ट्रेंडिंग:

>> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन
बुटवल दुर्घटना प्रकरण

उजुरी लिन ईन्कार गरेको पीडितका आफन्तको गुनासो

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

बुटवल, १४ कात्तिक

लर्ड बुटवलमा मादक पदार्थ सेवन गरी सवारी दुर्घटना गराउने पिडक विरुद्ध उजुरी नलिएको पीडित पक्षको गुनासो गरेका छन । सोमबार ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिन गएका पीडित पक्षको माग प्रति प्रहरी प्रशासन गम्भीर नभएको उनीहरुले गुनासो गरेका हन् ।

पीडितको कुरा सुन्नुको साटो ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले निवेदन नै लिन ईन्कार गरेको घाईते दिपक पुनका दाजु मन बहादुर पुनले गुनासो गरे । “डिएसपी साबले यो घटनाबारे मैले टिकटकमा हेरेर थाहा पाएको भन्नुभयो”–उनले दुःखेसो गरे । भाई दिपक पुनको टाउकोमा १६ वटा टाँका लगाएको र अन्य धेरै चोट रहेको उनले बताए । हाम्रो मुद्दा दर्ता भएर आवश्यक कानुनी उपचार पाउनुपर्ने उनको भनाई छ । ‘पिडक पक्षले गल्ती स्वीकार गरेर घाईते भाईको उपचारमा लागेको खर्च ब्यहोर्नुपर्ने एकमात्र माग हाम्रो हो’– उनले भने ।

बुटवल कालिकानगरमा भएको घटनाको जिम्मेवार निकाय वडा कार्यालय भएपनि घटनालाई राजनीतिकरण गरिएको पीडित पक्षका एक विजय सेनको दाबी छ । जिल्लामा मुद्दा दर्ता भएको भन्दै उतै जान आदेश दिनु गलत भएको सेनले बताए । बुटवलमा घटना भएको र यो हेर्ने क्षेत्र ईलाका हुँदा पनि जिल्ला प्रहरी कार्यालयमा जानु भन्नु नै गलत भएको उनी बताउँछन् । सत्ता र शक्तिको बलमा दुरुपयोग हुने गरी प्रहरी प्रशासन संचालन भएको उनले दुःखेसो गरे ।

‘ब्याक गर्न लाग्दा झुक्किएर दुर्घटना भएको प्रहरीले मुचुल्का उठाएको छ’– पीडितका आफन्त अनुप श्रेष्ठले भने । सिसिटिभी फुटेजबाट प्रष्ट नै देखिएको घटनाप्रति प्रहरी प्रशासनले एक्सन लिन आनाकानी गरेको उनले बताए । मदिरा सेवन गरी दुर्घटना गराएको प्रष्ट देखिएको उनले बताए ।

दुर्घटनामा परेर कुनाल श्रेष्ठको करङको आठ नम्बर हड्डीमा चोट लागेर तिनाउ अस्पतालमा उपचार भइरहेको छ । उता मनोज थापाको टाउको, हातखुटामा चोट लागेको छ । उनको चौराहा अस्पतालमा उपचार भैरहेको छ । शनिबार बिहान भएको दुर्घटनामा पार्किङमा राखिएको सिद्धार्थ श्रेष्ठको नाममा रहेको ११ लाख रुपैयाँ मूल्यको बेनेली ३०० सिसिको बाईक समेत ध्वष्त भएको छ । ‘नम्बर समेत लेखाउन पाएको थिएन’– श्रेष्ठले भने । बाईक पूर्णरुपमा काम नलाग्ने भएको उनले बताए ।

यसैगरी रुद्र रानाको लु ४१ प ९१७२ स्कुटी समेत पूर्णरुपमा क्षति पुगेको छ । लर्डमा शो हेर्न गएको छोराले पार्किङ गरी राखेको अवस्थामा स्कुटीलाई सवारीले हानेको थियो । घाईतको उपचार र क्षति भएका सवारी साधनको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले भने पिडक पक्ष जिल्ला प्रहरी कार्यालयमा रहेकाले त्यहाँबाट मुद्या गर्न सुझाव दिएको बताए । “वडा प्रहरी कार्यालय बुटवलमा मंगलबार बिहान ८ बजे दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ, सम्बन्धित पक्षले न्याय पाउने मुख्य कुरा हो, घटनालाई चर्काउने गरी कोही नलागौं”–उनले भने ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको रमझममा बुटवल झुलिरहेको थियो । यही माहौललाई रंगिन बनाउन १२ गते शुक्रबार साझ लर्ड बुटवलमा एक्स मन्त्रको शो राखिएको थियो । उनका फयानहरु लर्डमा टिकट लिएर रमाईलो गर्ने मुडमा थिए । राती अबेर सुरु भएको शो रमझममा रहेका युवाहरु बिहान ३ बजे कार्यक्रम सकेर निस्के । यस्तोमा एकाएक रोहित ज्वारचनले मादक पदार्थ सेवन गरी चलाएको सवारी साधनले ब्याक गियरमा आधा दर्जन सवारीसहित ६ जनालाई घाईते बनाउने गरी दुर्घटना गरायो । त्यहाँ रहेका मानिसहरु अलमलमा परे । केहीले बिरामीलाई अस्पतालमा लगे भने । आक्रोशमा रहेका भिडले दुर्घटना गराउने सवारी साधनलाई तोडफोड ग¥यो । निकेश यादवको नाममा रहेको सवारीले दुर्घटना गराएको त्यहा रहेका प्रहरी नै बताउँछन् । निकेश काँग्रेस नेता प्रमोद यादवमा भतिजा हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?