । आम्दानी गर्नेमात्र कुरालाई ध्यान दिने भएकोले पहिले साल र अन्य काठ प्रजातिका रुखहरू काटिने छन् र पुराना रुखहरू सकिएपछि नयाँ सालका रुखहरू हुर्काउनतर्फÞ ध्यान दिइनेछ । यसकालागि अन्य विरुवाहरू हटाएर भएपनि काष्ठ प्रजातिका रुखहरू छिटो हुर्काउने प्रयास गरिनेछ । यस्तो कार्यले बैज्ञानिक वन व्यवस्थापनको एक चक्र पुरा हुँदा कार्यक्रम लागु भएको वनमा साल बाहेक अरू प्रजातिका वनस्पतिहरू नासिएर जानेछन् । साल, असना, खयर हुर्काउने नाममा तराइका धेरै वनस्पतिहरू लोप हँुदै जानेमात्र नभई वनको पारिस्थितिक पद्धति विनास हुनेछ । वन व्यवस्थापनका नाममा बुट्यान र झाडी विनास हुँदा वन्यजन्तुको बासस्थान र आहार विनास हुनेछ । वनमा आहार नपाएपछि वन्यजन्तुहरू नासिनु वा वस्तीमा पस्नुको विकल्प रहनेछैन । वनमा काठ प्रजातिका रुखहरू हुर्काउने काम भैरहँदा स्थानीय वासिन्दाका आवस्यकता बनेका घासपात, जडिबुटी र चरिचरनहरू ओझेलमा पर्ने देखिन्छ । वनमा स्थानीय वासिन्दाहरूको पहुँच बिस्तारै कम हँुदै जानेछ र सामान्य वन पैदावारको लागि पनि स्थानीय बासिन्दाहरूले चर्को मूल्य तिर्नुपर्ने हुनेछ ।
वैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा काटिने रुखबाट केहि समयसम्म ठूलो मात्रामा आम्दानी हुने भएकोले वन प्रशासक, वनका ठेकेदार र केहि स्थानीय व्यक्तिहरूले यसलाई निकै राम्रो कार्यक्रम भनिरहेको देखिन्छ । रुख काट्न थालेपछि बैज्ञानिक वन व्यवथापनको नाममा बढी कमाइ हुने भएपछि सामुदायिक वनका पदाधिकारीहरू पनि आफ्नो पालामा बढीभन्दा बढी आम्दानी गर्ने दौडमा लागेका छन् । वन प्राकृतिक श्रोत भएकोले वनलाई प्राकृतिक रूपमै हुर्कन दिनुपर्छ र प्राकृतिक रूपबाटै हुर्किएको वनमा नै आर्थिक उपार्जनका विकल्पहरू खोजिनु पर्दछ । वनबाट आम्दानी लिने नाममा दीर्घकालिन प्रभावलाई ख्याल नगरी रुख काट्ने र रुख हुर्काउने काममा जानी नजानी सामुदायिक वन समुहहरू संलग्न भैरहेका छन्, जसले सामुदायिक वनको उद्देश्य नै विचलित भैरहेको छ । समुहको आम्दानी वृद्धि गर्ने नाममा जैविक विविधता सफाया गर्दै सीमित प्रजातिका बिरुवाहरू हुर्काउन खोज्नु र बहुमूल्य रुखहरू काटेर बेच्नु अदुरदर्शिता मात्र नभएर वातावरणीय अपराध नै हो । सामुदायिक वन समूह गठन गरिनुको मुख्य उद्देश्य स्थानीय उपभोक्ताका आवस्यकताहरू पुरा गर्दै दीगो वातावरण संरक्षण गर्नु हो । यो कामबाट विचलित भएर वनलाई तत्कालिन आम्दानीको आधार बनाउन खोज्नु हँुदैन । यसतर्फ वनका अगुवा र वनसँग नजिक रहेका स्थानीय तथा प्रदेश सरकारहरूले बेलैमा ध्यान दिनु जरुरी छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np