ट्रेंडिंग:

>> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ

रक्षाबन्धन जनैपूर्णिमा तथा ऋषि पञ्चमी

१० भाद्र २०७५, आईतवार
१० भाद्र २०७५, आईतवार

तिलक प्रसाद न्यौपाने
एक महिनामा दुई पक्ष हुन्छन् एक कृष्ण पक्ष र दुई शुक्ल पक्ष । श्रावण महिनामा पर्ने शुल्क पूर्णिमाका दिन नै रक्षा बन्धन वा जनै पुर्णिमा पर्दछन् । यस बर्षको जनै पूर्णिमा जेठमा भएको अधिक मास÷मलमासका कारण ढिला हुन पुगी भदौमा पर्न गएको हो । हरेक बर्ष पर्ने रक्षा बन्धन वा जनै पूर्णिमा ऋषिहरुले बैदिक कालमा नै तोकेको निश्चित दिन भएकोले ऋषिहरुको स्मरणस्वरुप ऋषि तर्पणीको समेतको नामबाट चिनिन्छ । जनै पुर्णिमा खासगरी ४ वटा विशेषताहरुबाट चिनिने गरिन्छ । महास्नानम्, ऋषि पुजनम्, ऋषिवंश तर्पणम् र यज्ञोपवितम् । गोमय वा भष्मबाट सुरु गरि जल, गंगाजल, जौ, तिल दुबो, अपामार्ग (दतिवन), सहित पञ्चगब्य (गाईको गहुत, गोबर, दुध, दहि र गाईको घिउ), को मिश्रणबाट गरिएको स्नानलाई महस्नानम्, तथा धेरै सिलाहरुबाट सिंचित भई आएको कालिगण्डकीकी पानीबाट नुहाईएको अवस्थालाई गंगा स्नानम् भनिन्छ । यसरी महास्नानम् गरेपछि मात्रै कर्म गर्ने अधिकार प्राप्त भएको मनिन्छ । किनकी जनै पुज्दा कर्मसुद्ध, शरिर सुद्ध र मन शुद्ध हुुनुपर्दछ । त्यसपछि ऋषिहरुलाई विशेष श्रद्धापुर्वक पूजा गरिन्छ । ऋषि वंसको तर्पण गरिन्छ र बंश बाचन गरी ऋषिहरुलाई स्मरण गर्दा आफ्ना बंसका तथा ऋषि तथा कुललाई विशेष प्राथमिकता दिइन्छ । किनकी आजको दिनको निर्णय ति सबै पुर्वज ऋषिहरुको देनको कारण प्राप्त भएको हो ।
त्यसपछि चौवन सरे जनै निर्माण तथा पुजन गरिन्छ । गायत्री मन्त्रद्वारा कम्तीमा एक हजार आवृत्ति अभिमन्त्रीत गरेपछि यज्ञो पवितम् जागृत भएको स्वीकार गरिन्छ । तब ऋषि पृत्री, भान्जा भान्जी तथा आफूले मान्नु पर्ने मान्य जनलाई जनै तथा रक्षा बन्धन गराई टिका लगाई दिएर यथासक्य दक्षिणा दिएपछि मात्रै आफूले धारण गर्नुपर्दछ ।
कदम कदाचित आफु अशुद्ध वा अपवित्र भएको भएमा अर्को शुल्क पक्षको ऋषि पञ्चमीमा ग्रहण गर्न सकिन्छ भनि ऋषिहरुको राय पनि भेटिन्छ । पतिकारलाई स्मरण छ की २०७४ सालको श्रवण शुल्क पुर्णिमाका दिन रक्षा बन्धन वा जनै पूर्णिमा हुँदाहँुदै पनि सो दिन चन्द्र ग्रहण परेकोले ग्रहणलाई आसौच वा अपवित्र दिन सम्झी रक्षा बन्धन, ऋषि तर्पणी तथा जनै धारण नाग पञ्चिमीको दिन गरिएको थियो । त्यसैले आफ्नो परिवार भित्र जुठा, सुत्केरा वा सुतक परी अपवित्रि भएको बखत सम्बन्धीत परिवारका सदस्यहरुले जनै पूर्र्णिमाको दिन भन्दापछि आएको शुल्क पक्षको ऋषि पञ्चमीका दिन ग्रहण गर्न सकिन्छ । तर योज्ञो पवित्र पूजा गर्ने काम आफ्नो घर परिवारको सदस्यले नछोईकन आफ्नो आफन्तहरुद्वारा पठाई पुजन गराई शुद्ध पूर्वक राखिएको हुनुपर्दछ ।
खासगरी जनै धारी ब्रहामण क्षेत्रीय, ठकुरी, गरी, पुरी कुमाई जोसी नेवारहरुका निम्ती जनै पूर्णिमालाई ठूलो पर्वको रुपमा स्वीकार गरिने हुनाले महŒवको साथ मान्ने गरिन्छ । जनै पूर्णिमाका दिन आफ्ना भाञ्जा भाञ्जी जुवाई तथा मान्य जनलाई आफ्नो घरमा बोलाई विधिपूर्वक पुजेको जनै वा रक्षाबन्धन आमन्त्रित पाउनाहरुलाई लगाउने र दान दक्षिणा दिने र मिष्ठान्न सहितको सात्वीक भोजन गराउने र गर्ने चलन छ ।
विधिपूर्वक श्रावणीक उपाकर्म गरेमा बर्षभरी अज्ञान वा वृस्मृतीले गरिएका त्रुती (पाप) हरु नास हुन्छन् भन्ने मान्यता छ, उपाकर्म पछि विधिपूर्वक बनाइएको जनै शास्त्र विधिले संस्कार गरी आमन्त्रित गरी लागाउनुपर्दछ । हाम्रो समाजमा जनै धारण गर्ने एक थरी हुन्छन् भने धारण गर्न नपाउने वा नसक्ने अर्का थरी हुन्छन् । खासगरी विधिपुर्वक ब्रतबन्ध गरी जनै धारण गर्ने ब्राहण, क्षेत्री, ठकुरी, गिरीपुरीका व्यक्ति सहित नेवार जातिका जोशिले पनि जनै लगाउन सक्दछन् । नत्र अन्य ब्रतबन्ध नगरिएका अन्य जातिहरु, एक चोटी ब्रतबन्ध गरी जनै त्याग्ने जातिहरु, बालक, बालिका वा महिलाहरुले जनै धारण गर्न नपाएपनि रक्षा बन्धन ग्रहण गर्न सक्दछन् ।
जनै त्याग्ने निर्णयः सतकेमृतकेचैवगतेमासच चतुष्ये । नव योज्ञो पवितानी धृत्वा जीर्णणी सन्त्जेत (जन्म र मरण दुबै आशौचमा लगाएको चार महिना पगेकोमा पुरानो जनै त्यागी, नयाँ जनै ग्रहण गर्नुपर्दछ, नयाँ जनै ग्रहण गर्दा गायत्री मन्त्र भने अवश्य जप्नु पर्दछ )
पुरानो जनै त्याग्दा भन्नु पर्ने मन्त्र–एता बदिद्न पर्यन्तम् बह्मात्वं, धारितं मया । जिर्णत्वात्व त्वातत्वात्व परित्यो गच्छ सूत्र यथा सुखम्) द्वारा निकाल्दै अर्को नयाँ जनै ग्रहण गर्दा पनि मन्त्र । यज्ञो पवितम् परनम् पवितम् प्रतापतेर्यत्त सहजं पुरस्तात । आयुष्य मग्रयं, प्रतिमुञ्च, सुभ्र. यज्ञो पवितम् बलमस्ताुतेजहं । उच्चरण गर्दै लगाउनुपर्दछ ।
जनै जलाउने, जनै नलागाउने सबैलाई मन्त्र द्धार अभिमन्त्रीत रक्षा बन्धन लगाउनु पर्दछ वा लगाउन सक्दछन् ।
रक्षा बन्धन लागाउँदा पनि बैदिक मन्त्रको प्रयोग गर्नुपर्दछ । ‘येन बद्धो बलिराजा, दानबेन्द्रो महावलः तेनत्वांप्रतिवद्दधनामी रक्षे माचल माचल) यसरी जनै ग्रहण वा रक्षा बन्धन ग्रहरण गर्ने व्याक्ति अज्जानबाट गरिएको गल्तीबाट पाप मोचन भई बर्षभरी भगवनाद्धारा रक्षित प्राणीको रुपमा रहन्छ भन्ने मान्नया रहि आएको छ । जनै धारीले पिसाब गर्दा एक कानमा र दिशा गर्दा दूबै कानमा बाँध्ने गर्दछन् । यसो गर्दा जनै शुद्ध राख्ने मान्यता छ भने अर्को तर्फ बैज्ञानिक कारण राम्रोसंग कान बाँधेर दिशा वा पिसाब गर्दा प्रोटेट रोग लाग्दैन । आध्यात्मिक रुपमा पनि जनै धारणाहरुले नृत्य नुहाई धुवाई सरसफाई सहित पुजा पाठ, योग गर्ने परम्परा भएकाले प्रायः रोगले आक्रमण गर्न सक्दैन र बैद्धिक आचरण अपनाउने मानिस नृत्य पाठ गर्ने परम्परा भएकोले अध्यायन गर्ने बानीका कारण पनि अध्ययनसिलपनका कारण तार्किक शैली प्रस्तुत गर्ने क्षमता हुन्छ । हिन्दु धर्माबाल्मीहरुको बर्षभरीकै पहिलो एबम् महत्वपूर्ण चार्ड भएकाले यसलाई विशेष पर्वको रुपमा स्वीकार गरिन्छ ।
(लेखकः बैदिक धर्म परिषद् रुपन्देहीका अध्यक्ष हुन्) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np